काठमाडौं । ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्ष २०८०र८१ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७९र८० को तुलनामा १०.१ प्रतिशत घटेको छ ।
बैंकले गत आर्थिक वर्ष ६ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ६ अर्ब ६९ करोड रुपैयाँ थियो ।
बैंकको खुद ब्याज आम्दानी घट्नु र लोन लस प्रोभिजन ९इम्पेरिमेन्ट चार्ज० बढ्नुले नाफामा असर पारेको देखिन्छ । गत आर्थिक वर्ष बैंकको खुद ब्याज आम्दानी १६ अर्ब ६३ करोड छ । अघिल्लो पटक यस्तो आम्दानी १७ अर्ब १० करोड थियो । त्यस्तै लोन लस प्रोभिजनवापत ३ अर्ब ७४ करोड रुपैयाँ छुट्याएको छ ।
नाफा खस्किँदा प्रतिसेयर आम्दानी पनि खस्किएको छ । पहिले १८ रुपैयाँ ७१ पैसा रहेको प्रतिसेयर आम्दानी अहिले १६ रुपैयाँ ६५ पैसामा झरेको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब १० करोड रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा ३ रुपैयाँ ६ पैसा छ ।
बैंकले समयमै उठाउन नसकेको साँवा तथा ब्याज रकम (निष्क्रिय कर्जा) कुल कर्जामा ४.३७ प्रतिशत छ । यस्तो कर्जा पहिले ३.१५ प्रतिशत मात्रै थियो । बैंकको आधार दर ८.०९ प्रतिशत छ । सीडी रेसियो ७५.८७ प्रतिशतमा झरेको छ । निक्षेपका आधारमा बैंकसँग पर्याप्त लगानीयोग्य रकम रहेको देखिन्छ ।
बैंकको मुख्य बिजनेस (ऋण विस्तार) एक वर्षको अवधिमा ४.२ प्रतिशत बढेको छ । सोही अवधिमा निक्षेप संकलन भने १४ प्रतिशत बढेको छ । बैंकले कुल ४ खर्ब ८७ अर्ब निक्षेप संकलन गरी ३ खर्ब ६९ अर्ब कर्जा विस्तार गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २६ गते, २०८२ - २२:०३
काठमाडौं । नेपाल आयल निगम ले खाना पकाउने एलपी ग्यासको आयात पर्याप्त रहेको दाबी गर्दै बजारमा देखिएको अभाव आपूर्तिको कमी नभई बिक्रेताको अनियमितता र उपभो...
फाल्गुन २६ गते, २०८२ - २१:५८
रुपन्देही । रुकुम पश्चिम मा आफन्तको बिहे हेर्न गएका एकै परिवारका तीन किशोरीमध्ये दुई जना मृत अवस्थामा फेला परेका छन् भने एक जना अझै बेपत्ता रहेकी छन् ...
फाल्गुन २६ गते, २०८२ - २१:२८
काठमाडाैं । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामले कोशी प्रदेश को परम्परागत राजनीतिक समीकरण नै उल्टाइदिएको छ । वर्षौंदेखि प्रभाव जमाउँदै आएका ठूला ...
फाल्गुन २६ गते, २०८२ - २१:१०
काठमाडौं । वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । वरिष्ठ पत्रकार राजेन्द्र स्था...
फाल्गुन २६ गते, २०८२ - १९:२६
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोग का अनुसार मंगलबार अबेरसम्म मतगणना सकिने अनुमान छ । हा...
फाल्गुन २६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । जेनजी आ...
फाल्गुन २५ गते, २०८२ - २३:२४
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत संखुवासभा निर्वाचन क्षेत्र नं। १ बाट नेकपा (एमाले) का उम्मेदवार अर्जुन कुमार कार्की विजयी भएका छन् । कार्की...
फाल्गुन २५ गते, २०८२ - २२:२९
काठमाडौं । धनुषा–१ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मातृकाप्रसाद यादव विजयी घोषित भएका छन्। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरे...
फाल्गुन २५ गते, २०८२ - २१:४०
काठमाडौं । प्रतिनिधिसभातर्फ एउटै निर्वाचन क्षेत्र रहेको खोटाङ मा श्रम संस्कृति पार्टी ले प्रत्यक्षसँगै समानुपातिकतर्फ पनि अग्रता कायम गरेको छ। प्रत...
फाल्गुन २५ गते, २०८२ - २१:३७
काठमाडौँ । स्थानीय तहको कार्यकाल बाँकी छँदै प्रतिनिधिसभा यात्रा तय गर्ने आकांक्षासहित चुनावी मैदानमा उत्रिएका अधिकांश जनप्रतिनिधि असफल भएका छन्। पदबाट...



प्रतिकृया लेख्नुहोस्: