काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपदका घटनाको प्रतिनिधि सभामा जानकारी दिएका छन् ।
संसदमा बोल्दै गृहमन्त्री लेखकले जेठ २८ देखि हालसम्म १ हजार ५९२ घटना विपदका घटना भएको र सो क्रममा १३० जनाको मृत्यु भएको १४४ जना घाइते भएको जानकारी दिएका छन् ।
त्यस्तै ४८ जना वेपत्ता भएको र ५९४ पशुचौपाया नोक्सानी भएको उनले बताए । यसबर्षको बाढी पहिरोबाट २३१ घर र ८४ गोठमा क्षति पुगेको भन्दै ४३ वटा पुल र २ सरकारी भवन भत्किएको तथा ४ हजार ४ परिवार विस्थापित हुने अवस्था आएको र जसमध्ये १ हजार ५९ परिवालाई सुरक्षित स्थानमा सारिएको उनले संसदमा बताए ।
प्राकृतिक विपदबाट देशका ७७ वटै जिल्ला प्रभावित भएको र विपदपछिको खोज तथा उद्धारका लागि नेपाल प्रहरीबाट ७ हजार १६९ र सशस्त्र प्रहरीका ३ हजार ९५६ जना खटिएको अवस्था छ । ती सुरक्षाकर्मीले ९८९ जनालाई उद्धार गरेको तथा उद्धारमा कतिपय स्थानमा नेपाली सेना समेत खटिएको अवस्था छ । प्रभावितहरुलाई आवस्यक राहत सामग्रीको प्रबन्ध गरेको तथा मृत्यु भएकामध्ये ४७ परिवारलाई राहत दिइसकेको र बाँकी प्रक्रियामा रहेको छ ।
त्यस्तै उनले ४८ जना वेपत्ता भएकाहरुको पत्ता नलागेका परिवारलाई मृतक सरह नै राहत उपलव्ध गराउने निर्णय भएको छ । घाइते १४४ जना मध्ये ५ उपचाररत छन् भने बाँकी सबै उपचारपछि अस्पतालबाट डिस्चार्ज भएर घर सइसकेको जानकारी दिए ।
उनले भने( ुघाइतेको उपचारमा तीनै तहका सरकार खटेको अवस्था छ । ९ जना घाइतेको हेलिकप्टरबाट उद्धार गरिएको छ । असार २८ मा चितवनको सिमलतालमा बस दुर्घटनामा परी बेपत्ता भएका ६२ जना मध्ये हालसम्म २४ जनाको शव फेला परेको छ । १९ जनाको पहिचान भइ आफन्तले शव बुझिलगेका छन् भने पाँच जनाको पहिचान हुनु सकेको छैन । बाँकी ४३ जनाको खोजी कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले खोजी कार्य गरिरहेको छ । खोजी कार्यका लागि ३६८ सुरक्षाकर्मी अहोरात्र खटिएको अवस्था छ ।ु
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८२ - १७:२०
काठमाडौँ । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको...
चैत्र १ गते, २०८२ - १७:१४
सप्तरी। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सप्तरीको कञ्चनरुप नगरपालिका १२ धरमपुरकी एक बृद्वाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६९ वर्षीय खड्गम...
चैत्र १ गते, २०८२ - १६:५५
काठमाडौँ । घुस लिएको आरोपमा सहसचिव झलकराम अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार अधिक...
चैत्र १ गते, २०८२ - १६:४०
भद्रपुर। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अव...
चैत्र १ गते, २०८२ - १६:२८
काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले ब...
चैत्र १ गते, २०८२ - १६:२३
काठमाडौँ । नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम निर्वाचन आयोग मा बुझाएको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फबाट...
चैत्र १ गते, २०८२ - १६:०५
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा रहेका २० जनाको नाम निर्वाचन आयोग मा बुझाउने निर्णय गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेक...
चैत्र १ गते, २०८२ - १६:००
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरअघिदेखि बैठक जारी रहेको छ। मन्त्...
चैत्र १ गते, २०८२ - १५:५२
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बन्ने चार जनाको नाम टुंगो लगाएको छ। आइतबार पार्टीको केन्द्...
चैत्र १ गते, २०८२ - १५:४३
पेरिस। मध्यपूर्व युद्धले यसै साता क्षेत्रमा नयाँ उथलपुथल ल्याएको छ । इजरायली सेनाले पश्चिमी इरानमा व्यापक आक्रमण सुरु गरेसँगै यसले अमेरिका-इजरायल युद्...


प्रतिकृया लेख्नुहोस्: