काठमाडौं । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) बारे कार्यदलस्तरमा भएका सहमतिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिफिङ लिएका छन् । टीआरसी विधेयकमा सहमति जुटाउन गठित कार्यदलका सदस्य तथा सत्तारुढ दलका मुख्य सचेतक महेश बर्तौलासँग सोमबार प्रधानमन्त्री ओलीले औपचारिक रूपमा ब्रिफिङ लिएका हुन् ।
एमाले प्रमुख सचेतक समेत रहेका बर्तौलाले कार्यदलस्तरमा अहिलेसम्म भएका सबै सहमतिबारे मौखिक रूपमा प्रधानमन्त्रीलाई ब्रिफिङ गरेको जानकारी दिए । ‘कार्यदलस्तरमा अहिलेसम्म भएका छलफल, सहमति र प्रगतिबारे प्रधानमन्त्रीज्यूलाई ब्रिफिङ गरिएको छ’, बर्तौलाको भनाइ छ ।
टीआरसी विधेयकमा यसअघि दलहरूबिच रहेका असहमतिबारे साउन १७ गते सरोकारवालासहित बसेको बैठकमा सहमति जुटेको दलका नेताहरूले बताएका थिए । उक्त विधेयकमा सहमति जुटाउन एमालेबाट बर्तौला, कांग्रेसबाट गृहमन्त्री समेत रहेका रमेश लेखक र माओवादी केन्द्रका नेता जनार्दन शर्मा रहेको कार्यदल गठन गरेको थियो ।
कार्यदलमा जुटेको सहमतिको लिखित प्रतिवेदन तीन दलका शीर्ष नेतालाई संयुक्त बुझाउने तयारी छ । जुटेको सहमतिबारे प्रधानमन्त्रीले ब्रिफिङ लिएपछि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको बैठक बोलाउने तयारी गरेका छन् । प्रधानमन्त्रीले नेताहरूसँगको समय मिलाएर बैठक डाकेपछि कार्यदलका सदस्यहरूले तीनै जना नेतालाई संयुक्त रूपमा प्रतिवेदन बुझाउने छन् । त्यसपछि टीअआरसी विधेयक संसदबाट पारित भएर कानुन बनाउने प्रक्रियातर्फ अघि बढ्छ ।
कार्यदलस्तरमा मानवअधिकार उल्लंघन, सुरक्षाकर्मीका परिवारलाई राहत परिपूरण, बहिर्गमित लडाकु, गम्भीर मानव अधिकार उल्लंघनजस्ता विषयमा सहमति जुटेको बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २ गते, २०८२ - २०:५६
भोजपुर । भौगोलिक रुपमा विकट मानिने भोजपुरको षडानन्द नगरपालिका– १० साम्पाङमा केन्द्रीय विद्युत् विस्तार भएको छ । विगतमा टुकी बत्तीको भरमा रात कटाउदै आ...
आषाढ़ २ गते, २०८२ - २०:५२
काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा चार दिनपछि सवारी साधन चल्ने भएका छन् । फ्लाइओभरको मुख्य संरचना निर्माण सकिएसँगै अब सवारी साधन सञ्चालनको ...
आषाढ़ २ गते, २०८२ - २०:४९
ढाका । बङ्गलादेशको युद्ध अपराध अदालतले सोमबार फरार पूर्व नेता शेख हसिनालाई मानवता विरुद्धको अपराधको आरोपमा मुद्दाको सामना गर्न फर्कन आदेश दिएको छ । ...
आषाढ़ २ गते, २०८२ - २०:४४
किन्सासा । लोकतान्त्रिक गणतन्त्र कङ्गो (डिआरसी) (डिआरसी) को राजधानीमा एह हप्तामा भारी वर्षाका कारण कम्तीमा २९ जनाको मृत्यु भएको छ । प्रभावितहरूलाई ...
आषाढ़ २ गते, २०८२ - २०:४०
काठमाडाैं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संक्रमणकालीन न्यायसम्बन्धी कामलाई छिटो सम्पन्न गर्न दबाब दिनुपर्ने बताएका छन...
आषाढ़ २ गते, २०८२ - २०:३५
सल्यान । सडकमाथिबाट आएको पहिरोले अवरुद्ध बनेको राप्ती राजमार्ग सञ्चालनमा आएको छ । राप्ती राजमार्गअन्तर्गत कपुरकोट–दाङ सडकखण्डको कपुरकोट गाउँपालिका– ३,...
आषाढ़ २ गते, २०८२ - २०:२९
काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री भगबती चौधरीले राज्यको सिस्टमले राज्यको सिस्टम (प्रणाली) ले नै सबैलाई कर तिर्नुपर्छ भन्ने कुरा महसुस गर...
आषाढ़ २ गते, २०८२ - २०:२५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका कार्यक्रम कार्यान्वयन अनुभवका आधारमा सम्बन्धित नीतिगत तथा कानुनी व्यवस्थाहरूमा सुधार, सङ्गठनात्...
आषाढ़ २ गते, २०८२ - २०:१७
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् प्रसारण गरेवापत लिने शुल्क ‘ह्विलिङ चार्ज’को विषयलाई चाँडो टुङ्ग्याउन विद्युत् नियमन...
आषाढ़ २ गते, २०८२ - २०:१४
धरान । सुनसरीको बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला परेको छ । बराहक्षेत्रमा नगरपालिका वडा नं २ स्थित कौशिकी सामुदायिक वन नजिकैको मकैबारीमा उक्त हात्त...
प्रतिकृया लेख्नुहोस्: