ताप्लेजुङ । आउँदो भदौ ३ देखि १० गतेसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको पुरस्कार राशी वृद्धि गरिएको छ । सदरमुकाम फुङ्लिङमा आयोजना हुने ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशी यसवर्ष वृद्धि गरिएको हो ।
प्रतियोगिता आयोजक लाखेजात्रा सञ्चालन समितिले मङ्गलबार पत्रकार सम्मेलन गर्दै यसवर्षदेखि पुरस्कार राशी वृद्धि गरिएको जनाएको छ । पुरस्कार राशी वृद्धि गरिएपछि यसवर्ष गोल्डकप विजेताले पाँच लाख ५५५ रुपियाँ नगद पाउने छ । यस्तै उपविजेताले दुई लाख ५० हजार ५५५ रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिए ।
अध्यक्ष गुरुङका अनुसार यसअघि प्रथम पुरस्कार राशी तीन लाख ११ हजार १११ रुपियाँ रहेको थियो भने द्वितीय पुरस्कार एक लाख ११ हजार १११ रुपियाँ रहेको थियो । त्यस्तै यसवर्षदेखि विधागतअन्तर्गत प्रतियोगिता सर्वाेत्कृष्ट हुने खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट फरवार्ड, उत्कृष्ट गोलरक्षक, उदयीमान लगायतलाई पनि विगतमाभन्दा बढी पुरस्कार राशी प्रदान गर्ने निर्णय भएको समितिले जानकारी दिएको छ ।
यता यसवर्षको प्रतियोगितामा स्थानीय सङ्घर्ष स्पोर्टिङ क्लब उकालीपानी, वाईवाई पाँचथर फुटबल क्लब, सगरमाथा स्पोर्टिङ क्बल मोरङले सहभागिता जनाउने भएका छन् । यसैगरी सलहेश युथ क्बल सिराहा, त्रिभुवन आर्मी क्लब काठमाडौं, बुटवल लुम्बिनी एफसी र झापा–११ सहित आठ टोलीले प्रतियोगितामा सहभागिता जनाउने निश्चित भएको पनि समितिले जनाएको छ । समितिका अनुसार भारतको एक टोली सहभागी हुने छ ।
विक्रम सम्बत् २०२९ सालदेखि प्रत्येक वर्ष लाखेजात्रा पर्वको असवरमा प्रतियोगिता सञ्चालन गरिँदै आएको छ । कञ्चनजङ्घा च्यालेन्ज कप, पाथीभरा गोल्डकप, हाल ताप्लेजुङ गोल्डकपसहित विभिन्न नाममा सञ्चालन हुँदै आएको प्रतियोगिता कोरोना महामारी (कोभिड–१९) को समयमा भने तीन वर्षसम्म सञ्चालन हुन सकेको थिएन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: