काठमाडौँ । इरानमा बुधबार २९ जनालाई मृत्युदण्ड दिइएको छ । २६ जनालाई तेहरान बाहिरको गेजलहसार जेलमा र बाँकी ३ जनालाई काराज सहरको जेलमा फाँसी दिइएको मिडिया रिपोर्टमा उल्लेख छ ।
नर्वेको मानवअधिकार संगठनले दिएको जजानकारी अनुसार फाँसी दिइएका मध्ये दुई अफगान नागरिक पनि थिए । उनीमाथि हत्या, लागुऔषध ओसारपसार र बलात्कारको आरोप लागेको थियो । अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिष्ट न्यूज एजेन्सी र सेन्टर फर ह्युमन राइट्स इन इरानले पनि गेजलहसार जेलमा कम्तीमा दुई दर्जन व्यक्तिलाई मृत्युदण्ड दिइएको पुष्टि गरेको छ ।
इरानले जनतामा डर पैदा गर्न २०२२ को विरोध प्रदर्शनमा संलग्नहरूलाई मृत्युदण्डको सजाय दिएको बारम्बार आरोप लगाइएको छ ।
इरानसँग सम्बन्धित मानवअधिकार संगठन आईएचआरका निर्देशक महमूद अमिरी मोगद्दमले अन्तर्राष्ट्रिय समुदायले यसतर्फ खासै ध्यान नदिएको बताए । जसका कारण इरान सरकारले आगामी महिना सयौंलाई फाँसी दिन सक्ने उनको दाबी छ । उनले सन् २००९ पछि यति ठूलो संख्यामा मानिसलाई फाँसी दिएको यो पहिलो पटक भएको बताए ।
रिपोर्टका अनुसार यसअघि मंगलबार मानवअधिकार समूहहरूले इरानमा एक व्यक्तिलाई फाँसी दिएकोमा आलोचना गरेका थिए । उक्त व्यक्तिलाई रिभोलुसनरी गार्डको हत्या गरेको अभियोगमा दोषी ठहर गरिएको थियो । उनलाई यातना दिएर स्वीकार गर्न बाध्य पारिएको कार्यकर्ता बताउँछन् ।
मृत्युदण्डको सजाय सुनाइएका व्यक्तिको नाम गेलामरेजा रसाई हो । उनी फाँसी दिइएका महसा अमिनीको मृत्युपछि इरानमा सुरु भएको विरोध प्रदर्शनमा संलग्न दशौं व्यक्ति हुन्।
कुर्द समुदायकी २२ वर्षीया महसा अमिनीलाई तेहरानमा १३ सेप्टेम्बर २०२२ मा पक्राउ गरिएको थियो । हिजाब लगाएको भन्दै उनलाई पक्राउ गरिएको थियो भने उनको गिरफ्तारीको ३ दिनपछि अर्थात सेप्टेम्बर १६ मा उनको मृत्यु भयो । यसपछि यो विषय चर्चामा आयो ।
एम्नेस्टीका अनुसार सन् २०२३ मा चीन, इरान, साउदी अरेबिया, सोमालिया र अमेरिकामा सबैभन्दा बढी मानिसलाई मृत्युदण्ड दिइएको थियो । जसमध्ये सबैभन्दा बढी इरानमा ८५३ जना र साउदी अरबमा १७२ जनालाई मृत्युदण्ड दिइएको छ ।
बीबीसीको रिपोर्ट अनुसार सन् १९९१ मा ४८ देशमा मृत्युदण्डको व्यवस्था थिएन । यो संख्या २०२३ मा आइपुग्दा ११२ पुगेको छ । विश्वमा ९ देश यस्ता छन्, जहाँ गम्भीर अपराधका लागि मात्रै मृत्युदण्ड दिइन्छ । मृत्युदण्डको व्यवस्था भए पनि पछिल्लो दशकमा कसैलाई पनि मृत्युदण्ड नदिइएका २३ देश रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - २२:१८
खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...
आषाढ़ ९ गते, २०८३ - २२:११
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...
आषाढ़ ९ गते, २०८३ - २१:५१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...
आषाढ़ ९ गते, २०८३ - २१:२८
काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...
आषाढ़ ९ गते, २०८३ - २१:२०
काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह
आषाढ़ ९ गते, २०८३ - २०:०१
श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’
आषाढ़ ९ गते, २०८३ - १९:५५
यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो
आषाढ़ ९ गते, २०८३ - १९:५२
‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’
आषाढ़ ९ गते, २०८३ - १९:४८
हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा
आषाढ़ ९ गते, २०८३ - १९:४३
रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा



प्रतिकृया लेख्नुहोस्: