Ntc summer Offer
Khabar Dabali ९ चैत्र २०८१ शनिबार | 22nd March, 2025 Sat
Investment bank

तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुंगाकै भर

खबरडबली संवाददाता

बाँके ।  होलिया र गंगापुरलाई जोड्न राप्ती नदीमा पुल नहुँदा तटीय क्षेत्रका नागरिकले डुंगा चढ्नुपर्ने बाध्यता छ । बाँकेको पूर्वी क्षेत्र सिधनियाघाटमा पुल बनेको डेढ दशकभन्दा धेरै भइसके पनि नदी तटीय क्षेत्रका धेरै गाउँका बासिन्दा अहिले पनि डुंगाकै भरमा नदी तर्ने गर्दछन् । राप्तीपारिका आधा दर्जन गाउँका सर्वसाधारण अहिले पनि दैनिक डुंगामा जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेको नरैनापुर गाउँपालिका–६ गंगापुरका स्थानीय सोहनलाल यादवले बताए।

उनका अनुसार, राप्ती सोनारीको खल्ला झगडिया, नरैनापुरको कुडुवा, पिप्रहवालगायतका गाउँका बासिन्दा आफ्ना खेतबारी, आफन्त, हाटबजार गर्न डुंगा चढेर नदीपारि जाने गर्दछन्। खल्ला झगडिया गाउँभन्दा अलिकति अगाडि डुंगा सधैँ तयारी अवस्थामा रहन्छ।

‘नदी तर्न पक्की पुल सिधनियाघाट पुग्न धेरै टाढा पर्छ, यता झोलुंगे पुल छैन, त्यसैले डुंगा चढ्नुको विकल्प छैन,’ राप्ती सोनारी–७ खल्लाझगडिया नयाँबस्तीका स्थानीय शंकर यादवले भने, ‘हिउँदवर्षात् जहिले पनि डुंगाबाट राप्ती नदी वारपार गर्ने गरेका छौं।’

डुंगामा नदी तारेको प्रतिव्यक्ति रु १० तिर्नु पर्दछ। गाईभैंसीलाई बोकेबापत रु २०, साइकलको रु १५ र मोटरसाइकलको रु ६० लिने गरेको डुंगाचालक नानबाबु पासीले बताए। डुंगामा एकैपटक ५० देखि ६० जना मान्छे र मालसमान नदी वारपार गराउने गरेको पासी बताउँछन्। 

हरेक शुक्रबार सीमावर्ती भारतीय गाउँ जानकीमा लाग्ने हाटबजारमा नेपाली गाउँका सयौं नागरिक किनमेलका लागि पुग्ने गर्छन्। हाटबजारमा राप्तीवारि डुडुवा गाउँपालिका होलिया, बेतहनी र राप्तीपारि राप्ती सोनारी गाउँपालिकाको फत्तेपुर र नरैनापुर गाउँपालिकाको गंगापुर र मटेहियाका दर्जनौँ नागरिक डुंगा तरेर जाने गर्दछन्।

भारतीय हाटबजारमा तरकारी लगायत उपभोग्यवस्तु सस्तो पाइने भएकाले अधिकांश किनमेल गर्न त्यतै जाने गरेका डुंगाचालक पासीले बताए । डुडुवा गाउँपालिका–१ होलियाका कुडुवा, कृषि चौफेरी, वर्डर चौफेरी छिटइपुर्वा, टेपरी प्रिपहवा खडैचा कन्दइपुर्वा सन्तलीया नयाँबस्तीका सयौं बासिन्दाको डुंगा चढेर राप्ती नदी वारपार गर्नु दिनचर्या भएको स्थानीय झगरु लोनियाले बताए। 

राप्ती तटीय क्षेत्रका नागरिक राप्तीको डुबान तथा कटान नियन्त्रण र जोखिम मोलेर डुंगामा सवार हुनुपर्ने समस्या अन्त्यका लागि मटेहिया र होलिया जोड्ने पक्की पुल निर्माणका लागि पहल भइरहेको सांसद सूर्य ढकालले जानकारी दिए। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जहाँ समुदायले तोक्छ काम गर्ने समय

हुम्ला  ।  हुम्लाको नाम्खा–६ मा पर्छ हल्जी गाउँ, जहाँ ९० घरधुरीको बसोबास छ । उनीहरूले जति पनि र जुनसुकै बेला पनि खेतीपातीलगायतका काम गर्न पाउँदैनन् । ...

खोटाङमा चट्याङ लागेर महिलाको मृत्यु

खोटाङ । खोटाङमा  चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । जिल्लाको केपिलासगढी गाउँपालिका –७ सुङ्देल गुल्टेनस्थित ४५ वर्षीया दिलकुमारी राईको चट्याङ लागेर...

दाङमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ । दाङमा शनिबार बिहान दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका(६ गाइडहरका २२ वर्षीय विवेक सुवेदी ...

कस्ताे छ आजको तरकारी र फलफूलको थोक मूल्य ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक म...

बिद्रोहीवाट कब्जा मुक्त भयो सुडानको राष्ट्रपति भवन

काठमाडाैं  । सुडानको सेनाले द्वन्द्वग्रस्त देशको ठूलो भागलाई नियन्त्रणमा लिने विद्रोही मिलिशियामाथि महत्त्वपूर्ण विजय हासिल गरेको जनाएका छन । हिजो ...

अरनिको राजमार्गः धुलिखेल–खावा सडकखण्डको निर्माणकार्य अन्योल

बनेपा । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्य अन्योलमा परेको छ । चार किलोमिटर सडक तोकिएको समयमा निर्माण ...

यस्तो आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ २...

विश्वका १९ वटा हिमनदी क्षेत्रमा उल्लेख्य क्षति, नष्ट भयाे ४५० अर्ब टन ग्लेसियर

काठमाडौं । संयुक्त राष्ट्रसंघले लगातार तेस्रो वर्ष २०२४ मा विश्वका १९ वटा हिमनदी क्षेत्रमा उल्लेख्य क्षति भएको जानकारी दिएको छ ।  संयुक्त राष्ट्र स...

आरनबाट निस्कीएको झिल्कोले घर बनायो खरानी

ताफलेजुङ । ताप्लेजुङको फुलबारीमा एक घरमा आगलागी हुँदा दुई लाख रुपियाँ बढीको क्षति भएको छ । आठराई त्रिबेणी गाउँपालिका –२, फुलबारी चोकपुरस्थित स्थानीय अ...

विकास सँगै बिनाश सुके खोला र खोल्सा, जल संरक्षण गर्न कठिन हुँदै

काठमाडौं । केही वर्षअघि सम्म पहाडमा हरेक खोला खोल्सीहरुमा सँदाबहार कलकल पानी बगी रहन्थ्यो । खोलावारी पारी सबैतिर हरीयाली भइरहन्थ्यो । तर, पछिल्लो दुईद...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy