Ntc summer Offer
Khabar Dabali १२ जेष्ठ २०८२ आईतवार | 25th May, 2025 Sun
Investment bank

मधेसमा यति ठुलो मन्त्रीमण्डल आवश्यकता कि विकास बजेट लुट्ने प्रपञ्च ?

खबरडबली संवाददाता

जनकपुर । मधेस प्रदेशमा १२ वटा मन्त्रालय छ, तर त्यहाँ मन्त्री र राज्यमन्त्री गरेर मन्त्रिपरिषद्  २० सदस्यीय बनाइएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले भागबन्डा पुर्‍याउनकै लागि मनपरी ढंगले मन्त्री थपेका हुन् । 

आठ वटा मात्रै जिल्ला भएको मधेस प्रदेश भूगोलको आधारमा सानो छ । तर यति मन्त्री किन बनाएको भन्दै सरकारको आलोचना भइरहेको छ । सर्वसाधारण नागरिक देखी विभिन्न क्षेत्रका बुद्धिजीवी, राजनीतिक दल, पेसा व्यवसायी लगायतका व्यक्तिहरूले सरकारको यस्तो गैरजिम्मेवार कामको आलोचना गरिरहेका छन् । 

यसैबिच प्रभु साह नेतृत्वको आम जनता पार्टी मधेस प्रदेश कमिटीले आठ जिल्ला रहेको सानो भूगोलको प्रदेशमा १२ मन्त्रालय र २० मन्त्रीको आवश्यकता किन पर्‍यो भन्दै प्रश्न उठाएको छ । आजपा मधेस प्रदेशका अध्यक्ष उमेश कुशवाहाले सानो प्रदेशमा यति ठुलो मन्त्रीमण्डलको गठन आवश्यकता हो कि मधेसको विकास बजेट लुट्ने प्रपञ्च हो भन्दै प्रश्न गरेका छन् । 

‘देशमा सुशासन, विकास र स्थायित्वको लागि एमाले र कांग्रेस गठबन्धन बनेको बताईरहदा मधेस प्रदेशमा ठीक उल्टो २० सदस्यीय मन्त्रीमण्डल बिस्तार भएको छ । देशको सबभन्दा सानो प्रदेशमा यति ठुलो मन्त्रीमण्डलको गठन आवश्यकता हो कि मधेसको विकास बजेट लुट्ने प्रपञ्च हो ?’ कुशवाहाले प्रश्न गरे । 

मधेस प्रदेशमा विद्यार्थीको अनुपातमा विषयगत र तहगत शिक्षकको अभाव रहेको र शिक्षा तथा स्वास्थ्य सेवाको स्तर खस्किरहेको बताउँदै उनले यहाँको व्यापार चौपट भएको, युवाहरूले रोजगार पाउन नसकेको, सिङ्गै मधेस प्रदेश मानव विकास सूचकाङ्कमा पछाडि परेको अवस्थामा सरकारले मिहिन तरिकाले काम गर्नुको साटो मन्त्री नियुक्त, विस्तार, भागबन्डा, भ्रष्टाचार र अनियमितताको खेलमा लागेको  आरोप लगाए ।

‘आठ वटा जिल्ला मात्र भएको प्रदेशमा २० वटा मन्त्रीको रेकर्डले के मधेसको नाम बढाउने छ कि बदनाम गर्नेछ ? सिके राउत सँग सोध्न चाहन्छु । आज मधेसमा दलित र गरिबहरू घर बनेको पैसा सरकारले दिन सकिरहेको छैन, विद्यार्थीको अनुपात शिक्षक छैन, शिक्षा र स्वास्थ्यको स्तर खस्किँदो छ, उद्योग व्यापार चौपट छ, युवाले रोजगार पाएको छैन, सिङ्गै मधेस मानव विकास सूचकाङ्कमा पछाडि छ । यस्तो अवस्थामा अनावश्यक मन्त्रीमण्डल बिस्तार कुनै पनि हिसाबले सही छैन । यस विषयमा गठबन्धनका नेताहरूले समयमा ध्यान देओस्, नत्र जनता चुप लागेर बस्दैन’ उनले भने ।

मधेसको विकासका लागि ध्यान दिनुपर्ने सरकारले भ्रष्टाचारमा लिप्त रहेको र सत्तारुढ गठबन्धनमा रहेका पार्टी, नेतालाई भागबन्डाको आधारमा कमाउने धन्दामा लागेको आरोप उनले लगाएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री, मन्त्री र सांसदका छोराछोरीलाई समावेशीमा रोक्नुपर्छः वर्षमान पुन

पाल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले १० वर्षे सशस्त्र द्वन्द्वले एकात्मक र केन्द्रिकृत सामन्ती व्यवस्थाका कारण पछि पारिएका समुदाय ...

अध्यक्ष प्रचण्डलाई कास्कीका पाँच वामपन्थी दलको ज्ञापनपत्र

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कास्की जिल्लाका पाँच वामपन्थी समाजवादी दलहरूले संयुक्त ज्ञाप...

असिनाले भित्र्याउने बेलाका बालीनालीमा क्षति, मार्सी धानको बिउ पूर्ण रूपमा क्षति

जुम्ला । जुम्लामा शुक्रबार दिउँसो परेको असिनाले बालीनालीमा क्षति गरेको छ। जुम्लाको तिला गाउँपालिका–९ मा झण्डै आधा फिट असिना परेको छ। असिना शुक्रबार अप...

भोजपुरमा हुरीले अकबरे खुर्सानीमा क्षति पुर्याउँदा किसान चिन्तित

भोजपुर । वर्षासँगै आएको हावाहुरीले खुर्सानी खेतीमा क्षति पुर्‍यापछि भोजपुरका बोखिमका किसान चिन्तित भएका छन् ।हावाहुरीका कारण फुल्दै गरेको अकबरे खुर्सा...

पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध

ढोरपाटन । अविरल वर्षाका पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । शुक्रबार साँझदेखि परेको वर्षाका कारण करिडोरको बागलुङ नग...

खाली पेट चिया र बिस्कुट किन खानुहुँदैन ?

काठमाडौँ । नेपालमा चियाका सौखिनहरूको कमी छैन । धेरै मानिसहरूको दिनको सुरुवात नै चियाबाट हुन्छ ।  उनीहरू आफूलाई ताजा महसुस गराउन चिया पिउनु आवश्यक ठ...

पाँच वर्षदेखि अधुरै रह्यो विराटनगर भन्सारको राजस्व लक्ष्य

विराटनगर । कुनै समय विराटनगर भन्सार पूर्वी नेपालकै व्यस्त कार्यालय मानिन्थ्यो । आयात–निर्यातको चापले सधैंजसो गुल्जार रहने यो भन्सार दशकयता सुस्त र सुन...

बागमती नदीले डाइभर्सन बगाउँदा कान्ति लोकपथ अवरुद्ध

हेटौँडा । हेटौँडालाई काठमाडौँसँग जोड्ने कान्ति लोकपथ अवरुद्ध भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ८, बगुवास्थित कान्तिलोकपथ सडक खण्डमा रहे...

आजको मौसमः तीन प्रदेशमा पानी पर्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको ...

आजको राशिफल: २०८२ जेठ १० गते शनिबार

आजको राशिफल बि.सं २०८२ जेठ १० गते शुक्रबार, ई.सं २०२५ मे २४, नेपाल सम्बत ११४५ बछलाग द्वादशी, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल द्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending