ताप्लेजुङ । यही भदौ ३ गतेदेखि सुरु हुने अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । प्रतियोगितामा आठ टोली सहभागी हुने निश्चित भएसँगै आयोजकले खेल तालिका सार्वजनिक गरेको हो ।
आयोजक लाखेजात्रा सञ्चालन समितिले शुक्रबार सार्वजनिक गरेको खेल तालिकाअनुसार चार–चार टोली रहेको दुई समूहबिच प्रतिस्पर्धा हुने छ । समूह ‘ए’ अन्तर्गत प्रिक्वार्टर खेलमा स्थानीय सङ्घर्ष स्पोर्टिङ युवा क्लब र कञ्चनजङ्घा फुटबल क्लब सिलिगुढी भारतबिच प्रतिस्पर्धा हुने भएको छ । यस्तै सोही समूहको अर्को बुटवल लुम्बिनी फुटबल क्लब रुपन्देही र सगरमाथा युथ क्लब मोरङबिच हुने छ ।
यस्तै समूह ‘बी’अन्तर्गत पाँचथर फुटबल क्लब पाँचथर र सलहेश युवा क्लब सिराहाको प्रिक्वार्टरमा स्पर्धा हुने छ । बी समूहकै अर्को खेल त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौं र विर्तामोड युनाइटेड फुटबल क्लब झापाबिच हुने आयोजकले जनाएको छ । लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष गुरुङका अनुसार प्रतियोगितामा एक जना फिफा रेफ्री, दुई जना राष्ट्रिय रेफ्रीसहित छ जना रहने छन् ।
यसवर्ष प्रतियोगिता विजेताले ट्रफी, मेडल, प्रमाणपत्रसहित पाँच लाख ५५५ रुपियाँ राशिको नगद पुरस्कार पाउने छ । त्यस्तै उपविजेताले दुई लाख ५० हजार ५५५ रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने छ । यता प्रतियोगिताको समय नजिकिएसँगै तयारी तीब्र रुपमा भइरहेको पनि समिति अध्यक्ष गुरुङले बताए । उनका बाँसको प्रयोग गरी अस्थायी प्याराफिट (दर्शकदिर्घा) निर्माणको कामलगायत तयारी धमाधम भइरहेको छ । प्रतियोगिता भदौ १० गते सम्पन्न हुने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - २०:१२
खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...
पौष १ गते, २०८२ - १९:१२
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । ...
पौष १ गते, २०८२ - १९:०४
दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे दिनमा नारा ...
पौष १ गते, २०८२ - १८:५३
काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...
पौष १ गते, २०८२ - १८:४९
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...
पौष १ गते, २०८२ - १८:१४
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्म...
पौष १ गते, २०८२ - १८:१०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...
पौष १ गते, २०८२ - १७:५९
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...
पौष १ गते, २०८२ - १७:५५
सङ्खुवासभा । यहाँको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार भन्दा बढी रुख काटिएको छ ...
पौष १ गते, २०८२ - १७:५२
काठमाडौं । नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन् । पार्ट...




प्रतिकृया लेख्नुहोस्: