काठमाडौँ । बङ्गलादेशमा व्यापक विरोध प्रदर्शनले प्रधानमन्त्रीलाई अपदस्थ गरेपछि कामचलाउ सरकारको नेतृत्व गर्न तयार भएका मुहम्मद युनुसले आफ्नो बहुप्रतीक्षित स्वदेश फिर्तीअघि बुधबार देशबासीहरूलाई ‘मुलुक निर्माणका लागि तयार’ रहन आह्वान गरेका छन्।
लामो समयदेखि शासन गरेकी निरङ्कुश प्रधानमन्त्री शेख हसिनाले मुलुक छाडेपछि माइक्रोफाइनान्स (लघुवित्त) का अग्रणी एवं नोबेल पुरस्कार विजेता युनुसले अन्तरिम सरकारको नेतृत्व गर्नुहुने राष्ट्रपति कार्यालयले जनाएको छ।
“शान्त रहनुहोस र देश निर्माणका लागि तयार हुनुहोस्”, युनुसले फ्रान्सबाट स्वदेश फर्कनु एक दिनअघि बुधबार एक विज्ञप्तिमा भने, “यदि हामी हिंसाको बाटोमा गयौँ भने सबै नष्ट हुनेछ।” उनले धेरै साताको हिंसापछि शान्त हुन आग्रह गरे। हिंसामा कम्तीमा चार सय ५५ जनाको ज्यान गएको थियो।
बङ्गलादेशमा लाखौँ मानिसलाई गरिबीबाट बाहिर निकाल्ने श्रेय दिइएका ८४ वर्षीय युनुसलाई विद्यार्थी नेताहरूले अन्तरिम सरकारको नेतृत्व गर्न बोलाएपछि उनलाई कामचलाउ सरकारको नेतृत्व गर्न नियुक्त गरिएको हो।
उक्त निर्णय राष्ट्रपति शाहबुद्दिन, सेना, नौसेना र वायुसेनाका प्रमुखहरू र विद्यार्थी नेताहरूसँगको बैठकमा लिइएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमा जनाएको छ।
बैठकमा सहभागी स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसनका नेताहरूमध्येका एक नाहिद इस्लामका अनुसार युनुसले मुख्य सल्लाहकारको पद प्राप्त गर्ने छन्। इस्लामले बैठकलाई ‘फलदायी’ भन्दै पत्रकारहरूसँग शाहबुद्दिनले ‘जतिसक्दो चाँडो’ अन्तरिम सरकार गठन गरिने कुरामा सहमति जनाएका छन्।
युनुसका वकिल ख्वाजा तनविर अहमदले बङ्गलादेशको एक अदालतले बुधबार पुनरावेदनमा युनुसलाई श्रम सजायबाट सफाइ दिएको जानकारी दिए।
श्रम अभियोगमा छ महिनाको जेल सजाय सुनाइएपछि युनुसले यसै वर्षको प्रारम्भमा विदेश भ्रमण गरेका थिए तर पुनरावेदन विचाराधीन भएकाले तुरुन्तै जमानतमा रिहा गरिएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८२ - ०९:३५
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको विशेष महाधिवेशनको बन्दसत्र लम्बिएको छ । यही ...
पौष २९ गते, २०८२ - ०९:२९
विशेष महाधिवेशन पक्षधर कांग्रेस कार्यसमिति बैठकमा नजाने
पौष २९ गते, २०८२ - ०९:२५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूलाई आज शपथ ग्रहण गराइने भएको छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो स...
पौष २९ गते, २०८२ - ०९:१९
बाँके । “मेरा दुई छोराहरु सात लाख रुपैयाँ ऋण झिकेर विदेश गए । उनीहरुलाई त्यो ऋण तिर्न दुई वर्ष लाग्यो । मैले पनि सात लाख नै ऋण झिकेर टमाटरखेती गरेँ । ...
पौष २९ गते, २०८२ - ०८:०२
काठमाडौँ । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनका क्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गठन गरेको वार्ता समितिसँग छलफल ...
पौष २९ गते, २०८२ - ०७:५४
रुपन्देही । सर्वेन्द्र यादव शिक्षण पेसासँगै कृषिमा सम्लग्न हुँदै आएका छन् । उनी बिहान–साँझपख खेतबारीमा पसिना बगाउँदै कृषिमा समेत रमाउँदै आएका छन् । ...
पौष २९ गते, २०८२ - ०७:४६
चितवन । चितवनको खैरहनीको खिचरा महोत्सवस्थलमा पुग्दा एउटा पर्खालले धेरै दर्शकलाई केही बेर रोक्छ। रङरेखाले सजिएको त्यो पर्खाल कुनै साधारण ‘वाल’ पेन्टिङ ...
पौष २९ गते, २०८२ - ०७:४०
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको ‘नीति’ र सभापति शेरबहादुर देउवाको समर्थनसमेतको ...
पौष २९ गते, २०८२ - ०७:३६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेद...
पौष २९ गते, २०८२ - ०७:२०
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बोलाइएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः०० बजे बस्ने बैठकमा पार्टीक...




प्रतिकृया लेख्नुहोस्: