Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

पुष्पलाल अध्ययन केन्द्र भवन ओझेलमा

खबरडबली संवाददाता

कास्की । नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठका कालजयी विचारको अध्ययन–अनुसन्धान गर्ने सोचका साथ निर्माण गरिएको पुष्पलाल अध्ययन केन्द्र भवन ओझेलमा परेको छ ।

नेपाली कम्युनिष्ट आन्दोलनको जग बसाल्दै पुष्पलालले अघि सारेका दर्शन र सिद्धान्तलाई जीवन्त राखी भावी पुस्तालाई हस्तान्तरण गर्ने मुख्य लक्ष्यका साथ निर्माण गरिएको भवन पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा ओझेलमा परेको हो ।

पोखरा महानगरपालिका–२१ फेदीपाटनस्थित पोटेरामा पाँच वर्षअघि निर्माण सम्पन्न सुविधासम्पन्न भवन अन्य अत्यावश्यक संरचनाको अभावमा सञ्चालनमा आउन नसकेको पुष्पलाल अध्ययन केन्द्रका अध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टी ९एमाले० स्थायी समिति सदस्य खगराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार तत्कालीन जहानियाँ राणा शासनका विरुद्ध आवाज उठाउँदै नेपाली जनताको स्वतन्त्रताका पक्षमा कम्युनिष्ट विचारधारालाई अघि बढाएका पुष्पलालका विचारलाई जीवन्त राख्ने उद्देश्यका साथ स्थापना गरिएको हो ।

अध्ययन केन्द्रले करिब रु १० लाख लागतमा खरिद गरिएको आठ आना जग्गामा सङ्घ र स्थानीय सरकारसहित विभिन्न सङ्घसंस्था एवं व्यक्तिको आर्थिक सहयोगसहित रु एक करोड ५० लाख लागतमा भवन निर्माण गरेको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका अधिकारीले भने, ‘तीनतले पक्की भवनमा ई पुस्तकालय, तालिमकक्ष, पुष्पलालका सम्बन्धमा अध्ययन–अनुसन्धान तथा खोजी गर्ने संस्था तथा व्यक्तिका लागि आवश्यक नवीन प्रविधिसहितको वातावरण तयार गरिएको छ ।’

पुष्पलालको ४६औँ स्मृति दिवसका अवसरमा नेकपा ९एमाले० पोखरा महानगरपालिकाद्वारा सोही भवनमा आयोजित प्रवचन गोष्ठीमा बोल्दै उनले यस क्षेत्रको करिब एक सय रोपनी सार्वजनिक जग्गाको संरक्षण गर्दै जननेता मदन भण्डारीलगायत नेताहरूको सालिक निर्माणसहित पुष्पलाल बाटिका विकास गर्ने अध्ययन केन्द्रको लक्ष्य रहेको बताए ।

अध्ययन केन्द्रका लागि पहिलो आवश्यकता पोखरा–१७ र २१ जोडने फुस्रेखोलामाथि पक्की पुल भएको बताउँदै उनले डीपीआरअनुसार पुल निर्माण गर्न रु ४९ करोड लाग्ने जानकारी दिए । पुल निर्माणसँगै अध्ययन केन्द्रसहित स्थानीय बासिन्दाका लागि यातायातको पहुँच सहज हुनेछ ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य एवं महानगर इन्चार्ज कृष्ण थापाले नेपाल कम्युनिष्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ पुष्पलालले २००६ साल वैशाख १० गते नेकपाको स्थापना गरेको बताए । अर्का केन्द्रीय सदस्य एवं अध्ययन केन्द्रका महासचिव भीमबहादुर कार्कीले पुष्पलालले विश्व कम्युनिष्ट घोषणापत्रलाई नेपालीमा अनुवाद गरी प्रकाशन गरेपछि नेपालमा कम्युनिष्ट आन्दोलनको बिजारोपण भएको स्पष्ट पारे । 

एमाले पोखरा महानगर कमिटी अध्यक्ष जीवन आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी जिल्ला कमिटीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीलगायतले नेपाल कम्युनिष्ट पार्टी स्थापनामा पुष्पलालको योगदानका बारेमा चर्चा गरे ।

अध्ययन केन्द्र भवनको अग्रभागमा पुष्पलाल र पोखरा–१६ बाटुलेचौर जन्मस्थान भएका उनका सहपाठी एवं अनुयायी कम्युनिष्ट नेता बलराम उपाध्याय तिमल्सिनाको अर्धकदको सालिकमा माल्यार्पण गरियो ।

विसं १९८१ असार १५ गते रामेछापको भङ्गेरीमा बाबु भक्तलाल र आमा तुलसीमाया श्रेष्ठका कोखबाट माइलो सन्तानका रुपमा जन्मिएका पुष्पलालको निधन २०३५ साल साउन ७ गते आजैका दिन भारतको नयाँदिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा भएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम दिन

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले आज समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझाउँदै छन्। निर्वाचन आयोगले तोकेको नि...

महामन्त्री शर्माले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार नदिने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...

पार्टी परित्याग गरेकाहरूलाई पुन: फर्किन कांग्रेसको आह्वान

काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...

सामाजिक सञ्जाल र एआईको प्रयोगबारे निर्वाचन आयोग, हेट स्पिचजस्ता भ्रामक टिप्पणी गर्न वर्जित

काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...

रवि-बालेन एकताले सेयर लगानीकर्ता उत्साहित, साढे ४७ अंकले बढ्यो नेप्से

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...

समानुपातिकमा पुरानालाई नदोहोर्‍याउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...

एमाले सचिवालय बैठक जारी, समानुपातिक उम्मेदवार चयन मुख्य एजेन्डा

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...

चुनावी प्रचारमा उम्मेदवारले दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...

पम्फा भुसालले फागुन २१ को निर्वाचन नलड्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेकी छन्। उनले समानुपातिक र प्रत्य...

सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल सकियो, निवास सर्ने तयारी

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending