Ntc summer Offer
Khabar Dabali २६ माघ २०८१ शनिबार | 8th February, 2025 Sat
Investment bank

सडकसम्म पुग्याे कुलमान घिसिङ र सरकारबिच देखिएको द्वन्द्व

खबरडबली संवाददाता

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ र नेपाल सरकारबिच देखिएको द्वन्द्व सडकसम्म पुगेको छ । घिसिङको समर्थनमा युवाहरूले माइतिघरदेखि बानेश्वरसम्म र्‍याली निकालेका  हुन् । 

ठुला उध्योगहरूले विध्युत वक्यौता तिर्न नपर्ने निर्णय हुने सम्भावना बढ्दै गएको भन्दै युवाहरूले सचेत गराएका छन् । डेडिकेटेड फिडरबाट लाइन लिने २४० ग्राहकमध्ये अस्पताल लगायतका ५६ ग्राहकलाई छुट दिइएको थियो । 

अन्य ठुला उद्योगलाई भने प्राधिकरणले छुट दिनुपर्ने आधार र कारण नभएको भनी बुझाउन ताकेता गरेको थियो । डेडिकेटेड फिडर तर्फ बिलिङ भएको रकम ९ अर्ब ६ करोड ४४ लाख २ हजार ५९२ रुपैयाँ थियो । उक्त रकममध्ये ५ अर्ब ५९ करोड ८७ लाख ५६ हजार ६४५ बुझाएको र ३ अर्ब ४१ करोड ७४ लाख ८४ हजार ८० रुपैयाँ बक्यौता थियो ।

ट्रङ्क लाइनबाट विद्युत आपूर्ति लिने ८४ ग्राहकमध्ये ५१ ग्राहकको डेडिकेटेड तथा ट्रङ्क टेरिफ अनुसार बिलिङ गरेको रकम १८ अर्ब ६२ करोड ८७ लाख ३४ हजार ४८८ रहेकोमा १३ अर्ब १० करोड ३ लाख ३५ हजार २ सय बुझाएको र बक्यौता ६ अर्ब ७२ करोड ३३ लाख ४५ हजार ९९०.३७ रहेको समितिको अध्ययनमा देखिएको थियो ।

डेडिकेटेड फिडर अन्तर्गतका धेरैजसो ग्राहकले महसुल तिरिरहेको र ट्रङ्क लाइनका ग्राहकमध्ये धेरैजसोले बक्यौता रकम नतिरेको देखिन्छ । यसरी प्रिमियम रकम तिर्न बक्यौता रहेको कुल जम्मा १० अर्ब १४ करोड ८ लाख ३० हजार ७० रुपैयाँ रहेको आँकडा प्राधिकरणको विवरणमा देखिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महायज्ञकाे तेस्राे दिनः २५ लाख ३० हजार रूपैयाँ दान संकलन

धनगढी । मानवसेवा आश्रमले माघ २३ गतेदेखि धनगढीमा आयाेजना गरेकाे महायज्ञमा शुक्रबार २५ लाख ३० हजार रूपैयाँ बराबरकाे  दान संकलन भएकाे छ । मानवसेवा आश्रमल...

पोखरा भ्रमण वर्ष घोषणाको तयारीमा महानगर

पोखरा  ।  देशको पर्यटकीय राजधानी पोखरामा २० लाख स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष घोषणाको तयारी गरिएको छ । पोखरा भ्...

८४ को चुनाव माओवादीको पक्षमा आउनबाट कसैले रोक्न सक्दैनः प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ को निर्वाचन परिणाम माओवादीको पक्षमा आउनबाट अब कसैले रोक्न नसक्ने बताएका छन...

सिंहदरबारमा भएको आगलागीबाट खानेपानी मन्त्री यादवको कार्यकक्ष ध्वस्त

काठमाडौं । सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा लागेको आगलागीको कारण मन्त्रीको कार्याकक्ष ध्वस्त भएको छ । आज बिहान पौने ८ बजे खानेपानी तथ...

उपचारमा लापरबाही गर्ने मुस्कान अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

जनकपुरधाम । उपचारमा लापरबाही गर्ने जनकपुरको दर्ता नरहेको मुस्कान अस्पताललाई तत्काल बन्द गर्न मुख्यमन्त्री सतिशकुमार सिंहले निर्देशन दिएका छन् । शुक्रब...

खानेपानी मन्त्रालयमा आगलागी

काठमाडौं ।  सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा आगलागी भएको छ । सिंहदरबार प्रहरीका अनुसार खानेपानी तथा सरसफाइ मन्त्रालयको चौथो तलामा आज बिह...

बहुमूल्य भन्दै नक्कली पत्थर विक्री गर्ने तीन ठग पक्राउ

कास्की। बहुमूल्य पत्थर दिन्छु भनी विभिन्न प्रलोभन देखाई ठग्ने तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पर्वतको फलेवास नगरपालिका वडा नं.५ स्थायी घर ...

बहुमूल्य भन्दै नक्कली पत्थर विक्री गर्ने तीन ठग पक्राउ

कास्की। बहुमूल्य पत्थर दिन्छु भनी विभिन्न प्रलोभन देखाई ठग्ने तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पर्वतको फलेवास नगरपालिका वडा नं.५ स्थायी घर ...

पर्वतमा निर्माणाधीन सडक योजनामा १६ करोड बजेट थप

पर्वत । पर्वतमा निर्माणाधिन पाँच वटा सडक योजनालाई पूर्णता दिनका लागि थप बजेट विनियोजन गरिएको छ । स्तरोन्नतिसहित कालोपत्रको काम भइरहेका सडक पूर्णरूप...

बिस्तारै उठ्दै थला परेको औषधी कम्पनी

नाफा र कमिसनमा रमाइरहेका निजी कम्पनी र औषधी पसलले फाइदा नहुने काम किन गर्थे ?

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy