Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

मन्त्री छान्दा देउवाले एकलौटी लादेपछि शेखर-गगन समूह रुष्ट, सात प्रदेशमा माग्यो ११ मन्त्री

लुम्बिनीमा मन्त्री छनोट गर्दा भूमिकाविहीन बनाइएको भन्दै प्रदेश सभापतिको आपत्ति

खबरडबली संवाददाता

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसभित्र प्रदेश सरकारमा मन्त्री चयनको बिषयमा आन्तरिक विवाद बढ्दै गएको छ । सभापति शेरबहादुर देउवाले आफूहरुको मागलाई बेवास्ता गरिएको भन्दै शेखर कोइराला(गगन थापा समूहले असन्तुष्टि जनाएको हो।

प्रदेश सरकार गठन र पठाउने मन्त्रीहरुका सवालमा अहिलेसम्म आफूहरुसँग कुनै छलफल र समन्वय नगरेपछि इतर पक्ष रुष्ट बनेको छ। 

प्रदेश सरकार गठन र आफ्नो समुहको सहभागीताबारे मंगलबार विशालनगरस्थित आफ्नो सम्पर्क कार्यलयमा कोइरालाले उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनसँग छलफल गरेका थिए ।

छलफलमा कोशीमा – २ वागमतीमा – ३, गण्डकीमा– २, लुम्बिनीमा – २, कर्णालीमा – १ र सुदुरपश्चिममा – १ गरी ७ प्रदेशमा ११ जना मन्त्री आफ्नो समुहलाई दिनुपर्ने निष्कर्ष निकालेको कोइरालाको सचिवालयले जानकारी दिएको छ । 

बैठक सकिएलगत्तै शेखर कोइरालाले सभापति देउवालाई फोन आफ्नो समूहको धारणा सुनाएको थिए। तर कुनै जवाफ नदिएको बताइन्छ। 

विभिन्न प्रदेशमा सरकार गठनका विषयमा सञ्चारमाध्यमबाट आएका समाचारमा कोइराला बेखबर रहेको बताइएको छ ।

जबकी लुम्बिनीमा सरकार गठन भइसकेको छ । लुम्बिनी प्रदेश समितिका सभापति अमर सिंह पुनले कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीहरु छनौट गर्दा संघीयता, समावेशीताको मर्म र पार्टीको विधानविपरीत भएको भन्दै पार्टी सभापतिको ध्यानाकर्षण गराएका छन् ।

प्रदेश संरचनाप्रति वितृष्णा बढिरहेको समयमा आम कार्यकर्ताको भावनाविपरीत निरंकुश शैलीले पार्टीको प्रदेश संरचना कमजोर बनाइएको बताउँदै उनले पार्टी केन्द्रलाई तत्काल निर्णय सच्चाउन आग्रह गर्दै त्यसो नभएको राम्रो सन्देश नजाने चेतावनी दिएका छन् ।

लुम्बिनी कांग्रेसमा सभापतिसहित अधिकांश इतर समूहको छन् भने सांसदहरुमा बहुमत संस्थापन समूहका छन् ।

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् समावेशी नभएको भन्दै नेपाली कांग्रेसभित्र तीव्र असन्तुष्टि छाएको छ । 

सभापति पुनले केन्द्रीय सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै लेखेको पत्रमा प्रदेशको आग्रह मानेर निर्णय नसच्चाएमा त्यसको सन्देश राम्रो नहुने चेतावनी दिएका छन् ।  

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस विशेष महाधिवेशनः प्रतिवेदनमाथि छलफल जारी, नीतिगत निर्णयपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको विशेष महाधिवेशनको बन्दसत्र लम्बिएको छ । यही ...

कांग्रेसमा सहमतिको प्रयास- संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच वार्ता जारी

विशेष महाधिवेशन पक्षधर कांग्रेस कार्यसमिति बैठकमा नजाने

नेकपाका केन्द्रीय सदस्यहरूको शपथ आज, परिचयपत्र लिन एक हजार बुझाउनुपर्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूलाई आज शपथ ग्रहण गराइने भएको छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो स...

तीन पुस्तादेखि टमाटरखेतीः विदेशको विकल्प बन्यो वीरेन्द्रको व्यवसाय

बाँके । “मेरा दुई छोराहरु सात लाख रुपैयाँ ऋण झिकेर विदेश गए । उनीहरुलाई त्यो ऋण तिर्न दुई वर्ष लाग्यो । मैले पनि सात लाख नै ऋण झिकेर टमाटरखेती गरेँ । ...

कांग्रेस विभाजन रोक्ने प्रयास- संस्थापन र शेखरले पनि बनाए वार्ता समिति, आजै निर्णायक छलफल हुँदै

काठमाडौँ । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनका क्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गठन गरेको वार्ता समितिसँग छलफल ...

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही । सर्वेन्द्र यादव शिक्षण पेसासँगै कृषिमा सम्लग्न हुँदै आएका छन् । उनी बिहान–साँझपख खेतबारीमा पसिना बगाउँदै कृषिमा समेत रमाउँदै आएका छन् । ...

रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

चितवन । चितवनको खैरहनीको खिचरा महोत्सवस्थलमा पुग्दा एउटा पर्खालले धेरै दर्शकलाई केही बेर रोक्छ। रङरेखाले सजिएको त्यो पर्खाल कुनै साधारण ‘वाल’ पेन्टिङ ...

कांग्रेस जोगाउने मध्यमार्गी प्रस्ताव: नीति गगन–विश्वप्रकाशको, नेतृत्व देउवानिकटको

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको ‘नीति’ र सभापति शेरबहादुर देउवाको समर्थनसमेतको ...

झापा–५ मा बालेन्द्र शाहको सम्भावित उम्मेदवारीबारे स्थानीय युवा नेताहरू के भन्छन् ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेद...

विशेष महाधिवेशन पक्षधरले अडान नछाडेपछि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

 काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बोलाइएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः०० बजे बस्ने बैठकमा पार्टीक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending