Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

सौरभ चौधरीको नयाँ फिल्म 'कर्मा' को घोषणा

खबरडबली संवाददाता

काठमाडौं । गतवर्षको फागुन १८ गते प्रदर्शनमा आएको फिल्म ‘अगस्त्य : च्याप्टर–१’लाई निर्देशन गरेर तारिफ कमाएका निर्देशक सौरभ चौधरीले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । 

फिल्मको नाम ‘कर्मा’ राखिएको छ । बिहिबार फिल्म थिम पोस्ट सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो । सार्वजनिक थिम पोस्ट हेर्दा युद्ध लड्न हिँडेका सौनिहरु देख्न सकिन्छ । यस फिल्मलाई सौरभ चौधरीले निर्देशन गर्ने भएका छन् भने फिल्मको कथा पनि उनी स्वयंले लेखेका छन् । यो फिल्म एक्सन ड्रामा एडभेन्चर जनरामा निर्माण हुने बताइएको छ । 

निर्देशक चौधरीको तेस्रो प्रोजेक्ट हो । तीन वर्षअघि उनी निर्देशित ‘लभ डायरिज’ रिलिज भएको थियो । निर्देशक चौधरीले  फिल्मको टाइटल घोषणासँगै भने,'अहिलेसम्म जे जति फिडब्याक पाएको छु, राम्रै पाइरहेको छु । बजेटभित्र उत्कृष्ट काम निकाल्ने हाम्रो प्रयास हुन्छ । यो फिल्म एक्सन मात्रै होइन । एक्सन फिल्मको हिस्सा हो तर फिल्मको बलियो भनेको यसको स्क्रिप्ट हो । यसको पटकथा कसिलो छ ।'

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने फिल्ममा बसन्त लम्सालले लगानी गर्नेछन् । फिल्मको कथावस्तु र कलाकारबारे निर्माणपक्षले अहिले जानकारी दिएको छैन । कलाकार अनुबन्ध गर्ने क्रम जारी नै रहेकाले पछि जानकारी गराउने निर्देशक चौधरीले जानकारी दिए । सौरभले ‘अगस्त्य : च्याप्टर–१’ बाट मेकिङमा गरेको मेहनतको तारिफ भएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरामा ‘टुर द पोखरा–०८२’ सम्पन्न

पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...

उदयपुरमा बेवारिसे अवस्थामा २०५ केजी भन्दाबढी गाँजा बरामद

उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ।  गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...

उदयपुरमा खुकुरी प्रहार गरी भाइकाे हत्या गर्ने दाइ पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...

एमालेमा ओलीविरुद्ध पाेखरेल पक्ष सशक्त बन्दै

काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...

प्याराग्लाइडिङ दुर्घटनामा बङ्गलादेशी नागरिक घाइते

लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...

बाँकेमा शीतलहर सुरु, चिसाे बढ्याे

बाँके ।  बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...

इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु

अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...

समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन दिइँदैन : मुख्यमन्त्री पाण्डे

म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...

मानविय र आर्थिक पुनर्निर्माणमा श्रीलङ्कालाई आईएमएफको सहायता

कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...

जापान र एसियाली राष्ट्रबीच आर्थिक सहकार्य विस्तार

टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending