Khabar Dabali २३ श्रावण २०८३ शनिबार | 8th August, 2026 Sat
Investment bank

घोषणा धेरै, काम शून्यः हेटौँडा कपडा उद्योग अझै पुनर्जीवनको पर्खाइमा

खबरडबली संवाददाता

मकवानपुर । २४ वर्षअघि बन्द भएको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने सरकारी दाबी फेरि एकपटक चर्चामा आएको छ। सरकारले उद्योग मर्मतका लागि बजेट निकासा भएको, परीक्षण उत्पादनको तयारी अघि बढेको र केही महिनामै उद्योग सञ्चालनमा आउने दाबी गरे पनि उद्योग परिसरमा हालसम्म सामान्य सरसफाइबाहेक उल्लेखनीय काम सुरु भएको छैन।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उद्योगका मेसिन मर्मतका लागि ३३ लाख रुपैयाँ निकासा भइसकेको र मर्मत कार्य अघि बढेको दाबी गरेकी छन्। सरकारले प्रारम्भिक चरणमा परीक्षण उत्पादनका लागि उद्योग सञ्चालनको जिम्मेवारी नेपाली सेनालाई दिने तयारीसमेत गरिरहेको जनाएको छ।

सरकारले हेटौँडा कपडा उद्योगलाई आफ्नो १०० दिने उपलब्धिको सूचीमा समेत समेटेको छ। उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउतका अनुसार उद्योगको जीर्ण संरचना मर्मतका लागि आवश्यक बजेट निकासा भइसकेको छ भने परीक्षण उत्पादनको तयारी भइरहेको छ।

तर, उद्योग व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले भने सरकारी दाबीअनुसार काम अघि नबढेको जनाएको छ। प्रमुख संगीता कुँवरका अनुसार अहिले उद्योग परिसरमा झाडी फाल्ने र सरसफाइ गर्ने काम मात्र भइरहेको छ। मेसिन मर्मत वा उत्पादनसँग सम्बन्धित कुनै ठोस काम अझै सुरु भएको छैन।

केही समयअघि उद्योग, अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयका प्रतिनिधिले उद्योगको निरीक्षण गरे पनि त्यसपछि पनि वास्तविक निर्माण वा मर्मत कार्य अघि बढ्न सकेको छैन। हाल नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा उद्योग परिसर सरसफाइ गर्ने काम गरेका छन्।

यसअघि नै नेपाली सेनाले उद्योग सञ्चालनका लागि करिब एक अर्ब ९३ करोड रुपैयाँ लगानीको प्रस्ताव सरकारलाई बुझाएको थियो। सेनाको अध्ययनअनुसार उद्योग सञ्चालनपछि वार्षिक करिब ७८ करोड रुपैयाँ सञ्चालन खर्च लाग्ने अनुमान गरिएको छ। उत्पादित कपडा सुरक्षा निकाय र निजामती कर्मचारीका लागि प्रयोग गर्न सके बजारको समस्या नहुने सेनाको निष्कर्ष छ।

वि.सं. २०३२ सालमा स्थापना भएको हेटौँडा कपडा उद्योगले २०३५ सालदेखि उत्पादन सुरु गरेको थियो। उद्योगले सुती धागो, विभिन्न प्रकारका कपडा तथा नेपाली सेनाका लागि पोसाक उत्पादन गर्थ्यो। एक समय उद्योगमा करिब एक हजार दुई सय जनाले प्रत्यक्ष रोजगारी पाएका थिए।

तर राजनीतिक हस्तक्षेप, कमजोर व्यवस्थापन, पुराना मेसिन, बढ्दो उत्पादन लागत र विदेशी कपडासँग प्रतिस्पर्धा गर्न नसक्दा उद्योग निरन्तर घाटामा गयो। अन्ततः २०५७ माघ १८ गते उद्योग बन्द गरियो।

त्यसयता विभिन्न सरकारले पटक–पटक उद्योग पुनः सञ्चालन गर्ने घोषणा गरे पनि ती घोषणा व्यवहारमा रूपान्तरण हुन सकेका छैनन्। अहिले पनि सरकारी दाबी र उद्योग परिसरको वास्तविक अवस्थाबीच ठूलो अन्तर देखिएको छ। स्थानीयवासी र सरोकारवालाले अब घोषणा होइन, उद्योगबाट फेरि धुवाँ निस्किएको दृश्य हेर्न चाहेको बताएका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफ्नै सरकारविरुद्ध रास्वपाकै सांसदको प्रश्न : ‘सरकार कहाँ छ ?’

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नै संसद्मा सरकारको कार्यशैलीमाथि कडा प्रश्न उठाएका छन्। ग्यास अभाव, रासायनिक मल...

कैदी बोकेको भ्यान दुर्घटना : मोटरसाइकल चालकको मृत्यु, अर्का युवक गम्भीर घाइते

रुकुमपश्चिम । रुकुमपश्चिममा थुनुवा कैदी बोकेको कारागारको भ्यान र मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएक...

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending