Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

सौर्य एअरलाइन्सको दुर्घटनामा परेको विमानको ब्ल्याक बक्स किन पठाइयो सिङ्गापुर ?

खबरडबली संवाददाता

काठमाडौं । गत साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेबित्तिकै दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाजको 'ब्ल्याक बक्स' परीक्षणका लागि सिङ्गापुर लगिएको विवरण आएको छ।

अठार जनाको ज्यान जानेगरी भएको दुर्घटनापछि सरकारले गठन गरेको दुर्घटना जाँचबुझ आयोगका अध्यक्ष रतिशचन्द्र लाल सुमन आफैँ ब्ल्याक बक्स लिएर सिङ्गापुर पुगेका छन्।

लालले आफू सिङ्गापुरमा रहेको पुष्टि गरे पनि "अनुसन्धान जारी भएको विषयमा थप केही पनि बोल्न नमिल्ने" बताए। नेपालमा यसअघि भएका विमान दुर्घटनापछि ती विमानका ब्ल्याक बक्सलाई पनि परीक्षणका लागि विदेश लाने गरिएको थियो।

डेढ वर्षअघि ७२ जनाको ज्यान जानेगरी पोखरामा भएको यती एअरलाइन्सको विमानको ब्ल्याक बक्स पनि सिङ्गापुरमा पठाएर परीक्षण गरिएको थियो।

ब्लाक बक्समा हुने ककपिट भोइस रेकर्डर (सीभीआर) र फ्लाइट डेटा रेकर्डर (एफडीआर) अध्ययनका लागि त्यसलाई सिङ्गापुर पठाइको थियो।

यसपालि पनि सोही प्रयोजनका लागि सौर्य एअरलाइन्सको दुर्घटनामा परेको जहाजको ब्ल्याक बक्स सिङ्गापुर लगिएको बताइएको छ।

ब्ल्याक बक्स के हो ?

ब्ल्याक बक्स विमानको पछिल्लो भागमा रहने विद्युतीय उपकरण हो। विमान दुर्घटनाका घटनामा यो उपकरण निकै महत्त्वपूर्ण हुन्छ। ब्ल्याक बक्स वास्तवमा कालो रङ्गको चाहिँ हुँदैन। यस्तो उपकरण गाढा सुन्तला रङ्गको हुन्छ।

विमान दुर्घटना भएको ठाउँमा भेट्न सहज होस् भनेर यस्तो रङ्गमा ब्ल्याक बक्स बनाइएको हुन्छ।

हाल सौर्य एअरलाइन्सको जहाज दुर्घटना छानबिन आयोगका अध्यक्ष रहेका एरोनटिकल इन्जिनियर रतीशचन्द्र लाल सुमनले डेढ वर्षअघि यती एअरलाइन्सको जहाज दुर्घटनालगत्तै ब्ल्याक बक्सलाई किन जहाजको पछिल्लो भागमा राखिन्छ भन्नेबारे बताएका थिए।

त्यसबेला उनले भनेका थिए, “दुर्घटना हुँदा कम क्षति हुने भाग भएकाले यसलाई विमानको पछिल्लो भागमा राखिएको हुन्छ।” जानकारहरूका अनुसार प्रायः ब्ल्याक बक्समा दुईवटा भाग हुन्छन्। तर सबै विमानमा यी दुवै भाग नहुन पनि सक्छन्।

उच्च तापक्रम र पानीमुनिको गहिरो सतहमा पनि यसभित्रका डेटा नष्ट नहुनेगरी ब्ल्याक बक्स बनाइएको प्राविधिकहरू बताउँछन्।

फ्लाइट डेटा रेकर्डरले प्राविधिक पक्षको रेकर्ड राख्छ। त्यसमा विमानका हरेक उपकरणको अवस्था, उचाइ, दिशा, तापक्रम, गति, इन्धनको मात्रा, अटो-पाइलटको अवस्था लगायतका विवरणहरूको अभिलेख रहन्छ। तर कतिपय साना विमानमा यो नहुने प्राविधिकहरूको भनाइ छ।

प्राविधिकहरूका अनुसार ककपिट भोइस रेकर्डरमा सामान्यतया २५ घण्टाको रेकर्डिङ अवधि हुन्छ। यो उपकरणमा चार वटा च्यानल हुन्छन् र चार स्थानका आवाजको रेकर्ड राखेको हुन्छ।

यसमा पाइलटको, कटपिटको, टावरसँग हुने सञ्चारको र प्यासेन्जर अनाउन्समेन्टको रेकर्ड हुने गर्छ। दुर्घटना अनुसन्धानको क्रममा यस्तो उपकरणमा सङ्ग्रह भएको आवाज नै अनुसन्धानकर्ताहरूले सुनेर विश्लेषण गर्छन्।

किन लगियो सिङ्गापुर ? 

सौर्य एअरलाइन्सको ब्ल्याक बक्सलाई सिङ्गापुर किन लैजानु पर्‍यो भन्नेबारे सरकारी अधिकारीहरू तथा आयोगका पदाधिकारीले "अनुसन्धानको क्रममा रहेको विषयमा थप कुराकानी नगर्ने" बताए।

तर बीबीसीसँग कुरा गरेका डेढ वर्षअघि पोखरामा भएको यती एअरलाइन्सको जहाज दुर्घटना जाँचबुझ आयोगका अध्यक्ष तथा एकजना उड्डययन प्राविधिकले ब्ल्याक बक्स जाँचका लागि विदेश पठाउनु पर्ने कारणहरू खुलाएका छन्।

यती एअरलाइन्स दुर्घटना जाँचबुझ आयोगका अध्यक्ष नगेद्रप्रसाद घिमिरेका अनुसार ककपिट भोइस रेकर्डर नेपालमा पनि सुन्न सकिने अवस्था छ। विमान सेवा सञ्चालकहरूले आफैँले आफ्ना पाइलटहरूको अनुगमनका लागि पनि त्यो राखेका छन्।

"तर त्यसलाई खोलिसकेपछि कुनै कारणले डेटा उड्यो वा रिकभर गर्नु पर्‍यो भने त्यसलाई 'रिट्रिभ' गर्ने विश्वसनीय क्षमता र सुविधासम्पन्न प्रयोगशाला हामीकहाँ छैन," उनले भने।

उनका भनाइमा बाहिर पठाउनु पर्ने अर्को कारण भनेको नेपालमा हवाई सुरक्षासम्बन्धी छुट्टै स्वायत्त निकाय र प्रयोगशाला नहुनु पनि हो। "त्यस्तो निकाय नहुँदा यहाँ कुनै विमान सेवा सञ्चालक वा अन्यत्र गर्दा स्वार्थको द्वन्द्वसम्बन्धी प्रश्न उठ्न सक्छ," उनी भन्छन्।

"यो एकदमै महत्वपूर्ण कुरा हो। सीभीआर र एफडीआर अनुसन्धान सफलतापूर्वक गर्नका लागि सहयोग पुगोस् भनेर नै राखिएको हो। जहाज बनाउनेले पनि त्यो भनेरै राखेको हो।"

अर्को कारण भनेको प्राय: हवाई तथा उड्डययनसम्बन्धी अन्तर्राष्ट्रिय निकायहरूले पनि तेस्रो पक्षबाट फ्लाइट डेटा रेकर्डर र ककपिट भोइस रेकर्डरको परीक्षण होस् भन्ने मान्यता राख्ने गरेको जानकारहरूको भनाइ छ।

नेपाल वायुसेवा निगमको इन्जिनियरिङ मेन्टेनेन्स विभागका प्रबन्धक देवेन्द्र पुन भन्छन्, "थर्ड पार्टी (तेस्रो पक्ष)बाट परीक्षण गर्नु भन्नेमै आईकाओ र आईटाजस्ता संस्थाको पनि जोड हुन्छ।"

त्यसले गर्दा पनि ब्ल्याक बक्सलाई नेपालमा परीक्षण गर्नुको साटो सिङ्गापुर लगिएको जानकारहरू बताउँछन्। सिङ्गापुरमा चाहिँ त्यहाँको ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेशन ब्यूरोमा लगेर ब्ल्याक बक्सको जाँच गराइने गरेको उनीहरू बताउँछन्।

नेपालका उड्डययन अधिकारीहरूले दिएको जानकारीअनुसार सौर्य एअरलाइन्सको जहाजको ब्ल्याक बक्सलाई सिङ्गापुर लैजानुको अर्को कारण भनेको नेपालको उड्डयन नियामक र सिङ्गापुरको हवाई सुरक्षा अनुसन्धानसम्बन्धी निकायबीच सहकार्य गर्ने समझदारी हुनु पनि हो।

त्यसले गर्दा पनि नेपालबाट प्राय: सिङ्गापुरमा जाँचका लागि ब्ल्याक बक्स पठाइने गरेको उनीहरू बताउँछन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भदौ २४ गतेको घटनामा ९३३ वटा मुद्दा दर्ता- १९१ जना थुनामा, ओली र लेखकको बयानको तयारी

जाँचबुझ आयोगले भदौ २४ गतेको घटनाबारे के सिफारिस गरेको छ ?

गाउँमा आएन डिपबोरिङमा पानी

दाङ । दाङको तुलसीपुरस्थित बबई लिफ्टिङ खानेपानीअन्तर्गत ६ डिपबोरिङ निर्माण गर्ने गरी योजना तयार गरिएको थियो । योजनाअनुसार तुलसीपुरको गोलौरा, सन्तनिरंका...

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

मकवानपुर । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका ...

समानान्तर गतिविधि थालेको देउवा-कोइराला समूह नयाँ पार्टी गठनको गृहकार्यमा छन् ?

काठमाडौं । शेरबहादुर देउवा र शेखर कोइराला समूहले पछिल्लो समय समानान्तर गतिविधि अघि बढाउँदै तीन मुख्य रणनीतिमा ध्यान केन्द्रित गरेको देखिएको छ। उनीहरू ...

एकताको संवाद थाल्ने तयारीमा देउवा–कोइराला पक्ष

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवादमा आइतबार अदालतबाट निर्णय नआए पार्टी एकताका लागि संवाद थाल्ने तयारीमा पूर्वसभापति श...

हवाई इन्धनको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक सय २४ ले बृद्धि गरि...

विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, स...

एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण ...

बागलुङ कालिकामा चैते दसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ । चैते दसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । ...

प्रधानन्यायाधीश राउत सेवानिवृत्त, सपना कायममुकायम

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएका छन् । उनलाई सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending