Ntc summer Offer
Khabar Dabali २ असार २०८२ सोमबार | 16th June, 2025 Mon
Investment bank

हुलाक सेवालाई प्रविधिमैत्री बनाउनुपर्नेमा सञ्चारमन्त्रीको जोड

खबरडबली संवाददाता

कास्की। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवालाई प्रभावकारी एवं प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन्।

पोखरास्थित हुलाक निर्देशनालयको निरीक्षणपछि मन्त्री गुरुङले हुलाकसम्बन्धी पुराना नीति, नियमलाई परिमार्जन गर्दै हुलाक सेवालाई समयसापेक्ष बनाउनुपर्ने बताए।

हुलाक सेवा प्रभावकारी हुन नसकेको गुनासो आइरहेकै बेला यसलाई कसरी प्रभावकारी र प्रविधिमैत्री बनाउने भन्ने बारेमा आफू चिन्तित रहेको बताए। दुर्गम गाउँका जनतालाई शीघ्र सेवा प्रवाह गर्न सम्बद्ध कर्मचारी सधै सचेत हुनुपर्नेमा उनले जोड दिए।

“पुरानो ढर्राबाट अब हुलाक सेवा चल्ने वाला छैन, तत्कालै परिवर्तन गर्न सकिने अवस्था पनि छैन, विस्तारै हुलाक सेवालाई प्रविधिमैत्री बनाउने छु, मन्त्री गुरुङले भने, “हुलाक सेवालाई समयसापेक्ष बनाउन कर्मचारी पनि प्रविधिमैत्री सिक्न जरुरी छ ।”

निर्देशनालयका प्रमुख कीर्तनराज पौडेलले पर्याप्त जनशक्ति र यातायातका साधनको अभावमा पनि हुलाकका कर्मचारीले सेवा प्रवाह गरिरहेका बताए। नब्बे जनाको दरबन्दी भएको निर्देशनालयमा ४२ कर्मचारीबाट काम भइरहेको बताए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले आजदेखि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेशनले असार १ गते पेट्रोलियम पदार्थको भाउ बढाएर नयाँ मूल्य...

वालिङमा ‘एक विद्यालय एक करेसाबारी अभियान’

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका– १४ उपल्लो पेखुस्थित हिमशिखर आधारभूत विद्यालयले दिवा खाजामा प्रयोग गर्ने सामग्री विद्यालयमै उत्पादन गर्दै आएको छ...

वीरगञ्ज भन्सारद्वारा एघार महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको एघार महिनामा रु एक खर्ब ५८ अर्ब ६० करोड ४३ लाख राजस्व  सङ्कलन गरेको छ । कार्यालयले सो अवधिमा कूल वार्षिक ल...

ढोरपाटन सडक सञ्जालमा जोडियो

म्याग्दी । म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक (मार्ग) जोडिएको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प र म्याग्दीको मङ्गला, मालिका र ...

ढोरपाटन सडक सञ्जालमा जोडियो

म्याग्दी । म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक (मार्ग) जोडिएको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प र म्याग्दीको मङ्गला, मालिका र ...

प्रतिनिधि सभा बैठक बस्दै, बजेटमाथिको छलफल अघि बढाउने

काठमाडौं । संघीय संसद्अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजेका लागि तय भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा उ...

कुन प्रदेश सरकारले कति ल्याए बजेट ?

काठमाडौं । प्रदेश सरकारले बजेट ल्याएका छन् । संवैधानिक व्यवस्था अनुसार ७ वटा प्रदेशले आइतबार बजेट ल्याएका हुन् । संवैधानिक व्यवस्था अनुसार संघले जे...

आज कालीमाटीमा कुन तरकारी र फलफूलको कति छ थोक मूल्य ?

काठमाडौं।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार प्रस्तुत सागसब्जी र फल...

आजका लागि विदेशी मुद्राको विनिमय दर, कुन देशकाे मुद्रा कतिमा हुँदै छ कारेबार ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४४ ...

हुम्लाको उनापानी गाउँमा आगलागी, ८ घर जलेर नष्ट

 हुम्ला । सर्केगाड गाउँपालका–३ को उनापानी गाउँमा आगलागी भएको छ । आगलागी हुदाँ ८ घर जलेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । आगलागी बाट सर्क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending