Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८२ शनिबार | 17th May, 2025 Sat
Investment bank

लामखुट्टे र लार्भा खोज्दै पर्वतकामे कुश्मा नगरपालिका

खबरडबली संवाददाता

पर्वत । जिल्लाको कुश्मा नगरपालिकाले लामखुट्टे नष्ट गर्नका लागि लामखुट्टे, लामखुट्टेका फूल र लार्भा नष्ट पार्ने अभियान सुरु गरेको छ।

पछिल्ला केही दिन यता डेंगु संक्रमितहरूको संख्या ह्वात्तै बढ्दै गएको र बाक्लो जनघनत्व रहेको ठाउँमा लामखुट्टेले सङ्क्रमण फैलाउने सम्भावना बढी हुने भएकोले बिहीबारदेखि यो अभियान सुरु गरिएको कुश्मा नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख याम प्रसाद शर्माले बताए।

बजारमा पानीको अभाव हुने सक्ने पिरले भाँडामा केही दिनदेखि पानी जम्मा गरेर राख्ने, घरका छत तथा कौसीमा राखिएका फूलदानीमा लामखुट्टेले प्रजनन गर्ने, ग्यारेजहरूमा लामो समयदेखि जम्मा पारेर राखिएका पुराना टायर तथा अन्य सामग्रीहरूमा पानी जम्मा भएर बस्ने, सडक छेउछाउमा रहेका झाडी तथा पानी जम्मा हुन सक्ने प्लास्टिकजन्य बस्तुहरूमार्फत पनि लामखुट्टेको प्रकोप बढ्ने भएकाले बजारमा क्षेत्रमा सरसफाइ अभियान थालिएको हो।

अभियानमा सहभागी जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारी, कुश्मा नगरपालिकाका स्वास्थ्यकर्मी तथा कर्मचारी, जनप्रतिनिधि तथा बजार वासीहरूले घरघरमा पुगेर जम्मा गरेर राखिएको पानी पोख्ने तथा डेंगु फैलिने कारण, असर र यसको रोकथामको बारेमा सचेतना फैलाएका थिए।

‘हामीले अभियानका क्रममा जमेको पानी पोख्दैमा लामखुट्टे नियन्त्रणमा आउँदैनन्। यसको अर्थ बजारवासी र जिल्लावासीहरू स्वयंले आ–आफ्नो घर र वातावरणमा सफा गर्नुपर्छ भन्ने सन्देशका लागि हो,’ स्वास्थ्य शाखा प्रमुख शर्माले भने, ‘पछिल्ला दिनमा सङ्क्रमण ह्वात्तै बढ्दै गइरहेको छ। संक्रमितहरूको संख्या बढ्नु भनेको लामखुट्टेमार्फत नयाँ संक्रमितहरू थपिँदै जाने सम्भावना हो।’

वर्षा र गर्मीका कारण लामखुट्टेको प्रकोप बढ्दै जाँदा पर्वतमा डेंगु संक्रमितहरूको ‘ग्राफ’ हरेक दिन उकालो लाग्दै गएको छ। स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रवीण शर्माका अनुसार साउन महिनाको हालसम्म जिल्लाका ५६ जना बिरामीमा डेंगु पुष्टि भएको छ। सुरुका दिनमा दैनिक एक÷दुई जनामा पुष्टि भएको भए पनि पछिल्ला दिनमा एकै दिनमा नौ जनासम्ममा डेंगु पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय, पर्वत अस्पताल र स्थानीय तहहरूले पनि डेंगु रोकथामको लागि प्रचारप्रसार गरिरहे पनि लामखुट्टेको टोकाई र सङ्क्रमण भने बढिरहेको छ। लामखुट्टेको प्रकोप बढ्दा यस अगाडि स्वास्थ्य कार्यालयको आयोजनामा पानी पोख्ने अभियानसमेत चलाइएको थियो।

स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले बिहान र बेलुकाको समयमा जिल्लामा रहेको सबै सरकारी तथा गैर सरकारी निकाय, स्थानीय तहका सबै वडा, स्वास्थ्य संस्था, विद्यालय, ग्यारेज, वर्कसप, कवाडी सङ्कलन केन्द्र, नागरिकका घर तथा पसलसहित समुदायमा रहेका पानी जम्ने खाल्डाखुल्डी, ताल, पोखरी, झाडी सबै ठाउँमा सरसफाइको अभियान चलाइएको र यसलाई निरन्तरता दिनुपर्ने बताए।

गत वर्ष जिल्लाका दुई सय २५ जनामा डेंगु सङ्क्रमण भएको भन्दै उनले घर आसपासमा रहेको फोहोर, झाडी, नहल्लिने गरेर जमेको पानीलगायतका कारण लामखुट्टेले फुल पारेर बच्चा संख्या वृद्धि हुने लामखुट्टेको टोकाइ बढ्दा डेंगुको जोखिम पनि झन् झन् बढ्दै जाने भएकोले सचेत हुन जिल्लावासीमा अनुरोध गरे।
लामखुट्टेको टोकाइबाट बच्न आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाउँहरूमा पानी जम्न नदिने, पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्ने, दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाइबाट बच्ने मलम लगाउने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, बिहान, दिउँसो, राति जुनसुकै वेला झुल लगाएर मात्र सुत्ने, पूरै शरीर ढाक्ने गरी लुगा लगाउनेलगायतका उपाय अवलम्बन गर्नुपर्ने चिकित्सहरुको सुझाव छ।

उच्च ज्वरो आउने, जोर्नी र मांसपेशीहरू बेस्सरी दुख्ने, आँखाको गेडी दुख्ने, बेस्सरी टाउको दुख्ने, शरीरमा राता बिमिराहरू आउने, वाकवाकी लाग्ने वा वान्ता हुनेलगायतका लक्षणहरू देखिए डेंगु भएको हुन सक्ने भएकाले नागरिकले समयमा नै स्वास्थ्य परीक्षण गराउनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ।
एडिज जातको लामखुट्टेले बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी हुने भएकोले दिउँसोभन्दा बिहान र साँझको समयमा झनै सचेत हुनुपर्ने स्वास्थ्यकर्मीहरूको सुझाव छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनसुन अगावै एसियन हाइवेको ‘डाइभर्सन’को काम सम्पन्न गर्न निर्देशन

झापा। मनसुन सुरु हुनु अगावै पूर्वपश्चिम राजमार्गको पूर्वीखण्डमा निर्माणाधीन एसियन हाइवेको डाइभर्सनको काम सम्पन्न गरिसक्न काँकडभिट्टा–लौकही सडक योजना क...

काठमाडौं उपत्यकामा मेलम्चीको पानी बितरण विस्तार

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौँको बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी वितर...

हङकङमा वर्किङ भिसा खुला गर्न सरकारले कुटनीतिक पहल गर्छ : श्रममन्त्री भण्डारी

काठमाडाैं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत्  सिंह भण्डारीले हङकङले सन् २००५ देखि रोक लगाएको वर्किङ र घरेलु कामदार भिसा पुनः खुलाउन सरकारी...

बजेटबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ । बैठक शनिबार दिउँसो २ः०० बजे सङ्घीय संसद् भवन, नयाँबानेश्वरमा बस्ने भएकाे हाे ।  बैठक...

सगरमाथा संबादकाे दाेस्राे दिन, छलफलमा २३ टोलीले भाग लिदैँ

काठमाडौं  । हिजो देखी काठमाडौंमा सुरू भएको अन्तराष्ट्रिय स्तरको ‘सगरमाथा संबाद’ कार्यक्रममा आज छलफल सेशन चल्दैछ । हिमाल, हिमनदीसहित विश्वमा देखा परेको...

आजको मौसमः काेशी र बाग्मती प्रदेशमा वर्षा हुन सक्ने

काठमाडौं  । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागर बाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेक...

लुम्बिनी वाइसियलमा जनार्दन समूहको लज्जास्पद हार

ट्राफिक लाइट तोडफोड गरेको आरोपमा एक पक्राउ

शुक्रबार हावाहुरीले मच्चायो वितण्डाः लुम्बिनीमा ५ जनाको मृत्यु, ८ घाइते

रुपन्देही । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा शुक्रवार दिउँसो आएको हावाहुरीले ५ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।  पानीसँगै तीव्र गतिमा ...

दुर्गममा आँखा उपचार विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योती संघबीच सम्झौता

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल नेत्रज्योति संघबीच उपचार सेवा नपुगेका ठाउँमा आँखा उपचार सेवा विस्तार गर्न सम्झौता भएको छ । स्व...

तराइमा धमाधम सौर्य उर्जा परियोजना सञ्चालन गर्दै अपी पावर

काठमाडौं । जलविद्युत र सौर्य उर्जा सहितको नविकरणीय उर्जा उत्पादनमा केन्द्रित कम्पनी, अपी पावर कम्पनी लिमिटेडले मधेश प्रदेशमा चौथो सौर्य उर्जा परियोजना...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending