Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

पुष्पलाल नेपाली राजनीतिका इमानदार र स्वप्नशील नेता हुन् : राष्ट्रपति

खबरडबली संवाददाता

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न पुष्पलालको ठुलो योगदान रहेको बताएको छन् । पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले पुष्पलाल नेपाली राजनीतिका एक मूर्धन्य, प्रतिभाशाली, इमानदार र स्वप्नशील नेता भएको धारणा राखे ।

उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको स्मरण गर्दै भने, ‘‘पुष्पलाल हिंसाबाट नभई लोकतान्त्रिक प्रक्रियाबाट नै समाजका अन्तरविरोध र सङ्कटहरू समाधान हुनसक्छन् भन्ने ठान्नु आफैँमा त्यो समयको कम्युनिष्ट आन्दोलनका लागि महत्त्वपूर्ण प्रस्ताव थियो र त्यसले नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न एउटा महत्त्वपूर्ण वैचारिक मार्ग प्रशस्त गर्यो । यसका लागि पुष्पलालको ठुलो योगदान छ भन्ने मलाई लाग्छ ।’’

राष्ट्रपति पौडेलले नेता मदन भण्डारीले पुष्पलालको लोकतान्त्रिक प्रक्रियामा रुपान्तरणको त्यही सूत्र समातेको बताए ।

राष्ट्रपति पौडेलले पुष्पलालले नेपाली समाजको आर्थिक ढाँचा, वर्ग विश्लेषण, उत्पादन प्रणाली र उत्पादन सम्बन्धको गहिरो विश्लेषण र समाजका अन्तरविरोधहरूलाई सुविचारित ढङ्गले अभिलेखन गर्न पनि योगदान गर्नुभएको पनि बताए । उनले पुष्पलाल असल नेता, लेखक र चिन्तक भएको स्मरण गर्नुभयो ।

राष्ट्रपति पौडेलले देशमा लोकतन्त्र स्थापना गर्नका लागि पञ्चायतइतरका शक्तिहरू मिलेर सङ्घर्ष गर्नपर्छ भन्ने पुष्पलालको विचारका कारण २०४६ सालमा कांग्रेस र बाम मोर्चा मिलेर बहुदलीय प्रजातन्त्र पुनःस्थापना सम्भव भएको उल्लेख गरे।

उनले पुष्पलालसँग बनारसमा भेटेको स्मरण गर्दै भने, ‘‘पुष्पलाल पञ्चायतका विरुद्धमा सङ्घर्ष गरिरहेका कांग्रेस र कम्युनिष्टका कार्यकर्तालाई समान स्नेह गर्थे । हामी वीपीलाई भेट्न बनारस जाँदा पुष्पलाललाई भेट्न गएका थियौं । आन्दोलनका बारेमा कुराकानी भयो । काठमाडौँमा कोसँग सम्पर्क गर्ने भन्दा हिरण्यलाल श्रेष्ठसँग गर्नु भने । माइला दाइले भनेको है भनेर पनि भने ।’’

उनले अग्रज नेताहरूको सङ्घर्ष, त्याग र नेपाली जनताको ठुलो बलिदानबाट आज हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको बताए । उनले नेपालको संविधानले वास्तविक रुपमा नेपाली जनतालाई मालिक बनाएको स्पष्ट पारे ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको...

हात्तीको आक्रमणबाट घाइते वृद्धाको मृत्यु

सप्तरी। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सप्तरीको कञ्चनरुप नगरपालिका १२ धरमपुरकी एक बृद्वाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६९ वर्षीय खड्गम...

सहसचिव झलकराम अधिकारीविरुद्ध ७० लाख रुपैंया घुस लिएको आरोपमा मुद्दा

काठमाडौँ । घुस लिएको आरोपमा सहसचिव झलकराम अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार अधिक...

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अव...

नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले ब...

एमालेले समानुपातिकका १६ उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझायो (नामसहित)

काठमाडौँ । नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम निर्वाचन आयोग मा बुझाएको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फबाट...

कांग्रेसले समानुपातिकका २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा रहेका २० जनाको नाम निर्वाचन आयोग मा बुझाउने निर्णय गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेक...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरअघिदेखि बैठक जारी रहेको छ। मन्त्...

यी हुन् राप्रपाको समानुपातिक ४ जना सांसद

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बन्ने चार जनाको नाम टुंगो लगाएको छ। आइतबार पार्टीको केन्द्...

मध्यपूर्व युद्धमा नयाँ उथलपुथल

पेरिस। मध्यपूर्व युद्धले यसै साता क्षेत्रमा नयाँ उथलपुथल ल्याएको छ । इजरायली सेनाले पश्चिमी इरानमा व्यापक आक्रमण सुरु गरेसँगै यसले अमेरिका-इजरायल युद्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: