ढाका। बंगलादेशमा अन्तरिम सरकार गठन भएको छ।
बिहीबार राति नोबेल पुरस्कार विजेता डा। मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । उनको टोलीका दुई विद्यार्थी नेतासहित १७ सदस्यले सपथ लिएका छन् । एम नाहिद इस्लाम र आसिफ महमूद साजिब भुइया विद्यार्थी आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्ने नाम हुन् ।
उनीहरु दुवैलाई त्यहाँ भएको ‘कु’को मुख्य अनुहार मानिन्छ। दुवै अहिले नयाँ सरकारमा सहभागी भएका छन् । मोहम्मद युनुस सेना समर्थित सरकारको सल्लाहकार बने पनि त्यहाँ प्रधानमन्त्री भने निर्वाचित भएका छैनन् । तर उनको हैसियत प्रधानमन्त्रीको जस्तै छ । जबकि उनको सल्लाहकार परिषदमा परेका सदस्य मन्त्रीको हैसियतमा रहने छन् ।
आउनुहोस, जानौं मन्त्री भएका दुई बिधार्थी नेताका बारेमा,
को हुन् नाहिद इस्लाम ?
नाहिद इस्लाम धेरै दिनदेखि बंगलादेशमा आरक्षण विरुद्ध चलिरहेको विद्यार्थी आन्दोलनको मुख्य अनुहार हुन्। नाहिद एक बंगलादेशी विद्यार्थी कार्यकर्ता हुन्, उनी बंगलादेश कोटा सुधार आन्दोलनका प्रमुख नेताहरू मध्ये एक थिए। विद्यार्थीको यो आन्दोलन पछि असहयोग आन्दोलनमा परिणत भयो । यो आन्दोलन शेख हसिना सरकारको पतनको कारण बन्न पुग्यो । विद्यार्थी नेता नाहिदकै कारण आन्दोलन यति हिंसात्मक बनेको थियो भने शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपरेको थियो । नाहिद पनि मोहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न मनाउने व्यक्ति हुन्।
नाहिद इस्लामको जन्म सन् १९९८ मा ढाकामा भएको थियो । उनी ढाका विश्वविद्यालयबाट २०१( १७ ब्याचका समाजशास्त्रका विद्यार्थी हुन्। उनी मानवअधिकारकर्मी तथा विद्यार्थी संगठन ‘विभेद विरुद्ध विद्यार्थी’का संयोजक पनि हुन् । उनका बुबा शिक्षक र आमा गृहिणी हुन्। नाहिद विवाहित र एक कान्छो भाइ छन्।
को हुन् आसिफ महमूद ?
बंगलादेशको अन्तरिम सरकारका सदस्य आसिफ महमूद विद्यार्थी आन्दोलनको अर्को ठूलो अनुहार हुन । आसिफ भेदभाव विरोधी विद्यार्थी आन्दोलनका मुख्य संयोजक हुन् । कुमिल्लाका आसिफ ढाका विश्वविद्यालयको २०१७९१८ ब्याचका भाषा अध्ययनका विद्यार्थी हुन्। उनी जून महिनामा आरक्षण विरुद्धको राष्ट्रव्यापी विद्यार्थी आन्दोलनमा सामेल भए। आसिफ महमूद जम्मा २६ वर्षका छन् ।
आसिफ महमूदले नख्खलपारा हुसेन अली हाई स्कूलबाट पढेका थिए । र, २०१५ मा एसएससी पास गरेका थिए। उनले सन् २०१७ मा आदमजी क्यान्टोन्मेन्ट कलेजबाट एचएससी पास गरेका थिए । आसिफ कलेजको बीएनसीसी प्लाटुनका पूर्व क्याडेट सर्जेन्ट थिए। उनी ढाका विश्वविद्यालयको विद्यार्थी अधिकार परिषद्का अध्यक्ष पनि थिए।
यी हुन बंगलादेशको अन्तरिम सरकारका १७ सदस्य
१. डा. मोहम्मद युनुस
२. डा सलेहुद्दीन अहमद
३. ब्रिगेडियर जनरल (सेवानिवृत्त) एम सखावत हुसेन
४ डा. एमडी नजरुल इस्लाम (आसिफ नजरुल)
५. आदिलुर रहमान खान
६. एएफ हसन आरिफ
७. मोहम्मद तौहिद हुसेन
८. सैयदा रिजवाना हसन
९. सुप्रदीप चकमा
१०. फरिदा अख्तर
११. विधान रञ्जन राई
१२. शर्मीन मुर्शिद
१३. एएफएम खालिद हुसेन
१४. फारुक ए आजम
१५. नूरजहाँ बेगम
१६. नाहिद इस्लाम
१७. आसिफ महमूद
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १५ गते, २०८२ - १३:२९
काठमाडौँ। गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै मङ्गलबार ‘तमू ल्होसार’ मनाइरहेका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने...
पौष १५ गते, २०८२ - १३:१९
काठमाडौं। नेपाली कांग्रेसले आशन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। सभापति शेरबहादुर देउवाको डिजिटल...
पौष १५ गते, २०८२ - १३:००
गुल्मी । गुल्मी कारागारको क्षमता पाँच महिला र २० पुरुष गरेर २५ जनाको हो । तर अहिले झण्डै पाँच गुणाभन्दा बढी कैदीबन्दी कारागारमा छन् । कहिलेकाहीँ द...
पौष १५ गते, २०८२ - १२:४६
काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बजेट अभावका कारण सबै सडक मर्मत सम्भार गर्न नसकेको बताएका छन्। मन्त्री घिसिङले २३औँ वार...
पौष १५ गते, २०८२ - १२:२९
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावअघि महाधिवेशन गर्दा पार्टीभित्रको प्रतिस्पर्धाले निर्वाचनमा नकारात्मक असर पार्न सक्ने चिन्ता...
पौष १५ गते, २०८२ - १२:१४
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंबीच मंगलबार बिहान बालुवाटार...
पौष १५ गते, २०८२ - १२:०५
सप्तरी। विवाहको प्रलोभन देखाई नाबालिका बलात्कार गरेको आरोपमा एक १७ वर्षीय युवक पक्राउ परेका छन् । बिहेको प्रलोभन देखाएर ललाई फकाई शनिबार किशोरीसँग ...
पौष १५ गते, २०८२ - ११:५६
काठमाडौं । दिनहुँ बढिरहेको सुनचाँदीको भाउ मंगलबार एकाएक घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला ७ हजार ९ सय रुपैय...
पौष १५ गते, २०८२ - ११:३१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीसँग पार्टी एकताको सहमति भएको १४ घण्टापछि उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले प्रतिक्रिया दिएका छन्। ...
पौष १५ गते, २०८२ - ११:०९
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक तर्फका उम्मेदवारहरूको सूची निर्वाचन आयोगमा बुझाएको छ। राप्रपाले आदिवासी जनजाति क्लस...




प्रतिकृया लेख्नुहोस्: