पोखरा । कवि शिबु ढकालको कविता सङ्ग्रह ‘हिउँका गुच्छाहरू’ शनिवार पोखरामा लोकार्पण गरिएको छ ।
गीतकार प्रतिष्ठान, नेपालद्वारा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृतिको लोकार्पण गरे । सरुभक्तले शिबु ढकालका कविताले दर्शन बोकेका धारणा राखे । उनले कविले आफू जस्तो परिवेशमा हुर्कियो त्यस्तै भाव कवितामा प्रस्तुत गर्ने धारणा राखे । समालोचकहरूले आफ्ना दृष्टिकोण जसरी राखे पनि लेखनमा निरन्तर लाग्नुपर्नेमा उनको जोड थियो ।
कृतिको समीक्षा गर्दै डा. बाबुराम अधिकारीले शिबुका कवितामा नेपाली समाजको सग्लो चित्र उतारिएको विचार राखे । उनले कवितामा आएका चिन्तन परिपक्व रहेको भन्दै ढकालको लेखनले केही मात्रामा बौद्धिक पाठकको अपेक्षा गर्ने टिप्पणी गरे ।
कवि शिबु ढकालले आफूले जीवनमा देखेभोगेका कुरालाई कवितामा उतारेको धारणा राखे । ढकालको यसअघि ‘क्वेस्ट फर भर्जिनिटी’ नामक अङ्ग्रेजी उपन्यास प्रकाशित छ ।
गीतकार प्रतिष्ठानका उपाध्यक्ष अनुराग अधिकारीको अध्यक्षता तथा सचिव रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यक्रममा मिलन तिमिल्सिनाले स्रष्टा परिचय र शिवलाल उपाध्यायले शुभकामना मन्तव्य दिएका थिए ।
जम्मा ६१ ओटा कविता सङ्गृहीत कृतिको प्रकाशन पेज टर्नर प्रा. लि. ले गरेका हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ११ गते, २०८२ - ०६:४१
हेटौँडा । हेटौँडालाई काठमाडौँसँग जोड्ने कान्ति लोकपथ अवरुद्ध भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ८, बगुवास्थित कान्तिलोकपथ सडक खण्डमा रहे...
जेष्ठ ११ गते, २०८२ - ०६:२१
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको ...
जेष्ठ ११ गते, २०८२ - ०६:१८
आजको राशिफल बि.सं २०८२ जेठ १० गते शुक्रबार, ई.सं २०२५ मे २४, नेपाल सम्बत ११४५ बछलाग द्वादशी, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल द्...
जेष्ठ १० गते, २०८२ - २१:१७
काठमाडौं । सर्वोच्च अदालतले सामाजिक सञ्जालमा न्यायाधीशहरुका विरुद्ध अशोभनीय टिप्पणी नगर्न चेतावनी दिएको छ । आज रास्वपा सभापति रवि लामिछानेलाई थुनामै र...
जेष्ठ १० गते, २०८२ - २१:१५
काठमाडौं । नेपाल प्रहरीका २९४ जना प्रहरी वरिष्ठ हवलदारलाई प्रहरी सहायक निरीक्षक (असई) पदमा बढुवा सिफारिस गरिएको छ। शुक्रवार बसेको बढुवा समितिको बैठ...
जेष्ठ १० गते, २०८२ - २०:५५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने थुनामुक्त नहुने भएका छन् । सर्वोच्च अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत ब...
जेष्ठ १० गते, २०८२ - १६:३०
काठमाडौं । राजसंस्थाको पुनर्स्थापनाका लागि जेठ १५ देखि सुरु हुन गइरहेको संयुक्त जनआन्दोलनमा सरकारले धरपकड गर्न सक्ने भन्दै राजावादी समूहले राष्ट्रिय म...
जेष्ठ १० गते, २०८२ - १६:२३
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकार बेठीक बाटोमा गइरहेको बताएका छन् । जागरण अभियानअन्तर्गत बा...
जेष्ठ १० गते, २०८२ - १६:१३
काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका–६ तिलागाँउमा नेपाल प्रहरीको उद्दार टोली पुगेको छ । गत जेठ १ गते नजिकै रहेको सुखाङ लुग्वा खोलामा गाउँ देखी म...
जेष्ठ १० गते, २०८२ - १६:१०
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले विद्युत सेवा वितरणमा लापरवाही र हेलचक्र्याइँ सह्य नहुने भन्दै सुरक्षा नीतिलाई सबैभन्दा उच्च ...
प्रतिकृया लेख्नुहोस्: