म्याग्दी । निर्माण व्यवसायीको लापरबाहीका कारण सडक कालोपत्रे भएको तीन महिना नहुँदै भत्किएको छ । जलजला गाउँपालिका ७ मिलन चोक–सल्यान–गुण्टेखेत–घायेखेत–धारापानी ठोटनेरी जोड्ने सडक योजना अन्तर्गत सल्यानको पहिराको टाकुरामा करिब पचास मिटर कालोपत्रे सडक भत्किएको हो ।
निर्माण व्यवसायीले सडक निर्माण गर्दा कमजोर संरचना बनाएकाले सडक कालोपत्रे भएको तीन महिना नहुँदै भत्किएको जलजला गाउँपालिका ७ का वडाध्यक्ष टुंगनाथ आचार्यले बताए । निर्माण व्यवसायी र सम्बन्धित निकायको लापरबाहीका कारण सडक बनेको छोटो समयमै भत्किएको उनको भनाई छ ।
कमजोर संरचना निर्माण गरेकाले बतासेमा,पहिराको टाकुरा लगायतका स्थानहरूमा गरेर करिब डेढ सय मिटर कालोपत्रे सडक भत्किएको उनले बताए ।
जग खनेर टेवा पर्खाल लगाउनुपर्नेमा पुरेको माटो माथि ग्यावियन झाली भरेर त्यसमाथि कालोपत्रे गरेकाले सडक भत्किएको वडाध्यक्ष आचार्यको भनाइ छ। जनप्रतिनिधि र स्थानीयवासीहरुले पटक–पटक दिएको सुझाव समेतलाई बेवास्ता गर्दा अहिले सडकको अवस्था बिग्रिएको उनले बताए ।
पूर्व मन्त्री तथा पर्वतबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पदम गिरी, जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्य, राजनीतिक दलका प्रतिनिधिहरू र स्थानीयवासीहरुले भत्किएको सडकको अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा पूर्व मन्त्री तथा सांसद गिरीले सडक निर्माण गर्दा व्यवसायी र योजना कार्यान्वयन गर्ने निकायको गम्भीर लापरबाही देखिएको बताए । उनले भने, ‘‘सडक निर्माण गर्दा भौगोलिक अवस्थाको अध्ययन गरेको पाइएन । निर्माण पक्ष र सरकारी निकायको गम्भीर लापरबाहीका कारण सरकारी बजेटको दुरुपयोग भएको देखियो ।’’ सडक निर्माण गर्दा भएको कमीकमजोरीलाई सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उनले बताए ।
मिलन चोकदेखि ठोड्नेरी जोड्ने १० किलोमिटर दूरीको सडक स्तरोन्नति र कालोपत्रे गर्न २०७६ मङ्सिर ६ गते २८ करोड १३ लाख रुपैयाँमा हिमदुङ एन्ड थोकर प्रा.लीले ठेक्का सम्झौता गरेको थियो । निर्माण व्यवसायीको ढिलासुस्ती र लापरबाहीका कारण यो योजना अलपत्र परेको थियो ।
गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय मार्फत सञ्चालित यो सडक २०७८ मङ्सिर ५ गते सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । गत आर्थिक वर्षमा पहिलो चरणमा मिलन चोक देखि सल्यान सम्म करिब ४ किलोमिटर सडक कालोपत्रे गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १ गते, २०८२ - ११:१३
काठमाडौं। निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक भित्रै प्रतिनिधि सभाको उपनिार्वाचन गर्ने तयारी गरेको छ। यहाँका निर्वाचित प्रतिनिध...
जेष्ठ १ गते, २०८२ - ११:१३
काठमाडौं। निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक भित्रै प्रतिनिधि सभाको उपनिार्वाचन गर्ने तयारी गरेको छ। यहाँका निर्वाचित प्रतिनिध...
जेष्ठ १ गते, २०८२ - ११:१०
काठमाडौ । वीर अस्पतालको सेवा सुधार गर्नका लागि भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कार्यदल गठन गरेका छन् । वरिष्ठ चिकित्सक डा. मदन उपा...
जेष्ठ १ गते, २०८२ - ११:१०
काठमाडौ । वीर अस्पतालको सेवा सुधार गर्नका लागि भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कार्यदल गठन गरेका छन् । वरिष्ठ चिकित्सक डा. मदन उपा...
जेष्ठ १ गते, २०८२ - १०:१४
रौतहटको चन्द्रपुर २ र ४ का अध्यक्षहरुको अमानवियताः एकल महिलामाथि ज्यादती
जेष्ठ १ गते, २०८२ - १०:११
काठमाडौं । प्रेस सेन्टर नेपालले जनयुद्धको क्रममा सहिद भएका र बेपत्ता पारिएका पत्रकाहरुको स्मृतिमा विशेष कोष बनाउन सरकारसँग माग गरेको छ । सञ्चार मन्त्र...
जेष्ठ १ गते, २०८२ - १०:०८
रौतहट । ललाइफकाइ विभिन्न प्रलोभन देखाएर नेपाली चेलीलाई भारतको राजधानी दिल्ली स्थित वेश्यालय पुर्याउन खोज्ने एक युवकलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले...
जेष्ठ १ गते, २०८२ - १०:०६
काठमाडौं । काठमाडौं महानगरपालिका–२४ स्थित मखन टोलमा आज बिहान भएको आगलागी नियन्त्रणमा आएको छ। काठमाडौं उपत्यकाका ६ वटा दमकलको सहयोगमा आगो करिब तीन घण्ट...
जेष्ठ १ गते, २०८२ - ०९:५६
गाजा । खान युनिसको एक युरोपेली अस्पतालमा गरिएको इजरायली हवाई आक्रमणमा कम्तीमा २८ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। यो जानकारी हमासद्वारा...
जेष्ठ १ गते, २०८२ - ०९:५०
काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाका २६ परिवारले ३५ वर्षपछि आफूले भोगचलन गर्दै आएको जमिनको प्रमाणपत्र प्राप्त गरेका छन्। साविक देवभूमि बालुवा गा...
प्रतिकृया लेख्नुहोस्: