Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

‘मैले नेतृत्व छाड्छु भन्दा पनि सुख पाउने स्थिति छैन, चाँडै उत्तराधिकारीको टीम बनाउँछु’

०८४ सम्म प्रधानमन्त्री नबन्ने प्रचण्डको घोषणा, माओेवादी आगामी निर्वाचनमा एक्लै लड्ने

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब आफू प्रधानमन्त्री नबन्ने घोषणा गरेका छन्। पेरिसडाँडामा आयोजित हुम्ला(काठमाडौं सम्पर्क समन्वय समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब माओवादीबाट फुटेकाहरु जुटाएर पार्टी निर्माणमा लाग्ने सुनाए। 

त्यसबारे उनको भनाइः

तपाईंहरुलाई चिन्ता छ, पार्टी के हुन्छ, गुटहरू छन्, गुटैगुट, पार्टी फेरि फुट्ने पो हो कि रु म के भन्न चाहन्छु भने पार्टी अब फुटतिर होइन, हिजो फुटेकाहरू पनि सबै जुट्नेतिर आएका छन् । छिट्टै तपाईंहरूले समाचार सुन्नुहुनेछ । हिजो माओवादीबाट अलग भएर धेरै गर्छौं भन्ने सपना बोकेका साथीहरूले पनि अब एकता गर्नुको विकल्प छैन भन्ने निर्णय गर्नुभएको छ । माओवादी छाडेर गएकाहरु छिट्टै पार्टी एकतामा आउदैछन्। 

यो पार्टी फुट्ने होइन, फुटेका साथीहरू पनि जुट्ने परिस्थिति बन्छ, म त्यसको एक पटक फेरि नेतृत्व गर्ने आँट मैले गरेको छु । हाम्रोभित्र तपाईंहरूले सुन्नुभएको छ, यस्तो भयो, त्यस्तो भयो आदि इत्यादि । यो पार्टीलाई कुनै हालतमा फुट्न दिइँदैन । फुटेकालाई जुटाइन्छ । फुटहरू जो छन्, तिनलाई यो पटक कार्यक्रममार्फत अन्त्य गरिन्छ । सशक्त कार्यक्रममार्फत गुटबन्दीको अन्त्य गर्ने सुरुवात गरेको छौं। 

मैले एकचोटी विद्रोहको झण्डा उठाइसकें, प्रतिक्रान्तिविरुद्ध क्रान्तिको झण्डा हो । प्रतिनिधिसभाको मेरो वक्तव्य समाजवादी क्रान्तिको लागि मेरो विद्रोह हो भन्ने बुझे हुन्छ । हामीले जित्नुको विकल्प छैन । म जीवनको उत्तरार्द्धतिर भए पनि जोस २२(२५ वर्षको भन्दा कम छैन। 
२०८४ सम्म जनतामा गएर पार्टी बनाउने संकल्प गरेको छौं। 

कतिपयलाई लाग्ला मौका मिल्नेबित्तिकै प्रचण्ड फेरि प्रधानमन्त्री बन्न गइहाल्छ कि भन्ने १ अब म यो कार्यकालमा प्रधानमन्त्री हुन्न । पार्टी बनाउने संकल्प मैले लिएको छु । प्रधानमन्त्री अब पुग्यो अहिलेलाई । भोलि एक नम्बर पार्टी भयो भने के गर्ने त्यही बेलामा सोचौंला ।

अब हामी जनता र कार्यकर्ता खोज्न हिँड्दै गर्दा सरकार नै माओवादीलाई खोज्दै आउँछ कि भन्ने डर छ। जस्तो स्थिति भए पनि नआत्तिकन जनता र कार्यकर्तामा जान्छौं। हाम्रो बहिर्गमन जीतको हो, हारको होइन । हामीले भ्रष्टाचारको फाइल खोलेकै कारण जबरजस्ती नेतृत्वबाट हटाइएको हो । मैले संसद्‍मा गरेको सम्बोधन एउटा सम्बोधनमात्रै होइन, त्यो प्रतिक्रान्तिका विरुद्ध नयाँ क्रान्तिको लागि गरिएको अर्को अपिल पनि हो ।

हामी पटकपटक अरुसँग मिलेर चुनाव लड्दा कताकता हाम्रो पहिचान, माओवादी भनेको त साँचै सिंह हो नि, एक पटक गर्जेपछि सबैको सात्तो जानुपर्ने हो। त्यसकारण मैले भनेको छु छलफल हुँदैछ हामी २०८४ मा सिंगल चुनाव लड्ने हो । आफ्नो खुट्टामा उभिएर १६५ वटै क्षेत्रमा चुनाव लड्ने हो । सबै प्रदेशमा चुनाव लड्ने त्यसो गर्दा अहिलेको भन्दा त्यसै पनि बढी सीट आउँछ । कहिले सूर्यलाई, कहिले रुखलाई भोट हाल्दा घटेर माओवादीको ३२ सीटमात्रै भएको हो।  

अब तपाईंहामीले पनि आँट गर्नुपर्‍यो, हामी पनि एक्लै लड्ने । चाहिएन बैशाखी । एक्लै लड्दा बढी सीट ल्याइन्छ । २०६४ मा पनि एक्लै लड्यौं, ल्यायौं, विभाजन भयो हार्‍यौं, अहिले एकता हुँदैछ, जित्छौं । आउँछन् सबै माओवादीमा, सबैसँग कुरा भइरहेको छ । सबैलाई चाहिएको छ एकता । सबैलाई प्रचण्डको विकल्प छैन भन्ने परेको छ ।

मैले छाड्छु भन्दा पनि सुख पाउने स्थिति छैन । छिटोभन्दा छिटो राम्रो उत्तराधिकारीको टीम बनाउनेतिर छु । म चाहिँ अलि अर्को भूमिकामा जान पाए खुसी हुनेमा छु । मैलै लिएर बस्न खोजेको छ भन्ने बुझ्नुभयो भने ममाथि अन्याय हुन्छ, तर अहिले बेला अलि भएको छैन । त्यो बेला ल्याउनुपर्छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस विशेष महाधिवेशनः प्रतिवेदनमाथि छलफल जारी, नीतिगत निर्णयपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको विशेष महाधिवेशनको बन्दसत्र लम्बिएको छ । यही ...

कांग्रेसमा सहमतिको प्रयास- संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच वार्ता जारी

विशेष महाधिवेशन पक्षधर कांग्रेस कार्यसमिति बैठकमा नजाने

नेकपाका केन्द्रीय सदस्यहरूको शपथ आज, परिचयपत्र लिन एक हजार बुझाउनुपर्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूलाई आज शपथ ग्रहण गराइने भएको छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो स...

तीन पुस्तादेखि टमाटरखेतीः विदेशको विकल्प बन्यो वीरेन्द्रको व्यवसाय

बाँके । “मेरा दुई छोराहरु सात लाख रुपैयाँ ऋण झिकेर विदेश गए । उनीहरुलाई त्यो ऋण तिर्न दुई वर्ष लाग्यो । मैले पनि सात लाख नै ऋण झिकेर टमाटरखेती गरेँ । ...

कांग्रेस विभाजन रोक्ने प्रयास- संस्थापन र शेखरले पनि बनाए वार्ता समिति, आजै निर्णायक छलफल हुँदै

काठमाडौँ । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनका क्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गठन गरेको वार्ता समितिसँग छलफल ...

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही । सर्वेन्द्र यादव शिक्षण पेसासँगै कृषिमा सम्लग्न हुँदै आएका छन् । उनी बिहान–साँझपख खेतबारीमा पसिना बगाउँदै कृषिमा समेत रमाउँदै आएका छन् । ...

रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

चितवन । चितवनको खैरहनीको खिचरा महोत्सवस्थलमा पुग्दा एउटा पर्खालले धेरै दर्शकलाई केही बेर रोक्छ। रङरेखाले सजिएको त्यो पर्खाल कुनै साधारण ‘वाल’ पेन्टिङ ...

कांग्रेस जोगाउने मध्यमार्गी प्रस्ताव: नीति गगन–विश्वप्रकाशको, नेतृत्व देउवानिकटको

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको ‘नीति’ र सभापति शेरबहादुर देउवाको समर्थनसमेतको ...

झापा–५ मा बालेन्द्र शाहको सम्भावित उम्मेदवारीबारे स्थानीय युवा नेताहरू के भन्छन् ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेद...

विशेष महाधिवेशन पक्षधरले अडान नछाडेपछि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

 काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बोलाइएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः०० बजे बस्ने बैठकमा पार्टीक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending