काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले आफ्ना मातहतका सेवा प्रदायक निकायलाई एउटै ‘नेटवर्क कनेक्टिभिटी’मा जोड्ने भएको छ । वडा कार्यालय, स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्र, नगर अस्पताल र सामुदायिक विद्यालयका गतिविधि सूचना प्रविधिका माध्यमबाट जोडिन लागेका हुन् ।
यसका लागि नगरपालिकाले नेपाल टेलिकमसँग अन्तरसरकारी निकाय सम्झौता (जिटुजी) अवधारणाअन्तर्गत द्विपक्षीय सम्झौता गरेको छ । सोमबार आयोजित कार्यक्रममा नगरप्रमुख घनश्याम गिरी र टेलिकम बागमती प्रदेश निर्देशक रीना डङ्गोलले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौताअनुसार नगरपालिका कार्यालय र अन्तर्गतका १५ वडा कार्यालय, १५ स्वास्थ्य चौकी तथा सहरी स्वास्थ्य केन्द्र, २४ सामुदायिक विद्यालय र एक नगर अस्पतालमा इन्ट्रानेट लिज लाइन, इन्टरनेट सेवा र सिसीटिभी कनेक्टिभिटीलगायत सेवा टेलिकमले प्रदान गर्नेछ । यसका साथै दुई सयभन्दा बढी सार्वजनिक स्थानमा ‘वाइफाइ हटस्पट’को सेवा पनि टेलिकमले प्रदान गर्नेछ ।
टेलिकमले नगरपालिकाको सूचना प्रवाहका लागि विभिन्न चोकमा डिजिटल बोर्डको पनि व्यवस्था गर्ने सम्झौता पत्रमा उल्लेख छ । नगरप्रमुख गिरीले नगरपालिकाले प्रदान गर्ने डिजिटल सेवा तथा जिपिएस–जिआइएससहितको नगर प्रोफाइलका सेवा अवलम्बन गर्न यस सम्झौताले पूर्वाधार र सहजीकरणको भूमिका खेल्ने बताए । उनले भने, “नगरपालिकाले आफ्नै सर्भरको पनि व्यवस्था गर्न लागेको छ । यसबाट डिजिटल घर नक्सा सेवा तथा अन्य सेवा पनि सुरक्षित रहने छ ।”
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले नगरपालिका मातहतका कार्यालय, विद्यालयका गतिविधि अब नगरबाट नै निगरानी गर्न सकिने र अन्तरआवद्धतालाई थप प्रभावकारी बनाउने जानकारी दिदै यसले नगरलाई थप प्रविधिमैत्री बनाउन सहयोग मिल्ने विश्वास व्यक्त गरे । उनले भने,“नगरपालिकाले आफ्ना सेवालाई प्रविधिमैत्री बनाउन नवीनतम् सोचका काम गरिरहेको छ । यसका लागि इन्ट्रानेट लिज लाइन, इन्टरनेट सेवा र सिसीटिभी कनेक्टिभिटीलाई चुस्त बनाउन टेलिकमसँंग सहकार्य भएको हो । ”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - १७:५९
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...
आषाढ़ १४ गते, २०८३ - १७:२७
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...
आषाढ़ १४ गते, २०८३ - १७:१५
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...
आषाढ़ १४ गते, २०८३ - १६:५६
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...
आषाढ़ १४ गते, २०८३ - १६:४७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न कोणबाट व्याख्या गरिने गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्...
आषाढ़ १४ गते, २०८३ - १६:३२
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने...
आषाढ़ १४ गते, २०८३ - १५:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको गम्भीर आत्मसमीक्षा गर...
आषाढ़ १४ गते, २०८३ - १५:३४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख दुई कम्युनिस्ट शक्ति एक भएको भए निर्वाचनमा वामपन्थीले करि...
आषाढ़ १४ गते, २०८३ - १५:१७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको हत्याबारे सत्य तथ्य पत्ता लगाउन नसक्नु आफ्न...
आषाढ़ १४ गते, २०८३ - १४:५६
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...



प्रतिकृया लेख्नुहोस्: