काठमाडौँ । भेनेजुएलामा भएको राष्ट्रपतीय निर्वाचनमा निकोलस मादुरो फेरि सत्तामा फर्किएका छन् र उनी लगातार तेस्रो पटक भेनेजुएलाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । तर, विपक्षीले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै नतिजामाथि प्रश्न उठाएका छन् ।
भेनेजुएलामा राष्ट्रपतीय निर्वाचनका लागि आइतबार मतदान भएको थियो । यस निर्वाचनमा करिब दुई करोड मतदाताले मतदान गरेका थिए ।
भेनेजुएलाको निर्वाचन आयोग, नेशनल इलेक्टोरल काउन्सिलका प्रमुख एल्विस अमोरोसोले निकोलस मादुरोले ५१ प्रतिशत मत प्राप्त गरेको घोषणा गरेका थिए । जबकि विपक्षी नेता एडमन्डो गोन्जालेजले ४४ प्रतिशत मत पाएका छन् ।
आफ्नो जितका लागि ढुक्क रहेका विपक्षी नेताहरुले जितको दाबी गर्दै सामाजिक सञ्जालमा जितको खुसी मनाउन थालेका थिए । एक्जिट पोलको नतिजाले पनि गोन्जालेजलाई ठूलो मतान्तरले जितेको देखाएको थियो तर, नतिजा आएसँगै विपक्षीहरु अचम्ममा परेका छन् । विपक्षीहरुले चुनावमा धाँधली भएको आरोप लगाएका छन् ।
वर्तमान राष्ट्रपति निकोलस मादुरोले यस चुनावमा संयुक्त विपक्षीबाट कडा चुनौती सामना गर्नुपरेको थियो । विपक्षी दलले चुनावी प्रचारका क्रममा विगत एक दशकदेखि चलिरहेको आर्थिक संकट समाधान गर्ने प्रतिबद्धता जनाएका थिए । भेनेजुएलामा आर्थिक संकटका कारण करिब ७० लाख मानिस देश छोडेर अन्य देशमा बसोबास गरेका छन् । ७४ वर्षीय एडमन्डो गोन्जालेज युरेसियाको नेतृत्वमा रहेको विपक्षीले मदुरोविरुद्ध चुनाव लडेका थिए । तर, उनले विगत ११ वर्षदेखि सत्तामा रहेका निकोलस मदुरोलाई सत्ताबाट हटाउन भने सकेनन् ।
भेनेजुएलामा राष्ट्रपतीय निर्वाचनमा विजय हासिल गरेपछि आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै मादुरोले भने, 'परिणामपछि विपक्षीहरूले फेरि चुनावी धाँधलीको नारा लगाउन थालेका छन् । हामीले यो फिल्म धेरै पटक हेरेका छौं ।'
मादुरोले अगाडी भने, ‘म २० वर्षअघि राजनीतिमा आएको थिएँ, त्यतिबेला तपाईंहरूमध्ये धेरैको जन्म पनि भएको थिएन र त्यसबेलादेखि उनीहरूले मलाई चुनावी नतिजामा धाँधली गरेको आरोप लगाउँदै आएका छन् । तिनीहरू (विपक्षीहरू) सबै खराब अनुहार भएका मानिसहरू हुन् र यहाँ भएका तपाईंहरू (समर्थकहरू) बुद्धिमान् र अद्भुत मानिसहरू हुनुहुन्छ ।
अमेरिकी सरकारले भेनेजुएलाको चुनावी नतिजाप्रति चिन्ता व्यक्त गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भेनेजुएलाको चुनावी नतिजालाई लिएर अमेरिका चिन्तित रहेको बताएका छन् । ब्लिन्केनले भने, 'परिणाममा निकोलस मादुरोलाई विजयी घोषणा गरिएको छ, तर यी निर्वाचन परिणामहरू सही नभएकोमा हामी चिन्तित छौं। घोषित निर्वाचन परिणामले भेनेजुएलाका जनताको इच्छालाई प्रतिबिम्बित गर्दैन ।'
भेनेजुएलामा विपक्षीले चुनावी नतिजामा धाँधली भएको गम्भीर आरोप लगाएका छन् । एक्जिट पोलको नतिजामा विपक्षी दलले बहुमत ल्याउने दाबी गरेपछि विपक्षी नेता र उनका समर्थकले जितको खुसी मनाउन थाले पनि अहिले चुनावी नतिजा आएपछि उनीहरुलाई ठूलो झट्का लागेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २ गते, २०८३ - १२:०८
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ। साथै व्यवसायी सिद्धार्थ थापा पनि सादा पोश...
आषाढ़ २ गते, २०८३ - ११:५४
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन सयले बढेको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु २५ ले घटेको छ । सोमबार प्रतितोला रु दुई लाख ९८...
आषाढ़ २ गते, २०८३ - ११:४२
काठमाडौं । बैंकिङ कसुर तथा ठगीको आरोपमा पक्राउ परेका चर्चित सेफ सन्तोष साह साधारण तारेखमा रिहा भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी ...
आषाढ़ २ गते, २०८३ - ११:३२
बारा । बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय सोभालाल चौधरी रहेका छन् ।...
आषाढ़ २ गते, २०८३ - ११:१५
काठमाडौँ । चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन ९सिपिपिसिसी०को राष्ट्रिय समितिका अध्यक...
आषाढ़ २ गते, २०८३ - ११:०२
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कर्णाली प्रदेश अधिवेशनमा प्यानलगत रूपमा मत मागिएको नमूना मतपत्र वितरण भएपछि सभापति पदका प्रतिस्पर्धी ...
आषाढ़ २ गते, २०८३ - १०:३१
मुस्ताङ । मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बिवाइडी कम्पनीको चाइनिज विद्युतीय सवारी साधनलाई फुकुवा गरिएको छ । सशस्त्र प्रहरी ...
आषाढ़ २ गते, २०८३ - १०:१५
अर्घाखाँची। अर्घाखाँचीका सामुदायिक वनले काठदाउरा बिक्रीबाट हुने आम्दानीलाई विकासनिर्माण, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना र सामाजिक सेवामा लगानी गर्दै...
आषाढ़ १ गते, २०८३ - १७:४०
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेटमा करका दर हेरफेर गरिएको विषयमा उठेका विवादप्रति प्रतिक्रिया दिँदै विगतका अर्थमन्त्रीहरूले समेत यस्ता ...
आषाढ़ १ गते, २०८३ - १७:३२
काठमाडौँ । सरकारले भारतसँगको सरकार–देखि–सरकार (जीटूजी) सम्झौताअन्तर्गत पहिलो चरणमा ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने प्रक्रिया अन्तिम चरणमा पु...



प्रतिकृया लेख्नुहोस्: