काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका कमलबहादुर शाहले आज पद तथा गोपनियताको शपथ लिँदैछन् । सोमबार दिउँसो साढे तीन बजे मुख्यमन्त्री शाहलाई शपथ खुवाउने गरी प्रदेश प्रमुखको कार्यालयले तयारी अगाडि बढाएको छ।
नेकपा एमालेको समर्थनमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम दोस्रो कार्यकालका लागि मुख्यमन्त्री नियुक्त शाहले सोमबार नै मन्त्रीमण्डल विस्तार गर्ने तयारी पनि गरेका छन् । सुदूरमा हाल मुख्यमन्त्रीसहित ७ मन्त्रालय रहेको छ । ७ मध्ये एमालेले तीन, कांग्रेसले २ र नागरिक उन्मुक्रि पार्टीले एक मन्त्रालय पाएका छन् ।
कांग्रेसले महामन्त्री मेघराज खड्का र बहादुरसिंह थापालाई मन्त्री बनाउने भएको छ भने नाउपाबाट लक्ष्मणकिशोर चौधरीले मन्त्रीको शपथ लिनेछन् ।
यता तीन मन्त्रालय पाएको एमालेले सुरेन्द्रबहादुर पालको नेतृत्वमा वीरबहादुर थापा र सन्तोष शर्मा थापालाई मन्त्री बनाउने तयारी गरेको छ । थापा र पाल निवर्तमान मन्त्री हुन भने शर्मा राजेन्द्रसिं रावल नेतृत्वको ३० दिने सरकारमा बिना विभागीय मन्त्री बनेकी थिईन् ।
एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयमा सशक्त दाबी गरिरहेको छ। नेपाली कांग्रेसले पनि यी दुवै मन्त्रालयमध्ये एक मन्त्रालय आफूले राख्न चाहेको छ । आन्तरिक मामिला तथा कानून, सामाजिक विकास र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमध्ये एक मन्त्रालय कांग्रेस र एमालेले साटफेर गर्ने गरी छलफल चलिरहेको एक नेताले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ६ गते, २०८१ - २३:२८
काठमाडौं ।मध्यरातमा काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार राति १०:५० बजे काठमाडौं लगायत आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको हो । ...
मंसिर ६ गते, २०८१ - १४:५७
सल्यान । सामुदायीक विद्यालयमा प्रारम्भीक कक्षाको पढाई सुधार गर्न सल्यानमा साक्षरता कार्यक्रम प्रभावकारी बन्दै गएको छ । यो कार्यक्रम विशेष गरी कक्ष...
मंसिर ६ गते, २०८१ - १४:५१
काठमाडौं। विश्व बैंकको सहयोगमा सरकारले प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गतको पहिलो चरणको कामको शुभारम्भ गरेको छ। बिहीबार काठमाडौंमा आय...
मंसिर ६ गते, २०८१ - १४:४८
काठमाडाैं । विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाबाट उत्पादित विद्...
मंसिर ६ गते, २०८१ - १३:५६
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्र व्यापारी (स्टक डिलर)हरुका लागि कारोबारयोग्य सूचीकृत कम्पनीहरुको नामावली सार्वजनिक गरेको छ। नेप्...
मंसिर ६ गते, २०८१ - १३:४५
जुम्ला । जिल्लाको तिला गाउँपालिका–१ स्थित रारा गाउँमा यसवर्ष रु तीन करोड बराबरको सिमी उत्पादन भएको छ। गत वर्षभन्दा यो वर्ष सिमी उत्पादन ८० प्रतिशतले ...
मंसिर ६ गते, २०८१ - १३:४५
काठमाडौं। ग्रेटर नेपाल अभियान चलाइरहेका फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा आवश्यकता देखिएपछि नेपा...
मंसिर ६ गते, २०८१ - १३:३०
दाङ । दाङको घोराही उपमहानगरपालिका– १३ डुम्मर गाउँका इन्द्रा बुढाको पेसा फूलखेती हो। उनले यो पेसा गर्न थालेको आठ वर्ष भयो। विगत लामो समयदेखि गर्दै आएक...
मंसिर ६ गते, २०८१ - १३:२७
काठमाडौं । विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना काठमाडौँबाट पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले डरत्रास देखाएर रकम अस...
मंसिर ६ गते, २०८१ - १३:२३
काठमाडौं । डेढ करोड रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका–९ कि ३९ वर्षीया विष्णुम...
प्रतिकृया लेख्नुहोस्: