Khabar Dabali ७ फाल्गुन २०८२ बिहीबार | 19th February, 2026 Thu
Investment bank

राजधानीमा हैजा, सावधानी अपनाउन सुझाव

खबरडबली संवाददाता

काठमाडौं । ललितपुरमा एक जना व्यक्तिमा हैजा (कोलेरा० पुष्टि भएको छ । गोदावरी नगरपालिका वडा नम्बर १४ ठैवमा रहेको एक संस्थामा आश्रित १६ वर्षीय व्यक्तिमा हैजा पुष्टि भएको हो । 

जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख भुवन पौडेलले ती बालकलाई हैजा पुष्टि भएको जानकारी दिँदै त्यहाँ जनस्वास्थ्य कार्यालयबाट स्वास्थ्यकर्मीसहितको टोली परिचालन गरी हैजा नियन्त्रण गर्न लागिएको बताए । 

उनका अनुसार त्यहाँ रहेका चार जनाको आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि कल्चरका लागि जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको छ । कल्चरमा समेत हैजा पुष्टि भएमा हैजा पुष्टि हुनेको सङ्ख्या बढ्ने छ ।

डा. पौडेलले बाँकी चार जनाको कल्चरको रिपोर्ट ७२ घण्टामा आउने जानकारी दिए । उनका अनुसार उक्त संस्थामा भएका सात जनालाई लक्षण देखिएपछि थप उपचारका लागि टेकुस्थित शुव्रmराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको छ । जनस्वास्थ्य कार्यालयको स्वास्थ्यकर्मीको टोलीले संस्थामा कसरी हैजा फैलियो भन्ने अनुगमन गरिरहेको छ । 

डा. पौडेलले खानेपानी या खानेकुराबाट हैजा फैलिएको हुन सक्ने अनुमान गरे । उनले हैजा फैलने प्रमुख कारण पानी र खानेकुराबाहेक अरू कारण हुन नसक्ने बताए । संस्थामा आश्रितले पानी नतताई पिएको, सागसब्जी नपखाली खाएको हुन सक्ने अनुमान गरिएको छ । शुव्रmराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले पानीमार्फत दिसाको माध्यामबाट हैजा फैलने बताए । उनले झाडापखाला लागेर दैनिक १० देखि १५ जना बिरामी आउन थालेको बताए । 

सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले भिब्रियो कोरेला नामक ब्याक्टेरियाको कारण हैजा लाग्ने जानकारी दिए । उनले हैजा भएका मानिसको दिसामा हैजाका कीटाणु हुने बताए ।

अस्पतालका निर्देशक डा. बसौलाले दुई जनालाई अस्पताल भर्ना गरेर राखिएको जानकारी दिँदै हैजा शङ्कास्पद एक जनाको आइसियुमा र हैजा पुष्टि भएका बालकको क्याबिनमा राखेर उपचार भइरहेको बताए । उनका अनुसार उपचार गराइरहेका दुई जना भने सोमबार राति भागेका छन् । आकस्मिक कक्षबाट पिसाब फेर्न जाने भन्दै राति १ बजे निस्किएका उनीहरू आकस्मिक कक्षमा रहेको शौचालयको झ्यालबाट भागेका हुन् । 

पाँच वर्षमुनिकालाई पोलियो खोप अनिवार्य

काठमाडौँमा पोलियो भाइरस पुष्टि भएपछि सरकारले उपत्यकाका तीन जिल्लामा बुधबारदेखि शनिबारसम्म पोलियोविरुद्धको विशेष खोप अभियान सञ्चालन गर्दै छ । 

काठमाडौँको टुकुचा खोला र बागमती नदीको सङ्गमस्थलबाट गत जेठ १३ गते सङ्कलन गरिएको ढलको पानी परीक्षण गर्दा परिवर्तित पोलियो भाइरस (भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३) देखा परेको थियो । पोलियो भाइरस पुष्टि भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकाका तीन जिल्लामा विशेष पोलियो खोप अभियान सुरु गर्न लागेको हो । 

परिवार कल्याण महाशाखाका निर्देशक डा। विवेककुमार लालले पोलियो खोप अभियानमा काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका जन्मेदेखि पाँच वर्षमुनिका सम्पूर्ण बालबालिकालाई खोप लगाइने बताए । उनले नियमित खोपमा पोलियो खोप दिइएको भए पनि विशेष अभियानमा आफ्ना बालबालिकालाई अनिवार्य रूपमा पोलियोविरुद्धको खोप लगाउनुपर्ने बताए । 

 स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा, खोप शाखा प्रमुख डा. अभियान गौतमले काठमाडौँ, भक्तपुर र ललितपुरका जन्मिएदेखि पाँच वर्षसम्मका बालबालिकालाई घरमा गएर पोलियोविरुद्धको खोप दिइने जानकारी गराए । साउन ९ देखि १२ गतेसम्म पोलियोविरुद्ध खोप अभियान सञ्चालन गर्ने भएकाले पाँच वर्षसम्मका सबै बालबालिकालाई खोप लगाउन खोप केन्द्रमा लैजानुपर्ने बताए । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई १० वर्षअघि नै पोलियोमुक्त घोषणा गरेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आन्दोलनको आगोबाट उठेको ‘दिपशिखा’: भक्तपुर–२ मा वैचारिक निरन्तरताको उम्मेदवारी

भक्तपुरको राजनीतिक धरातल सधैं सामान्य रहँदैन। यहाँ विचार बहस हुन्छ, धार स्पष्ट हुन्छ र मतदाता केवल अनुहार होइन, इतिहास र दृष्टिकोण पनि तौलिन्छ। यही धर...

फागुन २१ पछि कस्तो बन्ला संसद्‌ ? बहुमत टाढा, गठबन्धन अपरिहार्य

काठमाडाैं । फागुन २१ गतेको निर्वाचन नजिकिँदै गर्दा अब चर्चा केवल मतपरिणामको मात्र छैन, त्यसपछि बन्ने सत्ता समीकरण र सम्भावित राजनीतिक परिदृश्यको पनि छ...

रसुवामा एमालेको आधार हल्लियोः पूर्वअध्यक्ष ढकालसहित करिब सय कार्यकर्ता कांग्रेसमा प्रवेश

काठमाडौं । रसुवामा नेकपा एमालेभित्र गहिरो धक्का लागेको छ। एमालेका रसुवा जिल्ला पूर्वअध्यक्ष तथा पूर्वसंविधानसभा सदस्य जनार्दन ढकालले पार्टी परित्याग ग...

नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न

काठमाडौं । नेपाल–भारत सीमा जिल्ला समन्वय समितिको बैठक बसेको छ । आज विराटनगरमा  बसेको बैठकले आसन्न प्रतिनिधिसभा निर्वाचनका समयमा सुरक्षा व्यवस्था प्रभा...

रास्वपा त्यागेका डा. प्रणय राणा भित्रीए कांग्रेसमा

काठमाडौं । हालैमात्रै राष्ट्रिय स्वतन्त्र पार्टी त्यागेका डा. प्रणय शमशेर राणा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। राष्ट्रिय सभा गृहमा प्रतिज्ञा पत...

मुगुमा मतपत्र पुग्न अन्यौल

मुगु । कर्णालीका केही जिल्लामा मतपत्र पुगेता पनि हिमाली जिल्ला मुगुमा मतपत्र पुग्न अन्यौल देखिएको छ । आगामि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका ...

निर्माणाधीन मन्दिरमा भेटिएको पेस्तोल पड्किँदा १५ वर्षीय बालक घाइते

सर्लाही​ । मलंगवा नगरपालिका–४ ढाँका गाउँस्थित निर्माणाधीन हनुमान मन्दिरभित्र फेला परेको पेस्तोल चलाउने क्रममा पड्किँदा एक बालक घाइते भएका छन्। जिल्...

तरकारी गाडीमा १५३ केजी गाँजा बरामद, चालक १२ किमि पछि पक्राउ

ललितपुर । तरकारी बोक्ने गाडीलाई आवरण बनाएर ठूलो परिमाणमा गाँजा ओसारपसार भइरहेको अवस्थामा प्रहरीले १५३ केजी गाँजा बरामद गरेको छ। धादिङबाट खाली तरकारी क...

​ सामुदायिक भवनमा आगलागी हुँदा तीन करोड बढीको क्षति

खोटाङ । साकेला गाउँपालिकाको सामुदायिक भवनमा आगलागी हुँदा रु तीन करोड १६ लाख ३६ हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।  गाउँपालिकाको स...

रुकुम पूर्वबाट प्रचण्डको राष्ट्रिय प्रभावको दाबीः म जहाँ उठे पनि जित्छु’

काठमाडौं ।  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू देशका जुनसुकै निर्वाचन क्षेत्रबाट उम्मेदवार बने पनि विजयी हुने दाबी गरेका छन्। रुकुम पूर्वमा आयोजित चुनावी ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE