Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८२ सोमबार | 19th May, 2025 Mon
Investment bank

एलडिसीमा स्तरोन्नतिपछिका चुनौती कम गर्न बहुआयामिक रणनीति अपनाउनुपर्नेमा जोड

खबरडबली संवाददाता

काठमाडौँ। नेपालले सन् २०२६ मा अल्पविकसित राष्ट्र (एलडिसी) समूहबाट स्तरोन्नति हुँदाका चुनौतीलाई न्यूनीकरण गर्न बृहत्तर दृष्टिकोण अपनाउनुपर्ने एक अध्ययनले औँल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि युरोपियन युनियन नेपाल व्यापार तथा लगानी कार्यक्रम (टिआइपी)को सहयोगमा हालै गरिएको नेपालको एलडिसी ग्रेजुएसनः डब्लुटिओ दायित्वहरूमा प्रभाव कम गर्न व्यापार नीतिमा सुधारसम्बन्धी अध्ययनमा सो कुरा उल्लेख छ ।  

अध्ययनले नेपालका लागि कानुनी र नियामक ढाँचामा सुधार गर्नुपर्ने, संस्थागत कार्यविधिमा सुधार गर्नुपर्ने, मानव संसाधनको क्षमतामा सुधार गर्नुपर्ने, निर्यात बजारलाई विविधीकरण गर्नुपर्ने र अन्तर्राष्ट्रिय सहकार्यलाई बलियो बनाउनुपर्ने आवश्यकतामा जोड दिएको छ । साथै अध्ययनले गैरभन्सार अवरोधहरू सम्बोधन गर्न राष्ट्रिय क्षमताको सुदृढीकरण, राष्ट्रिय स्तरको विकास, प्रमुख व्यापार साझेदारहरूसँग पारस्परिक मान्यता सम्झौताहरू, नेपाल व्यापार एकीकरण रणनीतिले प्राथमिकतामा राखेका उत्पादनहरू प्रवद्र्धन, स्तरोन्नति भएका अन्य देशहरूको अनुभव लगायतमा ध्यान दिन सकिएमा नेपालका लागि सहयोग पुग्ने सुझाव दिएको छ ।  

स्तरोन्नतिपछि आइपर्ने चुनौतीलाई आफ्नो हित अनुकूल अन्तर्राष्ट्रिय व्यापारबाट लाभ लिने क्षमता कायम राख्न नेपालले कानुनी र नीतिगत सुधारलाई तीव्रता दिनुपर्ने र संस्थागत एवं मानव संसाधन क्षमतालाई बलियो बनाउनुपर्नेमा यहाँ आयोजित सार्वजनिक–निजी संवाद कार्यक्रममा सहभागी नीति निर्माताहरू, व्यापार विशेषज्ञहरू, विकास साझेदारहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको साझा धारणा रहेको छ ।

कार्यक्रममा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले नेपालको स्तरोन्नति तयारीका सम्बन्धमा निजी क्षेत्रले उठाएका चासो र दिएका सुझावप्रति सरकार गम्भीर रहेको उल्लेख गरे। सहसचिव देवराज जोशीले एलडिसीबाट स्तरोन्नति नेपालको लागि चुनौती र अवसर दुवै रहेको बताउँदै यसलाई ध्यानमा राखी नेपालले व्यापारसम्बन्धी नीति र कानुनमा सुधार जारी राख्न आवश्यक रहेको बताए।

अध्ययन प्रतिवेदनको मस्यौदा प्रस्तुत गर्दै व्यापारविज्ञ तथा पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझाले कृषि, अनुदान, बौद्धिक सम्पत्तिको अधिकार र व्यापार सहजीकरण सम्झौतासम्बन्धी सम्झौतालगायत विश्व व्यापार सङ्गठनका नयाँ दायित्वहरूको पालना गर्नसक्ने क्षमता नेपालमा हुनुपर्नेमा जोड दिए। 

अन्तर्राष्ट्रिय व्यापार केन्द्रका अन्तर्राष्ट्रियविज्ञ अभिजित दासले स्तरोन्नतिसँगै नेपालले अन्तर्राष्ट्रिय व्यापारका कडा नियमहरू सामना गर्नुपर्ने तथा भन्सार सुविधाहरू गमाउने जोखिमबारे सचेत गराउँदै  एलडिसीबाटको सङ्क्रमण सहज हुने सुनिश्चित गर्न आवश्यक कार्ययोजना बनाई तयारी थाल्नुपर्नेमा जोड दिए। नेपाल महिला उद्यमी महासङ्घकी अध्यक्ष शोभा ज्ञवालीले नेपाल स्तरोन्नतिका लागि अझै परिपक्व नभएको उल्लेख गर्दै महिला व्यवसायीले अन्तर्राष्ट्रिय व्यापारमा अधिकतम फाइदा लिनसक्ने गरी तयारीका लागि महिलाको क्षमता बढाउन र सार्वजनिक निजी संवाद व्यापक बनाउन सुझाव जोड दिए ।

निजी क्षेत्रका अन्य प्रतिनिधिहरूले उत्पादन तथा निर्यात लागत अन्य देशको तुलनामा बढी रहेको कारण नेपाली व्यवसायीहरूको प्रतिस्पर्धात्मक क्षमता कम हुन गएको, नेपाली उद्योगहरू जोखिममा जान सक्नेबारे विश्लेषण तथा प्रमुख गन्तव्य मुलुकहरूसँग नेपाली वस्तुका लागि विशेष सुविधाका लागि अनुरोध गर्नुपर्नेमा जोड दिएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार अदालतले प्रसाईंलाई र...

कुलमान हटाइनु सम्पूर्ण नेपालीहरूको पहिचानमाथि सरकारले गरेको अत्याचार हो : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउनु सम्पूर्ण नेपा...

रसुवामा ठूलो परिमाणमा सुन बरामद

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, रसुवाले ठूलो परिमाणमा सुन बरामद गरेको छ । अहिले सुन जोख्ने काम भइरहेको रसुवा प्रहरी प्रमुख हेमबहादुर शाहीले बताए...

महिला टी–२० विश्वकप छनोट : सुपर तीनमा नेपालको पहिलो खेल युएईसँग

काठमाडौँ । थाइल्यान्डमा जारी आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर तीनको पहिलो खेलमा नेपालले सोमबार संयुक्त अरव इमिरेट्स (युएई) सँग प्रतिस्पर्ध...

६ दिनदेखि नेप्सेको गिरावट कायमै

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक २.६९ अंकले घटेको छ । शून्य दशमलव १० प्रतिशतले घटेर २ हजार ६ सय ९ दशमलव शून्य पाँच विन्दुमा ओर्लिएको हो । ग...

देउवापछि कांग्रेसमा को सभापति ? सानेपामा देउवानिकट ६ भाइको बैठक जारी

काठमाडौँ । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवानिकट ६ पूर्व पदाधिकारीहरु छलफलमा जुटेका छन्। पूर्व उपसभापति गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, वि...

एक हप्तामा गभर्नरको नियुक्ति : सञ्चारमन्त्री गुरुङ

सरकार साढे तीन वर्ष ढुक्कले जाने भएपछि विपक्षीहरू आत्तिए

२५ बुँदे आह्वान जारी गर्दै सम्पन्न भयो सगरमाथा संवाद

काठमाडौँ। नेपाल सरकारले पहिलो पटक आयोजना गरेको सगरमाथा संवाद २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै आज सम्पन्न भएको छ। ‘जलवायु परिवर्तन, हिमाल र म...

सुदूरपश्चिममा नाउपाबाट रामेश्वर चौधरी मन्त्री नियुक्त

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद रामेश्वर चौधरी सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् । आइतब...

उच्च मनोबलका साथ विश्व प्रतिस्पार्धामा विजयी हुनुस् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दक्षिण एसियाली युुथ टेबल टेनिस प्रतियोगिता’मा पदक विजेता खेलाडीलाई बधाई ज्ञापन गरेको छ । प्रधानमन्त्री न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending