काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक बिहान ११ बजेबाट सुरु हुने प्रवक्ता डा. प्रकाशशरण महतले बताए।
बुधबारबाट सुरु भएको बैठकमा विभिन्न ११ प्रस्तावमाथि छलफल चलिरहेको छ। बैठकमा बुधवार उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गरेका ११ प्रस्तावमाथि नेताहरुले आज पनि धारणा राख्नेछन्।
बैठकमा धारणा राख्ने क्रममा मोहन बस्नेत महामन्त्रीद्वयले नक्कली भुटानी शरणार्थी प्रकरण र गिरीबन्धु टी(इस्टेटको सम्बन्धमा दुई महामन्त्रीले सार्वजनिक रूपमा बोल्दा सत्ता गठबन्धनलाई अफ्ठ्यारो पारेको बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका नेताहरु बोलेको इखका रुपमा लिनसक्ने बताउँदै बस्नेतले गिरीबन्धु टी-इस्टेटको कुरा उठाइराखे गठबन्धनलाई अप्ठ्यारो पर्नसक्ने भय व्यक्त गरेका थिए ।
दुई महामन्त्रीको सोंच ओलीपछि प्रधानमन्त्रीमा शेरबहादुर देउवा प्रधानमन्त्री देख्न नचाहेको बस्नेतले आरोप लगाए ।
बैठकमा महासमिति बैठकबाट पारित प्रस्ताव, राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा भएको सहमति, १०० दिने साङ्गठनिक अभियान (भदौ १५–मंसिर २५), अनुशासनको कारवाहीका लागि भएका सिफारिस, पार्टीका विभिन्न तहमा रिक्त स्थानका पदपुर्ती, भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्था र निर्देशक समिति लगायत कार्यसम्पादनका निर्णय, क्रियाशील सदस्यता वितरण (नयाँ र नवीकरण) प्रक्रिया, जनसम्पर्क समिति, नियमावली संसोधन प्रस्ताव, कांग्रेस ‘जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका, २०८१’ र समसामयिक राजनीति र अन्य विविध विषयसम्बन्धी प्रस्ताव पेस गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८२ - ०९:३५
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको विशेष महाधिवेशनको बन्दसत्र लम्बिएको छ । यही ...
पौष २९ गते, २०८२ - ०९:२९
विशेष महाधिवेशन पक्षधर कांग्रेस कार्यसमिति बैठकमा नजाने
पौष २९ गते, २०८२ - ०९:२५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूलाई आज शपथ ग्रहण गराइने भएको छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो स...
पौष २९ गते, २०८२ - ०९:१९
बाँके । “मेरा दुई छोराहरु सात लाख रुपैयाँ ऋण झिकेर विदेश गए । उनीहरुलाई त्यो ऋण तिर्न दुई वर्ष लाग्यो । मैले पनि सात लाख नै ऋण झिकेर टमाटरखेती गरेँ । ...
पौष २९ गते, २०८२ - ०८:०२
काठमाडौँ । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनका क्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गठन गरेको वार्ता समितिसँग छलफल ...
पौष २९ गते, २०८२ - ०७:५४
रुपन्देही । सर्वेन्द्र यादव शिक्षण पेसासँगै कृषिमा सम्लग्न हुँदै आएका छन् । उनी बिहान–साँझपख खेतबारीमा पसिना बगाउँदै कृषिमा समेत रमाउँदै आएका छन् । ...
पौष २९ गते, २०८२ - ०७:४६
चितवन । चितवनको खैरहनीको खिचरा महोत्सवस्थलमा पुग्दा एउटा पर्खालले धेरै दर्शकलाई केही बेर रोक्छ। रङरेखाले सजिएको त्यो पर्खाल कुनै साधारण ‘वाल’ पेन्टिङ ...
पौष २९ गते, २०८२ - ०७:४०
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको ‘नीति’ र सभापति शेरबहादुर देउवाको समर्थनसमेतको ...
पौष २९ गते, २०८२ - ०७:३६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेद...
पौष २९ गते, २०८२ - ०७:२०
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बोलाइएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः०० बजे बस्ने बैठकमा पार्टीक...




प्रतिकृया लेख्नुहोस्: