Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

विपद् पीडितका लागि सबै जिल्लामा राहतको प्रबन्ध गरिएको छ : गृहमन्त्री लेखक

खबरडबली संवाददाता

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले मनसुनलगायतका विपद् पीडितलाई सबै जिल्लामा आवश्यक राहतको व्यवस्था मिलाइएको बताएको छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदले राखेको जिज्ञासाको जवाफ दिने क्रममा उनले सो दाबी गरेको हो।

गृहमन्त्री लेखकले मृतकका परिवार र बेपत्ता भएकाका परिवारलाई राहत दिने कामलाई निरन्तर रूपमा अघि बढाइएको बताए।

विपद्पछिको खोज, उद्धारका लागि नेपाल प्रहरीबाट सात हजार १६९ जना र सशस्त्र प्रहरी बल, नेपालबाट तीन हजार ९५६ जना खटिई ९८९ जनालाई सकुशल उद्धार गरिएको गृहमन्त्री लेखकले बताए।

उहाँले विपदमा परी १३० जनाको मृत्यु भएको र घाइते भएका १४४ जना मध्ये ५ जना बाहेक सबै उपचार गरी घर फर्किएको उनले बताए ।

उनले भने, ‘यस वर्षको मनसुन सुरु भएको दिन अर्थात् २०८१ जेठ २८ गतेदेखि हालसम्म देशभर विभिन्न प्राकृतिक प्रकोपका एक हजार ५९२ घटना भएका छन्। जसमध्ये हालसम्म १३० जनाको मृत्यु भएको छ भने १४४ जना घाइते भएका छन्।४८ जना बेपत्ता भएका छन्।त्यसैगरी ५९४ पशु चौपायाको नोक्सानी भएको छ।२३१ घर र ८४ गोठमा क्षति पुगेको छ।हालसम्म ४३ वटा सानाठुला पुल बगेका छन्। दुई वटा सरकारी भवन भत्किएका छन्।यसै क्रममा चार हजार ४ परिवार विस्थापित हुने अवस्था सृजना भयो।जसमध्ये १ हजार ५९ परिवारलाई सुरक्षित आश्रय स्थलमा सारिएको छ भने बाँकी आफ्नै घरमा फर्किएका छन्।मनसुनजन्य विपद्का कारणले देशका सबै ७७ वटै जिल्ला प्रभावित भएका छन् ।’’ 

विपदपछिको खोज, उद्धारका लागि नेपाल प्रहरीबाट ७ हजार १६९ जना र सशस्त्र प्रहरी बल, नेपालबाट ३ हजार ९५६ जना खटिई ९८९ जनालाई सकुशल उद्धार गर्न सकिएको उहाँको भनाइ छ।

अधिकांश विपद्का घटनामा नेपाली सेना समेत खोज र उद्धारमा खटिएको छ।विपद्पछिको राहतका लागि सबै जिल्लामा आवश्यक राहत सामग्रीको प्रबन्ध भएको उनको भनाइ छ।

‘‘मृत्यु भएका १३० जना मध्ये ४७ जनाका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ।बाँकी परिवार राहत रकम पाउने प्रक्रियामा रहेका छन्।त्यसैगरी ४८ जना बेपत्ता भएको स्थिति छ’’, उनले भने।

विभिन्न ठाउँमा प्राकृतिक प्रकोपका कारणले घाइते भएका र समयमा अस्पताल ल्याउन जटिलता भएको स्थितिमा नौ जनाको हेलिकप्टरबाट उद्धार गरिएको उनको भनाइ छ। उनले भने, ‘‘असार २८ गते चितवन जिल्लाको सिमलताल बस दुर्घटनामा परी बेपत्ता भएका ६२ जनामध्ये हालसम्म २४ जनाको शव फेला परेको छ।जसमध्ये १९ जना पहिचान भई आफन्तले शव बुझी लगेका छन् भने पाँच जनाको पहिचान हुन सकेको छैन।बाँकी ४३ जनाको खोजी कार्य नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल समेतले खोजी कार्य गरिराखेको स्थिति छ।’’

गृहमन्त्री लेखकले चितवनको सिमलतालमा बस दुर्घटनामा परी बेपत्ता भएकाहरूको खोजी कार्यका लागि भारतीय सुरक्षाकर्मी पनि परिचालन गरिएको संसद्लाई जानकारी गराए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठले च्यापिएर एक जनाको मृत्यु

रुकुम पश्चिम। जिल्लाको मुसिकोट नगरपालिका– ११ मा काठले च्यापिएर आज एक जनाको मृत्यु भएको छ ।  वडा नं ११ स्थित स्याबाङमा घर बनाउने क्रममा बारीमा रहेको...

डा. स्वर्णिम वाग्लेको चुनावी खर्च २७ लाख

तनहुँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट तनहुँ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले आफ्नो निर्व...

प्रचण्ड–रवि लामिछानेबीच टेलिफोन संवाद, बालेनसँग भेट भएको समाचार असत्य

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोनमा संवाद भएको ...

बैतडीमा दुई महिलाको मृत्यु

बैतडी। बैतडीमा छुट्टाछुट्टै घटनामा दुई महिलाको मृत्यु भएको छ। एक महिला भीरबाट लडेकी छन् भने अर्की महाकाली नदी किनारमा मृत अवस्थामा फेला परेकी छन्। ...

सुनको मूल्य दुई हजार ८०० ले घट्यो

काठमाडौँ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट आएको छ । सुनको मूल्य रु दुई हजार ८०० ले र चाँदीको मोल रु २० ले घटेको...

आन्द्राको क्यान्सरबाट साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बूको निधन

हिले। धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको आन्द्राको क्यान्सरको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अस्पतालमा निधन भएको...

चुनावी खर्च विवरण समयमै सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा राजनीतिक दललाई निर्वाचन प्रचार–प्रसारमा गरेको खर्चको विवरण सार्वजनिक गर्न निर्देशन दिएको...

युद्धका बीच कतार एयरवेजका १४३ विशेष उडान

काठमाडौं । कतार एयरवेजले मार्च १३ देखि मार्च १७ सम्म सञ्चालन गर्ने गरी कम्तीमा १४३ वटा विशेष उडानको तालिका सार्वजनिक गरेको छ। युद्धका कारण कतारको हवाई...

जुम्लाबाट हेलिकप्टरमा उद्दार गरिएकी सुत्केरीको मृत्यु

जुम्ला। बिहीबार जुम्लाबाट हेलिकोप्टरमा उद्धार गरिएकी सुत्केरीको मृत्यु भएको छ । तिला गाउँपालिका वडा नं ३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको उपचार...

स्वतन्त्रबाट विजयी महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

म्याग्दी। फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित हुनुभएका डा। महावीर पुनले चुनावी खर्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: