काठमाडौं । फौजदारी कसूरमा दोषी ठहर भएर राष्ट्रपतिबाट माफी पाएका व्यक्तिलाई राज्यमन्त्री बनाइएको छ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरूणकुमार चौधरी शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनाइएको हो ।
उनी ट्रयाक्टरमा पेट्रोल छर्केर जलाएको आरोपमा अदालतबाट दोषी ठहर भएका थिए । जिल्ला अदालत, कैलालीले उनलाई ६ महीना कैद र आठ लाख १९ हजार रूपैयाँ जरिवानाको फैसला गरेको थियो।
२०६९ भदौ ३ गते चौधरी सहित तीन जनाको समूहले कैलालीको चिसापानीबाट लम्कीतर्फ गईरहेको ट्रयाक्टरमा आगजानी गरेको थियो । प्रहरीले अनुसन्धानका क्रममा पक्राउ गरी हाजिर जमानीमा छोडेरफरार अभियुक्तको हैसियतमा अदालतमा मुद्दा दर्ता गरेको थियो । मुद्दा सुनुवाइका क्रममा अदालतले उपस्थिति हुन सूचना जारी गरे पनि हाजिर नभई म्याद गुजारेका थिए।
त्यसपछि अदालतले कानूनी रक्षाका लागि नआएको भन्दै कसूर स्विकारेको व्याख्यासहित दोषी ठहर गरेको थियो । २०७० वैशाखमा चौधरीलाई सजाय सुनाए पनि नौ वर्ष फरार नै रहेका थिए।
उनी २०७९ मंसीरमा भएको चुनावमा नाउपाबाट सांसद चुनिएका हुन् । सांसद बनेको दुई महीनापछि चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ विरूद्ध चौधरीले उच्च अदालत गुहारेका थिए।
जिल्ला अदालतले उपस्थितिका लागि म्याद जारी गर्दा रित नपुगेको भन्दै एउटा र गैरकानूनी थुनामा राखेको भन्दै अर्को निवेदन दिएका थिए । यी दुई मुद्दा विचाराधीन रहेकै वेला सरकारको सिफारिशमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ फागुनमा चौधरीको कैद मिनाहा गरेकी थिइन्।
सर्वोच्चका पूर्व न्यायाधीश प्रकाश वस्ती कैद मिनाहाको अर्थ कसूर नै नगरेको भन्ने नहुने बताउँछन् । कसूर भएको हो तर खाली त्यसवापत जेल बस्न नपर्ने सुविधा मात्रै राष्ट्रपतिले दिने वस्तीको भनाइ छ ।
निर्वाचन कानूनले भ्रष्टाचार, मानव बेचविखन तथा ओसारपसार, जबर्जस्ती करणी, लागूऔषध, सम्पति शुद्धीकरण, राहदानी दुरूपयोग, अपहरण र नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय पाएको व्यक्ति संसदीय चुनावमा उठ्न पाइँदैन । तर नैतिक पतन देखिने फौजदारी कसूरमा के के पर्छन् भन्ने परिभाषा नभएकाले फौजदारी कसूरमा सजाय पाएका व्यक्ति समेत सांसद, मन्त्री बन्ने गरेका छन्।
काठमाडौंको भृकुटीमण्डपको सार्वजनिक जग्गा भाडामा दिँदा अनियमितता भएको मुद्दामा विशेष अदालतले नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई दोषी ठह¥याएपछि उनको सांसद पद निलम्बनमा परेको थियो । पद निलम्बन विरूद्ध गुरूङले सर्वोच्चमा रिट हालेका थिए।
सर्वोच्चले गत चैत १६ मा भ्रष्टाचार नैतिक पतन देखिने फौजदारी कसूर नहुने विवादस्पद व्याख्या गर्दै निलम्बन फुकुवा गरेको थियो । यस विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्वोच्चमा पुनरावलोकन निवदेन दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २ गते, २०८३ - ०७:३१
काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच खेल हुँदैछ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदा...
जेष्ठ २ गते, २०८३ - ०७:२५
काठमाडौं । एक समय यस्तो थियो, सहरका चोक–चोकमा ठडिएका होर्डिङ बोर्डमा विज्ञापन राख्न कम्पनीहरूबीच प्रतिस्पर्धा चल्थ्यो । कसको बोर्ड कहाँ देखिने भन्ने ह...
जेष्ठ २ गते, २०८३ - ०७:१८
काठमाडौं । नेपालका शक्तिशाली तर सधैँ छायाँमा रहने निकायमध्ये एक हो राष्ट्रिय अनुसन्धान विभाग । सरकार बदलिँदा यसको ‘बास’ पनि बदलिने पुरानो प्रवृत्ति फे...
जेष्ठ २ गते, २०८३ - ०७:०४
बाराको ३ नं पुलबाट चार दशक पुरानो अतिक्रमण हटाइयो, ‘सुकुमबासी’ दाबी कमजोर बारा । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाराको ३ नं पुल क्षेत्रमा च...
जेष्ठ २ गते, २०८३ - ०७:०१
सुुनसरी । श्रम संस्कृति पार्टी कोशी प्रदेश अध्यक्षमा प्रताप राई निर्वाचित भएका छन् ।सुनसरीकाे धरानमा भएको प्रदेश भेलाले खोटाङका राईलाई अध्यक्षमा निर्व...
जेष्ठ २ गते, २०८३ - ०६:५८
भक्तपुर । “पढ्ने रहरलाई उमेरले छेक्दैन” भन्ने भनाइ भक्तपुरकी ६० वर्षीया रमिनकुमारी राईले व्यवहारमै प्रमाणित गरेकी छन् । जीवनभर घरपरिवार, विवाह र छोराछ...
जेष्ठ २ गते, २०८३ - ०६:५३
काभ्रेपलाञ्चोक । वैशाख १२ र १३ गते परेको अविरल वर्षाले काभ्रेपलाञ्चोकका किसानलाई ठूलो आर्थिक मार परेको छ । प्रारम्भिक विवरणअनुसार पनौती नगरपालिका र बे...
जेष्ठ २ गते, २०८३ - ०६:४९
काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले गण्डकी, कर्णाली र सुदूरप...
जेष्ठ २ गते, २०८३ - ०६:४६
काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित जङ्गलमा बाख्रा चराउन गएका पाँच महिलालाई अज्ञात समूहले निर्घात कुटपिट गरी सुनका गरगहना लुटपाट गरेको ...
जेष्ठ २ गते, २०८३ - ०६:४२
काठमाडौँ । यस वर्षको मनसुनले देशभर ठूलो जनधनको क्षति पुर्याउन सक्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार...



प्रतिकृया लेख्नुहोस्: