ब्काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भ्रष्टाचार गरेका सत्तापक्ष र प्रतिपक्ष दुवैलाई कारबाही गर्न सरकारलाई आग्रह गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भ्रष्टाचार गरेका कसैलाई नछोड्न आग्रह गरेका हुन् ।
उनले भने, ‘विगत दुई तीन दिनदेखि संसदमा हेरिरहेको छु । बडा गज्जबको जात्रा चलिरहेको छ । फाइलका फाइल,घोटालाका घोटाला । यस्तो कुरासम्म हुन आएको छ की संसद होइन कुनै व्ल्याककमेलिङ गर्ने थलो हो । उ परपट्टि बसिसकेपछि यतापट्टिकोले दोष लगाउने, परपट्टिका वारी आएपछि यहाँकाले पारिकालाई दोष लगाउने, म अहिले पनि भन्न चाहन्छु तपाईं अहिलेको सरकारमा हुनुहुन्छ, तपाईंहरुको दिन नआओस् भुटानी शरणार्थी भनेर कराउने । फेरि दिन नआओस् तपाईंहरूको यहाँ गिरीबन्धु खै भनेर कराउनुपर्ने । ’
साथै उनले एनसेल प्रकरण र मेलम्चीलगायतका भ्रष्टाचारका काण्डहरू सँगसंगै कराउने दिन आउन सक्ने बताए । उनले अहिलेको सरकारलाई धमाधम काम गर्न र भ्रष्टाचारका काण्डहरू खोलेर प्रकाउ गर्न पनि आग्रह गरे । उनले भने, ‘यो संसदमा यस्तो जुवारी चल्यो कि तिम्रा फाइल बन्द गर्छौं । हाम्रा फाइल किन खोल्छौं ? पहिला तिम्रा गर त्यसपछि हाम्रा गर ।
तपाईंहरू हिजो मिलेको होइन । जनताले रगत पसिना तिरेर बनाएको संसदलाई सामान्य नठानियोस । त्यसैले चाँहे सत्तापक्ष होस्, चाँहे प्रतिपक्ष होस् कारबाही गर्नुस् ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २५ गते, २०८१ - २०:२१
भीआईपीहरु नआउने खबरले कास्की कारागारलाई राहत
पौष २५ गते, २०८१ - ११:०४
सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिका–२ थुम्लिङमा गए राति भएको आगलागीमा परी एकको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४० वर्षे नवराज खालिङ राई रहेको वड...
पौष २५ गते, २०८१ - १०:५९
मोरङ । मोरङमा भएको सवारी दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ । मोरङ प्रहरीका अनुसार बुधबार राति करिब साढे ७ बजे मोरङको सुन्दरहरैंचा नगरपालिका र बेलबा...
पौष २५ गते, २०८१ - १०:५९
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज तोलामा ८०० रुपैयाँ बढेर १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले...
पौष २५ गते, २०८१ - १०:४२
काठमाडौैं । देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्र छाडा कुकुर व्यवस्थापनमा चुनौती बनेकोे छ । मुलुक हाँक्ने प्रधानमन्त्री र मन्त्रीहरूदेखि ठूलठूल...
पौष २५ गते, २०८१ - १०:३२
बागलुङ । काठेखोला गाउँपालिका–६ का किसानले गत वर्षको तुलनामा यस वर्ष रु पाँच करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् । गाउँपालिकाका कृषि प्राविधिक अग्नि...
पौष २५ गते, २०८१ - १०:२८
काठमाडौं । के तपाईलाई थाहा छ संसारमा सबैभन्दा बढी सुन कहाँबाट निकालिन्छ ? हरेक वर्ष विभिन्न देशमा सुनको उत्खनन हुने गर्छ तर सबैभन्दा बढी सुन निक...
पौष २५ गते, २०८१ - १०:१९
पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगीसमेतका मुद्दामा प्रतिवादीहरुका सम्बन्धमा कास्की जिल्ला अदालतले आज बिहीबार आदेश दिने सम्भावना छ । आज जिल्ला सरकारी...
पौष २५ गते, २०८१ - ०९:२७
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली ‘संविधान संशोधनबाट ब्याक’ भएका छन् । ओलीले तत्काल संविधान संशोधन...
पौष २५ गते, २०८१ - ०९:२२
राजविराज । कुखुरा किन्न साहुले दिएको रकम पचाउने नियतले लुटपाट भएको भनी नाटक रचेका एक चालक प्रहरीको फन्दामा परेका छन् । दुई दिनअघि सप्तरीको रुपनीमा ...
प्रतिकृया लेख्नुहोस्: