Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

तलब समायोजनको गृहकार्य- निजामती कर्मचारी र सुरक्षा निकायको कति बढ्छ ?

खबरडबली संवाददाता

काठमाडौं । नयाँ सरकार गठन भएसँगै सरकारले निजामती कर्मचारी र सुरक्षा निकायमा कार्यरत समान पदका कर्मचारीको तलब मिलान गर्न आन्तरिक गृहकार्य थालेको छ । सरकारले सहसचिव, उपसचिव र शाखा अधिकृत तहका कर्मचारीको तलब मिलान गरी तलब वृद्धि गर्नका लागि आन्तरिक गृहकार्य गरेको हो । 

गत असार १० गते सर्वोच्च अदालतले सुरक्षा निकाय र निजामती सेवाका कर्मचारीको मर्यादाव्रmमका आधारमा कर्मचारीको तलबमान निर्धारण गर्न सरकारको नाममा परमादेश जारी गरेको थियो । सोही परमादेशका आधारमा सरकारले निजामती तहका कर्मचारीको तलब स्केल मिलान गर्ने गृहकार्य थालेको हो । 

अर्थ मन्त्रालयका अनुसार अदालतको फैसलाका आधारमा निजामती सेवाका कर्मचारीको तलब स्केल मिलान गर्नका लागि अध्ययन भइरहेको जनाएको छ । अर्थ मन्त्रालका प्रवक्ता उत्तरकुमार खत्रीले सर्वोच्च अदालतको फैसला अनुसार निजामती कर्मचारीको तलब मिलान गर्नका लागि अहिले अध्ययन भइरहेकाले अहिले नै कुन तहका कर्मचारीको कति तलब वृद्धि हुन्छ भनेर भन्न सकिने अवस्था नभएको बताए । 

सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा कर्मचारीको तलब नबढाए पनि अदालतको आदेश अनुसार शाखा अधिकृत, उपसचिव, सहसचिव स्तरका कर्मचारीको तलब मिलान गर्न लागेको अर्थ मन्त्रालयले जनाएको छ । 

नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले अदालतको फैसला अनुसार मर्यादाव्रmमबमोजिम नै निजमती कर्मचारीको तलब वृद्धि गर्न आग्रह गरे । 

उनका अनुसार निजामती सेवाका सबै सेवा समूह, सङ्घ, प्रदेश र स्थानीय तहमा दरबन्दी अनुसार विशिष्ट श्रेणीदेखि श्रेणीविहीन कार्यालय सहयोगीसम्म मर्यादाव्रmम निर्धारित रहेकाले सोही अनुसार तलब मिलान गरी वृद्धि गर्नु पर्छ  । 

राजपत्राङ्कित, राजपत्र अनङ्कित, श्रेणीविहीन र सार्वजनिक प्रशासनको अन्य क्षेत्रमा समेत कार्यसम्पादनको जिम्मेवारी र उत्तरदायित्वलगायतका आधारमा मर्यादाव्रम रहेको हुँदा सार्वजनिक प्रशासनका सबै क्षेत्रका कर्मचारीलाई विभिन्न पदसोपान र श्रेणीगत मर्यादाव्रmमका आधारमा तलबमान निर्धारण गर्न निजामती कर्मचारीका सबै सङ्गठनले सरकारलाई आग्रह गरिसकेको पोखरेलले स्पष्ट पारे । 

आदेश अनुसार निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय र तृतीय श्रेणीका कर्मचारीको सुरु तलबमान मर्यादाव्रmममा रहेका अन्य सरकारी सेवामा रहेका कर्मचारीसरह हुने छ । 

सर्वोच्चको आदेशमा भनिएको छ, “कर्मचारीको मनोबल उच्च राख्न नसकेको तथा थप अनिश्चितता सिर्जना भएकाले आर्थिक वर्ष २०८१÷८२ को सुरुबाट नै सुरुको तलबमानमा आवश्यक समायोजन गरी विभेद र असमानता सम्बोधन हुनुपर्ने नै देखिन्छ ।’’  

अहिले समान मर्यादाव्रmममा अगाडि रहेका निजामती सेवाका सहसचिव तथा सो सरहका अन्य पदमा रहेका कर्मचारीभन्दा मर्यादाव्रmममा पछि रहेका सुरक्षा निकायका अधिकारीको तलब बढी छ । 

सहसचिव मर्यादाव्रmमको १६ औँ स्थानमा छ, सुरु तलब ५६ हजार ७८७ छ तर १७ औँ नम्बरमा रहेका सहायक रथी, प्रहरी नायब महानिरीक्षकलगायतको पारिश्रमिक ६० हजार ९५० रुपियाँ छ । आदेश अनुसार अब तलब पुनरवलोकन हुने छ । 

यस्तै समान मर्यादाव्रmममा रहेका निजामती सेवाका उपसचिव वा सो सरहका कर्मचारी र प्रमुख सेनानी र प्रहरी उपरीक्षकको तलब फरक छ । उपसचिवको सुरु तलबमान ४८ हजार ७३७ रुपियाँ छ । सुरक्षा निकायमा ५२ हजार २७९ रुपियाँ छ । 

यस्तै निजामती सेवाका शाखा अधिकृत वा सो सरहका अन्य कर्मचारीको सुरु तलबमान ४३ हजार ६८९ रुपियाँ छ । मर्यादाक्रमपछि रहेका उपसेनानीको तलब ४५ हजार १०३ रुपियाँ छ । 

सरकारले दुई वर्षअघि गठन गरेको उच्चस्तरीय तलब सुविधा आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा पनि निजामती कर्मचारी र सुरक्षा निकायका कर्मचारीको तलब सुविधा समायोजन गर्न सुझाव दिएको थियो । 

राजपत्र अनङ्कित तहका कर्मचारीले पनि सरकारले निजामती सेवाका कर्मचारीको तलब समायोजन गर्दा राजपत्र अनङ्कित तहका कर्मचारीको पनि तलब समायोजन गर्न सरकारलाई अग्राह गर्दै आएका छन् । यो समाचार आजको गोरखापत्रमा छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुदन किरातीको दाबी : यो सरकार दसैँ-तिहारपछि आफैँ ढल्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले भ्रष्टाचारीलाई जोगाउने उद्देश्यले बनेको वर्तमान सरकार प्रथम दिनबाटै चरम विवादमा पर्दै आएको बताएक...

बागलुङमा बाढीले मोटरसाइकल र स्कुटर बगाउँदा ३ जनाको मृत्यु

बागलुङ । अविरल झरी र मध्यरातमा आएको बाढीले मोटरसाइकल र स्कुटर बगाउँदा ३ जनाको मृत्यु भएको छ। बागलुङ नगरपालिका ५ को बान्द्रेमा बिहीबार राति साढे १२ बजे...

तबला उपहार दिएका ओलीसँग बालेनको किन पर्दैछ जुहारी ?

काठमाडौं । काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’को समर्थन गरेको देखिने केही मानिसले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत फेसबुक पेज ...

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणमा श्रीमती राधिकासहित २२ जना जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण २२ सदस्यीय हुने भएको छ। राष्ट्रसंघको महासभाका लागि प्रधानमन्त्री सहितको टोली असोज ६ गते न्युयो...

४ वर्षीया बालिकाको पोखरीमा डुबेर, २१ वर्षीया युवतीको करेन्ट लागेर मृत्यु

बर्दिया । बर्दियामा भएका दुई छुट्टाछुट्टै घटनामा परेर दुई जनाको मृत्यु भएको छ।  गुलरिया नगरपालिका–३ भगवती टोलकी एक बालिकाको पोखरीमा डुबेर मृत्यु भए...

फेरियो बेचबिखनको शैली, कहाँ जाने बहिनी भनेर सोधे-दार्जिलिङ घुम्न हिँडेको भन्छन्

झापा । आकर्षक रोजगारीको प्रलोभनमा पारेर पूर्वीनाका काँकडभिट्टाबाट नेटवर्किङ व्यापार, घरेलु कामदार र पसल श्रमिकको बहानामा नेपाली किशोरीलाई  भारतको विभि...

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, यात्रु अलपत्र

काठमाडौं । व्यास नगरपालिका-१२ घाँसीकुवामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। अविरल वर्षाले गर्दा शुक्रबार बिहान ४ बजे खसेको पहिरोले पृथ्वी...

शंकर पोखरेलको जिकिर- ओेली सरकारप्रति कांग्रेस महामन्त्रीद्वयको असन्तुष्टि छैन

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारप्रति कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा असन्तुष्ट रहेको भनी कथा बनाइएको...

पूर्वपश्चिम राजमार्गमा भत्किएको कल्भर्ट नबन्दा आवातजावतमा सास्ती

कञ्चनपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडाचोकमा भत्किएको कल्भर्ट अझै पुनःनिर्माण हुनसकेको छैन । व्यस्त राजमार्गमा प...

रोनाल्डोले गरे कीर्तिमानी ९००औँ गोल

काठमाडौं । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको ९०० औं गोल गर्दै महत्वपूर्ण उपलब्धि हासिल गरेका छन्। नेसन्स लिगमा क्रोएसिय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy