Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

मिथिला क्षेत्रमा हराउँदै झुलाको रौनक

खबरडबली संवाददाता

जनकपुरधाम । मिथिला क्षेत्रको महत्वपूर्ण लोकपर्वमध्ये एक झुला महोत्सव पनि हो । बुधबार बेलुकादेखि सुरु भएको मिथिलाको लोक पर्व झुला महोत्सव रौनक विगतमा भन्दा कम भएको देखिएको छ । 

विगतमा जकपुरधामललगायत मिथिला क्षेत्रका विभिन्न मठमन्दिरहरुमा देखिएको झुला महोत्सव घटेर जानकी मन्दिर, राम मन्दिर, रत्नसागरमा मात्र झुलाको लोकगीत गुञ्जिा थालेका छन् । बर्खा ऋतुको कजरीलगायतका लोकगीतहरु दिनहुँ गुञ्जिने जनकपुरधामका मठमन्दिरहरूमा ति लोकगीतसँगै भक्तजनहरुको घुँइचो र नाचगान गर्ने कालाकारहरुको रौनक पनि कम भएको छ । 

हिन्दु संस्कृति परम्परा जोगाउन यस्ता लोक पर्व, संकृति, कला र गीतहरु गुञ्जिन आवश्यक हुन्छ र तर यहाँ तीन तहको सरकार हुँदा पनि यस्त संस्कृति जोगाउनमा कसैले चाँसो नर्दिका कारण मिथिलामा मनाउने लोक संस्कृतिको रौनक हराउँदै गएको हो । भुला महोत्सवका कारण ऋतु वर्णण, विरहवेदना, राधाकृष्ण लीलाको प्रचुरता रहने कजरीका विषयवस्तु अहिले मिथिलाबाट लोप हुने अवस्थामा छन् । 

जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवका अनुसार पहिले रंगभूमि मैदानमा मनाउने मनि पर्वत झुला हेर्न आउनेहरुको घुँइचो लाग्ने गथ्र्यो । तर, त्यो रंगभूमि मैदान हेर्न लायकको छैन, रंगभूमि मैदानलाई व्यवस्थित बनाउन कुनै सरकारले ध्यान दिएको छैन, मिथिलाको संकृतिलाई जोगाउन कुनै चाँसो दिएका छनैन्, जनकपुरधामका विभिन्न मठमन्दिरहरुमा मनाइने पर्व जानकी मन्दिर, राममन्दिर र रत्नसागर मन्दिरमा मात्र सिमित भएका छन्, अन्य मन्दिरहरुमा बिधि मात्र गरिन्छ, त्यसकारण पनि झुला महोत्सवको रौनक पहिला जस्तो छैन । 

विशेषगरी साउन महिनामा मनाइने झुला पर्वका अवसरमा यहाँका मठमन्दिरहरूमा कजरीसँगै पावस, मल्हार, बारहमासा र झुलाजस्ता लोकगीतहरू गाउने र नाच्ने चलन थियो । तर यतिबेला झुला पर्व सिमित मन्दिर र यसमा गाइने लोकगीतहरु पनि सिमित भएका कारण भक्तजनहरुको संख्या पनि घट्दै गएको महन्थले भने । पारम्परिक तरिकाले मनाउने झुला महत्सवको महत्वमा कमी आएपछि गाउँगाउँबाट हेर्न आउने भक्तजनहरुमा पनि कमी आएका कारण रौनकमा पनि कमी आएको जानकी मन्दिरका महन्थ दास वैष्णवको कथन छ । 

उनि थप्छन्, “मिथिलामा मात्र नभएर अयोध्या, वृन्दावन, काशीमा समेत मनाइने झुला पर्वमा पहिला विवाह पञ्चमी जसरी रौनक हुन्थ्यो, डोला निकालिन्थ्यो, डोला हेर्न नेपालका विभिन्न स्थान र छिमेकी राष्ट्र भारतका समेत भक्तजनहरु यहाँ आउने गर्थे । तर, अहिले सिमित मन्दिरहरुमा रौनक देख्न पाइन्छ र भक्तजन पनि सिमित भएका छन् ।”

साउन शुक्ल तृतीया तिथि (बुधबार) बाट सुरु भएको महोत्सव पूर्णिमासम्म जारी रहनेछ । यस महोत्सवमा भगवान् श्रीराम माता सीता सहितका देवी देवताहरूलाई कलात्मक झुलामा राखेर १५ दिनसम्म प्रत्येक साँझ रेशमको डोरीले तानेर झुलाइने परम्परा छ । साउन शुक्ल तृतीया तिथिबाट आरम्भ हुने झुलामा विभिन्न देवीदेवताहरूलाई झुलामा झुलाई आस्था र भक्ति भाव प्रकट गर्ने गरिन्छ । 

संस्कृतिविद्हरूका अनुसार जयपुरको गलता मठबाट आएका रामानन्दी सम्प्रदायका सन्त सुरकिशोर दासले सन् १७३० बाट जनकपुरधाममा झुलनोत्सव सुरु गरेका थिए । रामानन्दी सम्प्रदायका भए पनि रसिक सम्प्रदायप्रति झुकाव राख्ने सन्त दासले माता सीतालाई पुत्रीभावले झुलाउने गर्नुभएको धािर्मक अध्येताहरूको भनाइ छ । 

‘रसिक सम्प्रदायमा अराध्यदेवसँग आत्मीय भाववृद्धिका लागि कुनै न कुनै नाता जोड्ने चलन छ । त्यसअनुसार नै सन्त दासले सीतासँग पितापुत्रीको सम्बन्ध जोड्नु भएको आकलन गरिन्छ । जनकपुरधाम माता सीताको माइत पनि हो । जानकी मन्दिरका पूर्व महन्थ दासकै सम्बन्धभावका अनुसार उहाँपछिका महन्थहरूले सीता माताको पूजाअर्चना पुत्री भावले गर्दै आएका छन् । ‘भगवान् र भक्तबीचको यो सम्बन्ध अनौठो छ । सन्त दासकै समयमा जनकपुरधाममा सनातन धर्मको संरचनात्मक र सांस्कृतिक आधार बलियो भएको बताइन्छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: