Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

कोदोको उत्पादन घट्दै जाँदा आयात बढ्यो, पूर्वीनाकाबाट ८५ करोडको आयात

खबरडबली संवाददाता

झापा । पूर्वीनाका काँकडभिट्टाबाट कोदोको आयात अघिल्लो वर्षका तुलनामा वृद्धि भएको छ ।  प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले २०८०-८१ मा रु ८५ करोड ४२ लाख ५६ हजार मूल्य बराबरको १७ हजार सात सय ९७ मेट्रिक टन कोदो भारतबाट आयात भएको जानकारी दिए ।

उनका अनुसार आव २०७९र८० मा रु ५१ करोड ३१ लाख २० हजार मूल्य बराबरको १६ हजार ३५ मेट्रिक टन कोदो भारतबाट आयात भएको थियो । नेपालमा कोदो बाली उत्पादन घट्दै जाँदा भारतलगायत तेस्रो देशबाट कोदोको आयात बढेको सूचना अधिकारी ठाकुरले बताए ।

पूर्वी पहाडी जिल्लामा यथेष्ट उत्पादन हुने फर्सी विक्री नहुँदा किसान गाईभैँसीलाई खोले पकाएर खुवाउँछन् । तर त्यही फर्सी बजारमा भने भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ । उनले सोही अवधिमा फर्सी मात्र रु २१ करोड १४ लाख ८० हजारको १० हजार पाँच सय ७४ मेट्रिक टन आयात भएको जानकारी दिए ।

उनका अनुसार गत एक वर्षमा रु एक अर्ब दुई करोड २२ लाख ६० हजार मूल्य बराबरको ५१ हजार एक सय १३ मेट्रिक टन गोलभेँडा, रु २९ करोड ५७ लाख ४० हजार मूल्य बराबरको १४ हजार सात सय ८७ मेट्रिक टन हरियो खुर्सानी पूर्वीनाका हुँदै भारतबाट भित्रिएको छ । 

सोही अवधिमा रु ५७ करोड ७३ लाख ८० हजार मूल्य बराबरको २८ हजार आठ सय ६९ मेट्रिक टन करेला, रु ३० करोड सात लाख ८० हजार मूल्य बराबरको १५ हजार २९ मेट्रिक टन भिन्डी र रु १५ करोड ६७ लाख २० हजार मूल्य बराबरको सात हजार आठ सय ३६ मेट्रिक टन सिमी आयात भएको सूचना अधिकारी ठाकुरले जानकारी दिए ।

पूर्वीनाकाबाट सोही अवधिमा रु १३ करोड आठ लाख ४० हजार मूल्य बराबरको छ सय ९२ मेट्रिक टन प्याज, रु २५ करोड ६५ लाख ६० हजार बराबरको १२ हजार आठ सय २८ मेट्रिक टन परवल, रु ६७ करोड ७० लाख मूल्य बराबरको तीन हजार आठ सय ३५ मेट्रिक टन घिरौला, रु ११ करोड १७ लाख मूल्य बराबरको पाँच हजार पाँच सय ८५ मेट्रिक टन गाजर, रु ३१ करोड ५० लाख मूल्य बराबरको एक हजार पाँच सय ७५ मेट्रिक टन स्कुस र रु तीन करोड ८० लाख ४० हजार बराबरको एक हजार नौ सय दुई मेट्रिक टन तरुल भारतबाट आयात भएको तथ्याङ्कले देखाउँछ ।

मधेसबाट हिमाली जिल्लासम्म उत्पादन हुने फापरसमेत भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ । सूचना अधिकारी ठाकुरका अनुसार एक वर्षमा रु एक करोड ३५ लाख ८५ हजार मूल्य बराबरको दुई सय नौ मेट्रिक टन फापर, रु चार करोड ६१ लाख ७६ हजार मूल्य बराबरको एक हजार चार सय ४३ मेट्रिक टन मकै (पशु दाना) आयात भएको छ ।

कार्यालयका अनुसार सोही अवधिमा रु चार अर्ब ८७ करोड ६५ लाख १८ हजार बराबरको ९८ हजार तीन सय ९४ मेट्रिक टन फलफूल तथा चामल, रु १७ करोड २८ लाख २४ हजार बराबरको सात हजार दुई सय एक मेट्रिक टन र दलहन (गेडागुडी) रु दुई करोड ४० लाख ९६ हजार मूल्यको आयात भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । भारतबाट आयातित तरकारीका कारण स्वदेशमा किसानले उत्पादन गर्दै आएको तरकारी बाली बजारमा बिक्री नभएको किसानको गुनासो छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुदन किरातीको दाबी : यो सरकार दसैँ-तिहारपछि आफैँ ढल्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले भ्रष्टाचारीलाई जोगाउने उद्देश्यले बनेको वर्तमान सरकार प्रथम दिनबाटै चरम विवादमा पर्दै आएको बताएक...

बागलुङमा बाढीले मोटरसाइकल र स्कुटर बगाउँदा ३ जनाको मृत्यु

बागलुङ । अविरल झरी र मध्यरातमा आएको बाढीले मोटरसाइकल र स्कुटर बगाउँदा ३ जनाको मृत्यु भएको छ। बागलुङ नगरपालिका ५ को बान्द्रेमा बिहीबार राति साढे १२ बजे...

तबला उपहार दिएका ओलीसँग बालेनको किन पर्दैछ जुहारी ?

काठमाडौं । काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’को समर्थन गरेको देखिने केही मानिसले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत फेसबुक पेज ...

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणमा श्रीमती राधिकासहित २२ जना जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण २२ सदस्यीय हुने भएको छ। राष्ट्रसंघको महासभाका लागि प्रधानमन्त्री सहितको टोली असोज ६ गते न्युयो...

४ वर्षीया बालिकाको पोखरीमा डुबेर, २१ वर्षीया युवतीको करेन्ट लागेर मृत्यु

बर्दिया । बर्दियामा भएका दुई छुट्टाछुट्टै घटनामा परेर दुई जनाको मृत्यु भएको छ।  गुलरिया नगरपालिका–३ भगवती टोलकी एक बालिकाको पोखरीमा डुबेर मृत्यु भए...

फेरियो बेचबिखनको शैली, कहाँ जाने बहिनी भनेर सोधे-दार्जिलिङ घुम्न हिँडेको भन्छन्

झापा । आकर्षक रोजगारीको प्रलोभनमा पारेर पूर्वीनाका काँकडभिट्टाबाट नेटवर्किङ व्यापार, घरेलु कामदार र पसल श्रमिकको बहानामा नेपाली किशोरीलाई  भारतको विभि...

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, यात्रु अलपत्र

काठमाडौं । व्यास नगरपालिका-१२ घाँसीकुवामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। अविरल वर्षाले गर्दा शुक्रबार बिहान ४ बजे खसेको पहिरोले पृथ्वी...

शंकर पोखरेलको जिकिर- ओेली सरकारप्रति कांग्रेस महामन्त्रीद्वयको असन्तुष्टि छैन

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारप्रति कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा असन्तुष्ट रहेको भनी कथा बनाइएको...

पूर्वपश्चिम राजमार्गमा भत्किएको कल्भर्ट नबन्दा आवातजावतमा सास्ती

कञ्चनपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडाचोकमा भत्किएको कल्भर्ट अझै पुनःनिर्माण हुनसकेको छैन । व्यस्त राजमार्गमा प...

रोनाल्डोले गरे कीर्तिमानी ९००औँ गोल

काठमाडौं । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको ९०० औं गोल गर्दै महत्वपूर्ण उपलब्धि हासिल गरेका छन्। नेसन्स लिगमा क्रोएसिय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy