Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

नेपालीले कहिल्यै पनि बिर्सन नसक्ने पात्र पुष्पलाल : अध्यक्ष नेपाल

खबरडबली संवाददाता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठ नेपालीले कहिल्यै पनि बिर्सन नसक्ने पात्रका रूपमा रहेको बताएका छन् । अध्यक्ष नेपालले ४६औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै नेपाली जनताको मुक्ति र नेपाली समाजको रूपान्तरणका लागि पुष्पलालले सुरु गरेको यात्रा अहिले विभिन्न किसिमले विस्तारित भइरहेको बताए ।

क्रान्तिले एकपछि अर्को उपलब्धि हासिल गरिरहेको बताउँदै उनले भने, “यस अर्थमा हामी उहाँलाई कहिल्यै बिर्सन सक्दैनौँ, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले नेपाली जनताको मुक्ति र नेपाली समाजको रूपान्तरणका लागि सुरु गरेको कम्युनिष्ट आन्दोलनमा उहाँले निर्वाह गरेको भूमिका आज पनि उत्तिकै महत्वपूर्ण छ ।”  

विसं १९९७ मा दाजु सहिद गङ्गालाल, अरू सहिद र २००७ सालको क्रान्तिका योद्धाहरूबाट प्रेरणा पाउनुभएका पुष्पलाल निरङ्कुश तानाशाही पञ्चायती कालमा अनेकौँ जोखिमपूर्ण अवस्थामा पनि जीवनको अन्तिम घडीसम्म आफ्नो आस्थाप्रति अटल र अविचलित रही सङ्घर्षको यात्रामा अविराम क्रियाशील रहेको अध्यक्ष नेपालले उल्लेख गरे ।

पूर्व प्रधानमन्त्री नेपालले पुष्पलालले नेपाली समाजको वस्तुनिष्ठ विश्लेषण गर्दै निरूपण गर्नुभएको नेपाली क्रान्तिको सिद्धान्तमा आफ्नो पार्टी उभिएर समाजवादी व्यवस्था कार्यान्वयनका निम्ति लागि रहेको बताए ।

पुष्पलालको सिङ्गो जीवनयात्रा, सैद्धान्तिक–वैचारिक रचना र कार्यक्रमहरूमा सर्वहारावादी दृष्टिकोण पाइने बताउँदै उनले नेपाली समाजको ऐतिहासिक भौतिकवादी ढङ्गले व्याख्या गरेका र समाजमा विद्यमान वर्ग विश्लेषण, त्यसको विकासक्रम, वर्गीय अन्तर्विरोधको पहिचान तथा समाधानका उपायहरूलाई माक्सवादी ढङ्गले व्याख्या गर्ने कामको अगुवाइ गरेको उल्लेख गरे ।

संयुक्त जनआन्दोलनको सिद्धान्त प्रतिपादन गरेको बताउँदै उनले भने, “पुष्पलालले आफ्नो पुस्तालाई मात्र नभएर पछिसम्मका लागि पनि दिएको सबैभन्दा ठूलो योगदान भनेको नेपाल कम्युनिष्ट पार्टीको स्थापना नै हो ।”

कम्युनिष्ट पार्टीको संस्थापकका रूपमा पार्टीलाई अगाडि बढाउन उनले कुशल सङ्गठकको भूमिका निर्वाह गरेको स्मरण गर्दै अध्यक्ष नेपालले पुष्पलालले प्रतिक्रियावादी सत्तालाई उन्मूलन गर्नका लागि समाजका सबै क्रान्तिकारी, परिवर्तनकामी समूह र राजनीतिक शक्तिहरूलाई एकताबद्ध भएर जानुपर्ने दृष्टिकोण राखेको बताए ।

नेपाली क्रान्ति सम्पन्न गर्न नेपाली विशेषताको समाजवाद तथा वैज्ञानिक समाजवादको लक्ष्य प्राप्तिको घोषणाका साथ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) क्रियाशील रहेको भन्दै उनले हाम्रो रणनीतिक उद्देश्य लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समृद्ध समाजवाद निर्माण गरी समाजवाद उन्मुख सामाजिक–आर्थिक रुपान्तरण रहेको उल्लेख गरे ।

अध्यक्ष नेपालले राष्ट्र र जनताको, श्रमजीवी वर्गको हित र समृद्धिलाई अवलम्बन गर्दै आत्मनिर्भर स्वाधीन राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने अठोट आफ्नो पार्टीले गरेको बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठले च्यापिएर एक जनाको मृत्यु

रुकुम पश्चिम। जिल्लाको मुसिकोट नगरपालिका– ११ मा काठले च्यापिएर आज एक जनाको मृत्यु भएको छ ।  वडा नं ११ स्थित स्याबाङमा घर बनाउने क्रममा बारीमा रहेको...

डा. स्वर्णिम वाग्लेको चुनावी खर्च २७ लाख

तनहुँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट तनहुँ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले आफ्नो निर्व...

प्रचण्ड–रवि लामिछानेबीच टेलिफोन संवाद, बालेनसँग भेट भएको समाचार असत्य

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोनमा संवाद भएको ...

बैतडीमा दुई महिलाको मृत्यु

बैतडी। बैतडीमा छुट्टाछुट्टै घटनामा दुई महिलाको मृत्यु भएको छ। एक महिला भीरबाट लडेकी छन् भने अर्की महाकाली नदी किनारमा मृत अवस्थामा फेला परेकी छन्। ...

सुनको मूल्य दुई हजार ८०० ले घट्यो

काठमाडौँ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट आएको छ । सुनको मूल्य रु दुई हजार ८०० ले र चाँदीको मोल रु २० ले घटेको...

आन्द्राको क्यान्सरबाट साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बूको निधन

हिले। धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको आन्द्राको क्यान्सरको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अस्पतालमा निधन भएको...

चुनावी खर्च विवरण समयमै सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा राजनीतिक दललाई निर्वाचन प्रचार–प्रसारमा गरेको खर्चको विवरण सार्वजनिक गर्न निर्देशन दिएको...

युद्धका बीच कतार एयरवेजका १४३ विशेष उडान

काठमाडौं । कतार एयरवेजले मार्च १३ देखि मार्च १७ सम्म सञ्चालन गर्ने गरी कम्तीमा १४३ वटा विशेष उडानको तालिका सार्वजनिक गरेको छ। युद्धका कारण कतारको हवाई...

जुम्लाबाट हेलिकप्टरमा उद्दार गरिएकी सुत्केरीको मृत्यु

जुम्ला। बिहीबार जुम्लाबाट हेलिकोप्टरमा उद्धार गरिएकी सुत्केरीको मृत्यु भएको छ । तिला गाउँपालिका वडा नं ३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको उपचार...

स्वतन्त्रबाट विजयी महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

म्याग्दी। फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित हुनुभएका डा। महावीर पुनले चुनावी खर्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: