Khabar Dabali १८ फाल्गुन २०८२ सोमबार | 2nd March, 2026 Mon
Investment bank

ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशी यसवर्ष वृद्धि

खबरडबली संवाददाता

ताप्लेजुङ । आउँदो भदौ ३ देखि १० गतेसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको पुरस्कार राशी वृद्धि गरिएको छ । सदरमुकाम फुङ्लिङमा आयोजना हुने ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशी यसवर्ष वृद्धि गरिएको हो ।

प्रतियोगिता आयोजक लाखेजात्रा सञ्चालन समितिले मङ्गलबार पत्रकार सम्मेलन गर्दै यसवर्षदेखि पुरस्कार राशी वृद्धि गरिएको जनाएको छ । पुरस्कार राशी वृद्धि गरिएपछि यसवर्ष गोल्डकप विजेताले पाँच लाख ५५५ रुपियाँ नगद पाउने छ । यस्तै उपविजेताले दुई लाख ५० हजार ५५५ रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिए  । 

अध्यक्ष गुरुङका अनुसार यसअघि प्रथम पुरस्कार राशी तीन लाख ११ हजार १११ रुपियाँ रहेको थियो भने द्वितीय पुरस्कार एक लाख ११ हजार १११ रुपियाँ रहेको थियो । त्यस्तै यसवर्षदेखि विधागतअन्तर्गत प्रतियोगिता सर्वाेत्कृष्ट हुने खेलाडी, सर्वाधिक गोलकर्ता,  उत्कृष्ट फरवार्ड,  उत्कृष्ट गोलरक्षक,  उदयीमान लगायतलाई पनि विगतमाभन्दा बढी पुरस्कार राशी प्रदान गर्ने निर्णय भएको समितिले जानकारी दिएको छ ।

यता यसवर्षको प्रतियोगितामा स्थानीय सङ्घर्ष स्पोर्टिङ क्लब उकालीपानी, वाईवाई पाँचथर फुटबल क्लब, सगरमाथा स्पोर्टिङ क्बल मोरङले सहभागिता जनाउने भएका छन् । यसैगरी सलहेश युथ क्बल सिराहा, त्रिभुवन आर्मी क्लब काठमाडौं,  बुटवल लुम्बिनी एफसी र झापा–११ सहित आठ टोलीले प्रतियोगितामा सहभागिता जनाउने निश्चित भएको पनि समितिले जनाएको छ । समितिका अनुसार भारतको एक टोली सहभागी हुने छ ।

विक्रम सम्बत् २०२९ सालदेखि प्रत्येक वर्ष लाखेजात्रा पर्वको असवरमा प्रतियोगिता सञ्चालन गरिँदै आएको छ । कञ्चनजङ्घा च्यालेन्ज कप, पाथीभरा गोल्डकप, हाल ताप्लेजुङ गोल्डकपसहित विभिन्न नाममा सञ्चालन हुँदै आएको प्रतियोगिता कोरोना महामारी (कोभिड–१९) को समयमा भने तीन वर्षसम्म सञ्चालन हुन सकेको थिएन । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE