Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

बंगलादेशको कलहमा अमेरिकिन हात, सेन्ट मार्टिन टापुमा सैन्य बेस राख्ने चाहाना

हसिनाको असहमति

खबरडबली संवाददाता


काठमाडौं । यो अप्रिल २०२३ को कुरा हो।

शेख हसिनाले बंगलादेशको संसदमा भाषण दिँदै भनिन्, ‘अमेरिकाले चाहेमा जुनसुकै देशमा सरकार परिवर्तन गर्न सक्छ। यदि उनीहरूले यहाँ सरकार बनायो भने त्यो जनताले निर्वाचित गरेको सरकार हुँदैन।’

हसिनाको बयानको एक वर्ष ३ महिनापछि अगस्ट ५ मा उनले राजीनामा मात्रै दिइनन्, देश छोड्नु पर्ने अवस्था आयो । उनले देश छाडेको तीन दिनपछि बंगलादेशमा बिहीबार राति अन्तरिम सरकार गठन भएको छ । सेनाले यस सरकारको नाम सल्लाहकार परिषद राखेको छ । नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसलाई यसको प्रमुख बनाइएको छ।

यसै क्रममा हसिनाले मोहम्मद युनुसलाई विदेशी एजेन्ट भएको आरोप लगाएकी छिन् । युनुसको अमेरिकासँग राम्रो सम्बन्ध छ। यस्तो अवस्थामा अमेरिकाले हसिनाको सत्ताच्युतमा कुनै भूमिका खेलेको हो कि होइन भन्ने प्रश्न उठिरहेको छ ।

यसका तीनवटा कारण देखिन्छन्ः
पहिलो, शेख हसिना र अमेरिकाको पुरानो दुश्मनी

२६ मे, स्थानः बंगलादेश प्रधानमन्त्री निवास। शेख हसिनाले १४ दलको बैठक बोलाएकी थिइन् । यसमा हसिनाले भनिन्, ‘बंगलादेश र म्यानमारका केही क्षेत्रहरू तोडेर पूर्वी टिमोर जस्तो ‘क्रिश्चियन देशु बनाउने षडयन्त्र रचिएको छ। एक ‘गोरो मानिस’ ले चुनावअघि मलाई प्रस्ताव गरेका थिए कि यदि हामीले अनुमति दिनु परयो कि हामी उत्तरी  क्षेत्रमा सेनाको बेस बनाउन चाहान्छौं, त्यसपछि कुनै समस्या बिना चुनाव गर्न दिइनेछ । ’

शेख हसिनाले त्यो देश र त्यो ‘गोरे मानिस’ को हो रु भनेर भनिनन् तर शंकाको सुई भने अमेरिका माथि उठ्यो। वास्तवमा, जुन २०२१ मा बंगाली अखबारहरूमा यो दाबी गरिएको थियो कि अमेरिकाले बंगलादेशसँग ‘सेन्ट मार्टिन टापु’ मागेको छ। जहाँ अमेरकिा सैन्य आधार शिबिर बनाउन चाहन्छ ।

यसपछि बंगलादेश वर्कर्स पार्टीका अध्यक्ष राशिद खान मेननले पनि संसदमा अमेरिका सेन्ट मार्टिन टापु अधिग्रहण गर्न चाहन्छ र क्वाडको सदस्य बन्न दबाब दिइरहेको बताए ।

बंगलादेशी राजनीतिमा यति धेरै तरंग मच्चाएको सेन्ट मार्टिन टापु जम्मा ३ वर्ग किलोमिटरको टापु हो । म्यानमारबाट यसको दूरी मात्र ५ माइल मात्रै टाढा छ। जुन २०२३ मा प्रधानमन्त्री हसिनाले विपक्षी दल बीएनपी सत्तामा आएमा सेन्ट मार्टिन बेच्ने बताएकीसमेत थिइन् ।

हसिनाका अनुसार सेन्ट मार्टिन भाडामा दिएमा देश चलाउन कुनै समस्या नहुने बताएकी थिइन् । तर देशको माटो कुनै विदेशीलाई सुम्पन सक्दैनन् । तर, सेन्ट मार्टिनमा भएको कोलाहल पछि अमेरिकाले उक्त टापु अधिग्रहण गर्ने इच्छा नरहेको बताएको थियो ।

अमेरिकाले सेन्ट मार्टिनमा आफ्नो अडान स्पष्ट गरिसकेको थियो तर क्वाडका सम्बन्धमा उसले कहिल्यै बयान दिएको छैन। यद्यपि चीनले पक्कै पनि यसबारे चिन्ता व्यक्त गरेको थियो। अप्रिल २०२० मा चिनियाँ रक्षामन्त्रीले बंगलादेशलाई क्वाडमा सामेल नहुन चेतावनी दिएका थिए। पछि बंगलादेशले यो समूहमा सामेल नहुने स्पष्ट पारेको थियो ।

यसपछि अमेरिका र बंगलादेशबीचको सम्बन्धमा तनाव देखिन थाल्यो । अमेरिकाले डिसेम्बर २०२१ मा बंगलादेशको र्‍यापिड एक्शन बटालियनलाई प्रतिबन्ध लगाएको थियो। यो अर्धसैनिक बल २००३ मा आतंकवाद रोक्न गठन गरिएको थियो तर जो विपक्षी नेताहरूलाई यातना दिन कुख्यात थियो।

सन् २०२३ मा अमेरिकाले बंगलादेशका धेरै नेता माथि भिसा प्रतिबन्ध लगाएको थियो । अमेरिकाले बंगलादेशको निर्वाचन प्रक्रियालाई कमजोर बनाउने जो कोहीलाई पनि प्रतिबन्ध लगाउने तर्क गरेको छ । अप्रिल २०२३ मा हसिनाले स्पष्ट रूपमा भनिन् कि अमेरिका बंगलादेशमा सरकार परिवर्तन गर्न चाहन्छ। अमेरिका र बंगलादेशबीचको सम्बन्ध यस दशकमा कहिल्यै खराब भएको छैन।

दोस्रो, अमेरिकी अधिकारीहरूले प्रतिपक्षी दलका नेताहरूलाई भेट्दै इन्स्टिच्युट फर डिफेन्स स्टडीज एण्ड एनालिसिसका अनुसार बंगलादेशमा अमेरिकाको प्रभाव स्थापना हुनु अघि देखि नै रहेको बताए। बंगलादेशको स्वतन्त्रताको सङ्घर्ष चलिरहेको बेला अमेरिकाले पश्चिम पाकिस्तानलाई साथ दिइरहेको थियो । अमेरिका लामो समयदेखि शेख मुजिबुर रहमान र अवामी लिगबीच विवादमा रहेको छ । शेख हसिनाको शासनकालमा अमेरिकासँगको सम्बन्ध सुमधुर रहे पनि त्यति राम्रो थिएन ।

बंगलादेशमा चुनाव हुनु अघि अमेरिकी अधिकारीहरूले विपक्षी नेताहरूसँग भेटघाट गरेको सामान्य खबर आएको थियो। उनले कट्टरपन्थी संगठन जमाते इस्लामी पार्टीका नेताहरुसँग पनि भेटघाट गरेका थिए । यस्तो अवस्थामा बंगलादेशको परिस्थितिमा अमेरिकाको पनि हात हुनसक्ने अनुमान गरिएको छ । तर, बंगलादेशको अहिलेको अवस्थाको पछाडि अमेरिकाको हात रहेको दाबी गर्न सकिँदैन । हसिना सरकारको पतनमा बंगलादेशको घरेलु समस्याले पनि ठूलो भूमिका खेलेको थियो ।

तेस्रो,

मोहम्मद युनुस सत्तामा आएपछि अमेरिकालाई फाइदा हुनेछ । प्रियंका सिंहले बंगलादेशमा सरकार परिवर्तन गर्दा अमेरिकालाई फाइदा पुग्ने बताइन् । मोहम्मद युनुस पश्चिमा देशसँग जोडिएका छन् । त्यहाँ धेरै काम गरे। अमेरिकी प्रणालीसँग धेरै परिचित रहेका तिनले अमेरिकी हितहरूमा ध्यान केन्द्रित गर्न सक्छन्। यदि उसलाई अमेरिकाको समर्थन मिलिरहेको छ भने यो धेरै अचम्मको कुरा होइन।

नोबेल शान्ति पुरस्कार मोहम्मद युनुसले मात्र पाएका छन् । उनलाई प्रतिष्ठित रेमन म्यागसेसे पुरस्कार प्रदान गरिएको छ। यो अवार्ड अमेरिकाको प्रतिष्ठित फाउन्डेसन फोर्ड फाउन्डेसनले प्रदान गरेको हो । उनको अमेरिकासँगको निकटता कसैबाट लुकेको छैन । हसिना सरकारमा ज्यान मार्ने धम्की आए पछि उनले अमेरिकी दूतावासमा शरण लिएका थिए ।

अमेरिकाले बंगलादेशको अन्तरिम सरकारलाई पनि सहयोग गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले एक विज्ञप्तिमा भनेका छन्, ‘हामी बंगलादेशको अवस्थाको निगरानी गरिरहेका छौं। मोहम्मद युनुसलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गरिएको छ र हामीलाई लाग्छ कि अन्तरिम सरकारले बंगलादेशमा स्थायित्व र शान्ति स्थापना गर्न सहयोग गर्नेछ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विष्णु पौडेलको पक्राउ प्रतिशोधपूर्ण र गैरन्यायिक, अविलम्ब रिहा गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति गम्भीर आपत्ति जनाउँदै उनलाई तत्काल रिहा गर्न माग गरेको छ। मंगलबार बसेको एमाल...

गृहमन्त्रीको ब्रेकफास्टको अम्लेटमा काँडा भेटिएपछि दुई जना कुक नियन्त्रणमा

चितवन । भरतपुरस्थित एक होटलमा परोसिएको अम्लेटमा माछाको काँडा भेटिएको घटनापछि प्रहरीले दुई जना भान्सा कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ। ...

रास्वपाको सदस्य संख्या ५ लाख २३ हजार नाघ्यो, महिलाको संख्या १७ प्रतिशत मात्रै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्य संख्या ५ लाख २३ हजार ४६५ पुगेको छ। चितवनमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा महामन्...

मालपानीको गाडी प्रयोग गर्ने व्यक्तिमाथि पनि अनुसन्धान हुनुपर्ने अधिवक्ता बडालको तर्क

काठमाडौं । वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधीवक्ता रमेश बडालले व्यवसायी कमलकिशोर मालपानीको सवारीसाधन प्रयोग गर्ने व्यक्तिमाथि पनि सम्पत्ति शुद्धीकरण...

ललितपुरको महालक्ष्मी नगरको लुभु र चाङ्गाथली क्षेत्रलाई जोड्दै नयाँ रुटमा चल्न थाल्यो साझा यातायात

ललितपुर। साझा यातायातले ललितपुर महालक्ष्मी नगरपालिकाकाको लुभु र चाङ्गाथली क्षेत्रबाट काठमाडौँको जमलसम्म नयाँ बस सेवा सञ्चालनमा ल्याएको छ। महालक्ष्मी न...

रास्वपाको बन्दसत्र सुरु, विभिन्न प्रतिवेदन र निर्वाचन कार्यतालिका सार्वजनिक हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र मंगलबार दिउँसोदेखि सुरु भएको छ। बन्दसत्रका लागि विभिन्न कार...

महाधिवेशनमा सबैलाई उम्मेदवारी दिन खुला छ: रवि लामिछाने

रास्वपा ‘ह्वीप’ भन्दा पनि ‘विवेक’ले चल्ने पार्टी हो

प्रतिनिधिलाई तोकिएको पाँच हजार स्वेच्छिक बनाइएको सभापति लामिछानेको घोषणा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाधिवेशन प्रतिनिधिका रूपमा तोकिएको पाँच हजार रुपैयाँ शुल्क स्वेच्छिक बनाइएको घो...

विष्णु पौडेल विशेष अदालतमा उपस्थित, २० दिन थुनामा राख्न अनुमति मागियो

काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको छ। वि...

रास्वपाको बन्द सत्र सुरु, बालेन शाह आएनन्

चितवन । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्द सत्र सुरु भएको छ। बन्द सत्र हिजो नै सुरु गर्ने तयारी भए पनि प्राविधिक कारण देखाउँ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending