Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

वनमन्त्री ठकुरीले मन्त्रालयबाट प्रारम्भ गर्नुभयो ‘प्लास्टिक फ्रि जोन’ अभियान

खबरडबली संवाददाता

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले केन्द्रीय प्रशासनिक भवन सिंहदरबार क्षेत्रमा मानव स्वास्थ्य र वातावरणमा असर गर्ने प्लास्टिकका सामग्रीको प्रयोग हटाउन ‘प्लास्टिक फ्रि जोन’ अभियानको सुरुआत गरेका छन् । 

वातावरणका क्षेत्रमा कार्यरत संस्था ‘साथसाथै फाउण्डेसन’ को प्रतिनिधिमण्डलसँग आज मन्त्रालयमा भएको भेटवार्तापछि उनले आफ्नै कार्यकक्षमा रहेका खानेपानीका प्लास्टिकका बोतल हटाएर सो अभियान प्रारम्भ गरे । मन्त्री ठकुरीले भने, “हाम्रो मन्त्रालयका सबै कार्यकक्षमा आजैदेखि मानव स्वास्थ्य र वातावरणमा असर गर्ने तथा प्रयोग गर्न अयोग्य प्लास्टिकका सामग्री हटाएर अभियानको सुरुआत गर्छौ । बाँकी अन्य मन्त्रालय र निकायलाई पनि आग्रह गरेर यसरी नै सिंहदरबार ‘प्लास्टिक फ्रि जोन’ बनाउन पहल गर्छौ ।”

सिंहदरबारका प्रवेशद्वारमा ‘प्लास्टिक फ्रि जोन’ सम्बन्धी सचेतनामूलक होडिङ बोर्ड राखेर अनुगमन गरी अभियान अघि बढाउने मन्त्री ठकुरीले प्रतिबद्धता व्यक्त गरे । साथै उनले सबैले पुनः प्रयोग गर्न मिल्ने सामग्रीको उपयोग गरेर वातावरण स्वच्छ बनाउन र जीवनशैलीमा मितव्ययिता अपनाउनुपर्नेमा समेत जोड दिए । सो अवसरमा साथसाथै फाउण्डेसनका अध्यक्ष प्रजिता कार्कीले स्वच्छ र हरित वातावरण बनाउन प्रत्येक व्यक्तिले आफ्नो तर्फबाट व्यक्तिगत रूपमा प्रतिबद्धता गरी काम गर्नुपर्ने संस्थाको अभियानका बारेमा मन्त्री ठकुरीलाई अवगत गराएका थिए । 

अध्यक्ष कार्कीले दिगो वातावरण र प्रकृति जोगाउनका लागि दैनिक जीवनमा प्रयोग हुने सामग्रीको पुनः प्रयोग गर्ने, कम प्रयोग गर्नेलगायत अभियानका लागि सचेतना आवश्यकतामा जोड दिइन । नेपाल सरकारले वातावरण र मानव स्वास्थ्यमा पर्ने जोखिम न्यूनीकरण गर्न २०७८ साउन १ गतेदेखि ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको उत्पादन, आयात, बिक्री, वितरण र प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । 

त्यस्तै सरकारले २०७९ साउन १२ गते राजपत्रका सूचना प्रकाशित गरेर नेपालभर प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात बिक्री वितरण वा भण्डारण गर्न रोक लगाउने निर्णय गरेको थियो । तर उक्त निर्णयहरू भने पूर्णरुपमा कार्यान्वयन भएको देखिँदैन । मन्त्रालयअन्तर्गतको वातावरण विभागका सूचना अधिकारी दीपक ज्ञवालीले उक्त निर्णय कार्यान्वयनका लागि विभागले सरोकारवाला व्यक्ति र निकायसँग छलफल गर्दै आएको, सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको, अनुगमन गरी अटेर गर्नेलाई कारबाही गर्ने गरेको, विकल्पका बारेमा समेत विभिन्न उपाय सम्बन्धमा छलफल गर्दै आएको बताइन । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: