झापा । पूर्वी नाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०र८१ मा कृषिजन्य उपभोग्य एवम् औद्योगिक वस्तुको आयातभन्दा निर्यात बढी भएको छ । यसवर्ष यी वस्तुको व्यापारमा पूर्वीनाका नाफामा गएको हो ।
प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रेश्वर यादवका अनुसार आर्थिक वर्ष २०८०/८१ मा रु १४ अर्ब ३४ करोड ५१ लाख ९५ हजारको विभिन्न कृषिजन्य वस्तु आयात भएको छ ।
सोही अवधिमा काँकडभिट्टा नाका भएर रु १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार मूल्य बराबरको वस्तु विदेश निर्यात भएको उनले जानकारी दिए । गत आवको आयातको तुलनामा आव २०८०/८१ मा रु चार अर्ब ६१ करोड २६ लाख ९० हजार मूल्य बराबरको कृषिजन्य वस्तु बढी निर्यात भएको हो ।
निर्यात भएका कृषिजन्य वस्तुमा तरकारी, फलफूल, बिरुवा, जडीबुटी, प्रशोधित सामग्री, औद्योगिक बाली, चिया, अम्रिसो, अलैँची, काठका हस्तकला सामग्री, मसला बाली, बिउविजनलगायत छन् । चिराइतो (जडीबुटी) बाहेक सम्पूर्ण वस्तु भारत निकासी हुने गरेको छ । चिराइतो भने भारत र बङ्गलादेश दुबै मुलुकमा निर्यात हुने गर्छ ।
आयात हुने कृषिजन्य वस्तुमा खाद्यान्न, दलहन, तेलहन, ताजा तरकारी, फलफूल, बोटबिरुवा, जडीबुटी, दाल, लसुन, आलु, ब्रानलगायत रहेको सूचना अधिकारी यादवले जानकारी दिए । काँकडभिट्टा नाका भएर आयात हुने खाद्य वस्तुमा मकै, फापर, कोदो रहेको छ ।
यस नाकाबाट उक्त अवधिमा जम्मा रु ९१ करोड ५६ लाख ८१ हजार मूल्य बराबरको खाद्य वस्तु आयात भएको छ । आयातित कृषिजन्य वस्तुमध्ये ताजा तरकारी र ताजा फलफूल धेरै छ । कार्यालयको तथ्याङ्क अनुसार रु चार अर्ब, ८७ करोड ६५ लाख १५ हजारको ताजा फलफूल रु चार अर्ब ५६ करोड २३ लाख ८० हजारको ताजा तरकारी एक वर्षमा आयात भएको छ ।
निर्यातको ठूलो अंश औद्योगिक बाली र मसाला बालीले ओगटेको छ । धेरै निर्यात हुने कृषिजन्य वस्तुको सूचीमा चिया, अम्रिसो, अदुवा र प्लाइउड भारत निर्यात हुने गरेको छ । भारत बाहेकका मुलुकमा निर्यात थोरै छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १२ गते, २०८२ - ०७:२६
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो २ बजे पार्टी कार्यालय च्यासल, ललितपुरमा बस्ने ग...
जेष्ठ १२ गते, २०८२ - ०६:५०
दमौली । तनहुँको मादी नदी पुलबाट जिप खस्दा ३ जनाको मृत्यु भएको छ। पृथ्वीराजमार्गअन्तर्गत दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जिप व्यास...
जेष्ठ १२ गते, २०८२ - ०६:३५
काठमाडौं । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार सो बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछ । शिक्षा, स्वास्थ्य...
जेष्ठ १२ गते, २०८२ - ०६:१०
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको ...
जेष्ठ ११ गते, २०८२ - १०:२८
पाल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले १० वर्षे सशस्त्र द्वन्द्वले एकात्मक र केन्द्रिकृत सामन्ती व्यवस्थाका कारण पछि पारिएका समुदाय ...
जेष्ठ ११ गते, २०८२ - १०:२४
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कास्की जिल्लाका पाँच वामपन्थी समाजवादी दलहरूले संयुक्त ज्ञाप...
जेष्ठ ११ गते, २०८२ - ०८:३५
जुम्ला । जुम्लामा शुक्रबार दिउँसो परेको असिनाले बालीनालीमा क्षति गरेको छ। जुम्लाको तिला गाउँपालिका–९ मा झण्डै आधा फिट असिना परेको छ। असिना शुक्रबार अप...
जेष्ठ ११ गते, २०८२ - ०८:१०
भोजपुर । वर्षासँगै आएको हावाहुरीले खुर्सानी खेतीमा क्षति पुर्यापछि भोजपुरका बोखिमका किसान चिन्तित भएका छन् ।हावाहुरीका कारण फुल्दै गरेको अकबरे खुर्सा...
जेष्ठ ११ गते, २०८२ - ०७:४५
ढोरपाटन । अविरल वर्षाका पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । शुक्रबार साँझदेखि परेको वर्षाका कारण करिडोरको बागलुङ नग...
जेष्ठ ११ गते, २०८२ - ०७:२५
काठमाडौँ । नेपालमा चियाका सौखिनहरूको कमी छैन । धेरै मानिसहरूको दिनको सुरुवात नै चियाबाट हुन्छ । उनीहरू आफूलाई ताजा महसुस गराउन चिया पिउनु आवश्यक ठ...
प्रतिकृया लेख्नुहोस्: