काठमाडौं । फौजदारी कसूरमा दोषी ठहर भएर राष्ट्रपतिबाट माफी पाएका व्यक्तिलाई राज्यमन्त्री बनाइएको छ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरूणकुमार चौधरी शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनाइएको हो ।
उनी ट्रयाक्टरमा पेट्रोल छर्केर जलाएको आरोपमा अदालतबाट दोषी ठहर भएका थिए । जिल्ला अदालत, कैलालीले उनलाई ६ महीना कैद र आठ लाख १९ हजार रूपैयाँ जरिवानाको फैसला गरेको थियो।
२०६९ भदौ ३ गते चौधरी सहित तीन जनाको समूहले कैलालीको चिसापानीबाट लम्कीतर्फ गईरहेको ट्रयाक्टरमा आगजानी गरेको थियो । प्रहरीले अनुसन्धानका क्रममा पक्राउ गरी हाजिर जमानीमा छोडेरफरार अभियुक्तको हैसियतमा अदालतमा मुद्दा दर्ता गरेको थियो । मुद्दा सुनुवाइका क्रममा अदालतले उपस्थिति हुन सूचना जारी गरे पनि हाजिर नभई म्याद गुजारेका थिए।
त्यसपछि अदालतले कानूनी रक्षाका लागि नआएको भन्दै कसूर स्विकारेको व्याख्यासहित दोषी ठहर गरेको थियो । २०७० वैशाखमा चौधरीलाई सजाय सुनाए पनि नौ वर्ष फरार नै रहेका थिए।
उनी २०७९ मंसीरमा भएको चुनावमा नाउपाबाट सांसद चुनिएका हुन् । सांसद बनेको दुई महीनापछि चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ विरूद्ध चौधरीले उच्च अदालत गुहारेका थिए।
जिल्ला अदालतले उपस्थितिका लागि म्याद जारी गर्दा रित नपुगेको भन्दै एउटा र गैरकानूनी थुनामा राखेको भन्दै अर्को निवेदन दिएका थिए । यी दुई मुद्दा विचाराधीन रहेकै वेला सरकारको सिफारिशमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ फागुनमा चौधरीको कैद मिनाहा गरेकी थिइन्।
सर्वोच्चका पूर्व न्यायाधीश प्रकाश वस्ती कैद मिनाहाको अर्थ कसूर नै नगरेको भन्ने नहुने बताउँछन् । कसूर भएको हो तर खाली त्यसवापत जेल बस्न नपर्ने सुविधा मात्रै राष्ट्रपतिले दिने वस्तीको भनाइ छ ।
निर्वाचन कानूनले भ्रष्टाचार, मानव बेचविखन तथा ओसारपसार, जबर्जस्ती करणी, लागूऔषध, सम्पति शुद्धीकरण, राहदानी दुरूपयोग, अपहरण र नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय पाएको व्यक्ति संसदीय चुनावमा उठ्न पाइँदैन । तर नैतिक पतन देखिने फौजदारी कसूरमा के के पर्छन् भन्ने परिभाषा नभएकाले फौजदारी कसूरमा सजाय पाएका व्यक्ति समेत सांसद, मन्त्री बन्ने गरेका छन्।
काठमाडौंको भृकुटीमण्डपको सार्वजनिक जग्गा भाडामा दिँदा अनियमितता भएको मुद्दामा विशेष अदालतले नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई दोषी ठह¥याएपछि उनको सांसद पद निलम्बनमा परेको थियो । पद निलम्बन विरूद्ध गुरूङले सर्वोच्चमा रिट हालेका थिए।
सर्वोच्चले गत चैत १६ मा भ्रष्टाचार नैतिक पतन देखिने फौजदारी कसूर नहुने विवादस्पद व्याख्या गर्दै निलम्बन फुकुवा गरेको थियो । यस विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्वोच्चमा पुनरावलोकन निवदेन दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: