Khabar Dabali १५ फाल्गुन २०८२ शुक्रबार | 27th February, 2026 Fri
Investment bank

ह्यारिसको निर्वाचन अभियानले ट्रम्पको ‘भीड अभियान’ लाई माथ गर्दै

खबरडबली संवाददाता

एजेन्सी । रिपब्लिकन पार्टीका नेता ट्रम्पले निर्वाचनमा आफूप्रतिको अमेरिकी जनताको आकर्षण पुष्टि गर्ने गरेको एउटा प्रमुख आधारलाई चुनौती दिन अमेरिकी राष्ट्रपतिका उम्मेदवार तथा उपराष्ट्रपति कमला ह्यारिसका सफल भएकी छिन् । 

फिलाडेल्फियामा आफ्ना उम्मेदवार ह्यारिसका कुरा सुन्न करिब १४ हजार मतदाता चुनावी सभामा सहभागी भएका थिए । बुधबार विस्कन्सिनको इउ क्लेयरमा भएको प्रदर्शनमा हजारौँ समर्थकको सहभागितामा करिब एक किलोमिटरभन्दा बढी लामो भीड भेला गरी यस पहिले रिपब्लिकन पार्टीका नेता ट्रम्पले निर्वाचनमा आफूप्रतिको अमेरिकी जनताको आकर्षण पुष्टि गर्ने गरेको एउटा प्रमुख आधारलाई चुनौती दिएकी हुन् । 

डोनाल्ड ट्रम्पको चुनावी अभियानका कार्यक्रमहरूमा यस्तो सहभागिता सामान्य मानिन्छ तर यी उत्तेजक र आक्रामक नाराबाजीसहितको जुलुस पूर्वराष्ट्रपति ट्रम्पका लागि नभई वर्तमान् उपराष्ट्रपति कमला ह्यारिसको अभियानको समर्थनमा निकालिएको थियो । ह्यारिस अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट ट्रम्पको प्रतिद्वन्द्वी हुन् । 

कार निर्माण कम्पनी स्टेलान्टिसमा काम गर्ने ४६ वर्षीया किना जोनसनले बुधबार मिशिगनको डेट्रोइटस्थित एक एयरफिल्डमा एएफपीसँग भने, “सबै जना साँच्चिकै चुनाबी प्रचारप्रसारका लागि भेला भएका हुन् ।” जोनसनले डेमोक्र्याटहरूको चुनावी र्‍यालीबारे भने, “मलाई लाग्छ उनीहरू अझ धेरै सकारात्मक हुनेछन् । अहिले एक महिलाका लागि यो राम्रो कुरा हो, यसले महिलाप्रतिको विश्वासका लागि इतिहास रचिरहेको छ ।”

मिनेसोटाका गभर्नर वाल्ज, मिशिगनमा समर्थकहरूको मानवसागर देखेर दङ्ग देखिन्र्थे । अभियानका अधिकारीहरूले यसलाई १५ हजार सहभागी भएको जुलुस बताए भने वाल्जले यसलाई ‘अभियानको सबैभन्दा ठूलो र्‍याली’ भएको दावी गरे । बाराक ओबामाको शासनकालमा डेमोक्र्याटिक पार्टीको राजनीतिक कार्यक्रममा भाग लिने थुप्रै अमेरिकीहरूको सहभागिता सामान्य हुन्थ्यो तर पछिका डेमोक्र्याटिक उम्मेदवारका लागि यो विरलैको घटना थियो । एक चमत्कारिक अश्वेत युवा उम्मेदवार ओबामाले राष्ट्रपति बन्नका लागि अवरोधहरू तोडेका थिए । 

ओबामा र ट्रम्पपछिका दर्जनौँ वर्षहरूमा यो दुर्लभ भएको छ । सङ्ख्याको खेलको बारेमा तीव्र रूपमा सचेत र ठूलो भीडलाई व्यापक समर्थनसँग जोडिन्छ । राष्ट्रपति चुनाव हुनुभन्दा तीन महिना कम समय रहँदा ह्यारिस र वाल्जले डेमोक्र्याटिक पार्टीको आधारमार्फत उत्साहको झट्का पठाउँदा ट्रम्पको चुनाबी सभामा हुने भीड र त्यसको समर्थकमा पर्ने लाभलाई ओझेलमा पारेको छ ।

यसले राष्ट्रपति जो बाइडेनले यो चुनावी चक्रमा कोरेको सानो चार्टमा शान्त भीडको तुलनामा उपस्थित सङ्ख्यालाई विशाल देखाइएको छ । बाइडेन र सन् २०१६ का उम्मेदवार हिलारी क्लिन्टन ट्रम्पको विशाल र उत्तेजक ‘रोड शो’सँग कहिल्यै प्रतिस्पर्धा गर्न सकेका थिएनन् । ट्रम्पले यसपहिले अत्यधिक भीड, अराजक शब्द र उत्तेजक समर्थकहरूलाई अग्रपङ्क्तिमा उभ्याएर धेरै स्थानमा विजय सुनिश्चित गर्न रातारात अभियान गरिरहेका थिए । तर बाइडेन यस वर्षको दौडबाट बाहिरिएपछि ट्रम्पकी नयाँ प्रतिद्वन्द्वीले प्रदर्शनको खेलमा रिपब्लिकन नेतालाई चुनौती दिन आफू सक्षम रहेको देखाएकी छिन् । 

ह्यारिसले गत हप्ता जर्जियाको एटलान्टामा १० हजारको दर्शक क्षमताको रङ्गशालामा भरिभराउ दर्शकलाई सम्बोधन गरेकी थिइन् । उनले भीडलाई उत्तेजित गर्न दुई हिप–हप स्टारहरूको घोषणा गरेकी छिन् । त्यसको चार दिनपछि पूर्वराष्ट्रपति ट्रम्पले सोही स्थानमा समान आकारको भीडसहित र्‍याली निकालेको र तुरुन्तै व्यङ्ग्यात्मकरूपमा टिप्पणी गर्दै ‘क्रेजी कमला’ र उनको ‘धेरै खाली सिट’ बारे उल्लेख गरेका थिए । ट्रम्पले भीडलाई सम्बोधन गर्दै भने, “मलाई मनोरन्जनकर्ताको आवश्यकता छैन । म स्टेडियम भर्छु किनभने म अमेरिकालाई फेरि महान बनाउँदैछु । यो हाम्रो मनोरञ्जन हो ।”

युनिभर्सिटी अफ विस्कन्सिन–म्याडिसनका राजनीतिका प्राध्यापक ब्यारी बर्डनले एएफपीसँग भने, “ट्रम्पका समर्थकका लागि यो चिन्ताको विषय बनेको छ भने ह्यारिसका लागि गर्वको । ह्यारिसका जुलुशहरूलेसन् २०२० मा बाइडेन र सन् २०१६ मा क्लिन्टनको तुलनामा धेरै ठूलो भीडलाई आकर्षित गरेको छ । यस्तो स्पष्ट समर्थनले ट्रम्प मतदाताहरूलाई सन् २०२० को निर्वाचन परिणामको वैधताको बारेमा शङ्कालाई बढावा दिएको छ । “ह्यारिसले ट्रम्पका पूर्ववर्ती प्रतिद्वन्द्वीकोभन्दा बढी भीडसँग कुरा गरिरहेकी छिन्, ट्रम्पलाई ‘लाभको उम्मेदवार’ मान्नुको यो तर्क हराउँदै जान्छ,” बर्डनले भने । 

ट्रम्पले आफ्नो राजनीतिक जीवनको सुरुवातदेखि नै यस्ता फाइदा उठाउँदै आएको छ । सन् २०१५ मा उनको अभियानमा सहभागी हुन अलाबामाको एक फुटबल रङ्गशालामा ३० हजार मानिस भेला भएका थिए । राष्ट्रपतिको रूपमा उनीले ‘एयर फोर्स वन’लाई अभियानको अन्तिम सहाराको रूपमा प्रयोग गरेका थिए । उनको र्‍यालीमा गर्जन र उत्तेजित समर्थकहरूले सेल–फोनले तस्वीरहरू खिचिरहँदा उनी ‘सिनेमाको हिरोजस्तो’ विमानबाट बाहिर निस्किएका थिए । 

तर बुधबार ह्यारिसले ट्रम्पको चुनावी अभियानको नक्कल गर्दै उपराष्ट्रपतिको जेट एयर फोर्स टुमा डेट्रोइटको र्‍यालीमा पुगेका थिए । ट्रम्पले देशभक्तिपूर्ण प्रतिकात्मक बजारलाई समात्न खोज्दै अझैपनि अभियानको ‘अर्जुनदृष्टि’ उनको अमेरिका पहिलो भन्ने नारामा सीमित छ । तथापि, ह्यारिसको कर्कश फिलाडेल्फिया र्‍यालीमा पनि यस्तै आवाज सुनिएको थियो, जुन बाइडेनका कार्यक्रमहरूमा विरलै भएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE