Khabar Dabali १६ फाल्गुन २०८२ शनिबार | 28th February, 2026 Sat
Investment bank

मध्यपूर्वमा बढ्दो तनावका बीच जोर्डनका विदेशमन्त्रीको इरानमा वार्ता

खबरडबली संवाददाता

काठमाडौं । हमास प्रमुख इस्माइल हानियाको हत्यापछि इरान र इजरायलबीच तनाव बढ्ने आशङ्का बढ्दै गएपछि जोर्डनका विदेशमन्त्री अयमान सफादीले आइतबार इरानका अधिकारीहरूसँग वार्ता गरेका छन् । 

इरानका राष्ट्रपति मसुद पेजेसकियानको सपथ ग्रहण समारोहमा सहभागी भएका लडाकू समूह हमासका राजनीतिक प्रमुख हानियाको बुधबार बिहान तेहरानमा हत्या भएको थियो । इरान र तेहरानले समर्थन गरेको हमास लडाकूहरूले जवाफी कारबाही गर्ने वाचा गरेका छन् र हानियाको हत्याका लागि इजरायललाई दोष दिएका छन् । इजरायलले हत्याप्रति टिप्पणी गर्न अस्वीकार गरेको छ । 

सफादीले दुर्लभ भ्रमणका क्रममा तेहरानमा ओर्लिएपछि कार्यवाहक विदेशमन्त्री अली बघेरीसँग ‘भेटघाट र परामर्श’ गर्नुभएको आइएसएनए समाचार एजेन्सीले बताएको छ । यसअघि आधिकारिक समाचार एजेन्सी आइआरएनएले सफादीले तेहरानमा आफ्नो भ्रमणका क्रममा ‘क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दामा इरानी अधिकारीहरूसँग विचार आदान प्रदान गर्ने’ र बघेरीसँग भेटवार्ता गर्ने बताएको थियो । 

सफादीले ‘यस क्षेत्रको स्थिति र द्विपक्षीय सम्बन्ध’ मा इरानी राष्ट्रपतिलाई राजा अब्दुल्ला द्वितीयको सन्देश दिनुहुने जोर्डनको विदेश मन्त्रालयले बताएको छ । यसैबीच राजा अब्दुल्लालाई फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनको फोन आएको र फोनमा ‘यस क्षेत्रको खतरनाक स्थितिलाई समेटेको’ अम्मानमा शाही अदालतले बताएको छ । ‘राजाले व्यापक शान्तिमा पुग्न र द्वन्द्वको क्षेत्रीय विस्तार रोक्न थप अन्तर्राष्ट्रिय प्रयासहरू’ को अपिल गर्नुभएको एक विज्ञप्तिमा उल्लेख छ । 

हानियाको हत्यापछि इरानले जोर्डन, इजिप्ट, ओमान र कतारलगायत धेरै अरब मुलुकसँग वार्ता गरेको छ । तेहरानले बारम्बार इजरायलविरुद्ध कारबाही गर्ने आफ्नो ‘अन्तरनिहित अधिकार’ लाई दोहोर्याएको छ । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले आफ्नो मुलुक कुनै पनि परिदृश्यमा ‘रक्षात्मक र आक्रमण’ लागि तयारीको ‘धेरै उच्त स्तर’ मा रहेको बताए । 

हानियाको हत्या मङ्गलबार राति इजरायलद्वारा तेहरान समर्थित लेबनानी हिजबुल्लाह लडाकू समूहका वरिष्ठ कमान्डर फुआद शुक्रको हत्या भएको केही घन्टापछि हानियाको हत्या भएको थियो । शुक्रलाई इजरायलले आफ्नो कब्जामा रहेको गोलान हाइट्समा भएको घातक रकेट आक्रमणको दोषी ठहर गरेको थियो । इरानको रिभोल्युसनरी गार्डले उत्तरी तेहरानमा आफ्नै आवासबाहिर प्रहार गरिएको ‘छोटो दूरीको प्रोजेक्टाइल’ मार्फत हानियाको मृत्यु भएको जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE