Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

अन्तरप्रदेश पर्यटन मार्गलाई प्राथमिकता दिन स्थानीयको माग

खबरडबली संवाददाता

बाँके। जिल्लाको कोहलपुर हुँदै कर्णाली प्रदेशको घुइँयाबारी सल्यान जोड्ने अन्तरप्रदेश पर्यटन मार्ग निर्माणलाई प्राथमिकता दिन स्थानीयले माग गरेका छन् ।

कोहलपुर नगरपालिका–१२ र १३ मा पर्ने चप्परगौडी, खडकवारलगायत कोहलपुरलाई आर्थिक तथा सामाजिक रुपले सवल बनाउन कोहलपुर–चपरगौडी–खड्कवार–घुइँयाबारी हुँदै सल्यान जोड्ने अन्तरप्रदेश पर्यटकीय मार्ग निर्माणलाई राज्यले प्राथमिकता दिनुपर्ने स्थानीय अगुवा टेकबहादुर शाहीले बताए । 

यो सडक निर्माणले कोहलपुरको १२ र १३ नं वडामा पर्ने दुर्गम भेगका ग्रामीणबस्ती सडक सञ्जालसँग जोडिनुका साथै बाँके र सल्यानका जनताको आर्थिक जीवनस्तर सुधार ल्याउन ठूलो सहयोगी हुने भएकाले प्रदेश र केन्द्रीय सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिए। 

अन्तरप्रदेश पर्यटन मार्ग निर्माणको पहल गर्न चार वर्ष अगाडिदेखि कोहलपुर–१२ र १३ का नागरिकले संयुक्त पहलमा सङ्घर्ष समिति बनाएर निरन्तरको दबाबपछि निर्माण प्रक्रिया सुरु भएको कोहलपुर–१३ खड्कवारका स्थानीय एवं पूर्ववडाध्यक्ष ओमप्रकाश ओलीले बताए। 

“चप्परगौडी–घुइँयाबारी सडक निर्माण सुरु हुँदा हामी सबै खुसी भएका थियौँ, अहिले कामले गति लिन सकेको छैन”, उनले भने, “सल्यान र बाँकेका ग्रामीण क्षेत्रको आर्थिक तथा सामाजिक विकासका लागि यो सडक निर्माणमा राज्यले प्राथमिकता दिनुपर्दछ ।”

चुरे, भावर, समथर भूभाग, मठमन्दिर, राष्ट्रिय निकुञ्ज, आदि यही बाटोमा पर्ने भएकाले पर्यटकीय हिसाबले पनि यो सडक महत्वपूर्ण मानिने पूर्ववडाध्यक्ष ओलीले जानकारी दिए । 

सडक छेउ कोहलपुर–१३ मा खड्कवार सामुदायिक होमस्टे ९घरबास० सञ्चालनमा छ । चप्परगौडी–घुइँयाबारी अन्तरप्रदेश पर्यटकीय मार्ग सञ्चालनमा आए पाहुनाको थप चहलपहल बढ्ने होमस्टे व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर रानाले बताए। 

स्थानीय नागरिकको पहलमा यो सडकलाई बाँके राष्ट्रिय निकुञ्जको नियामवलीमा ‘निकुञ्जको अतिआवश्यक कालोपत्र बाटो’ भनी उल्लेख गरिएको छ भने लुम्बिनी र कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रममा ‘दुई प्रदेशको रणनीतिक महत्वको बाटो’ भनी उल्लेख भएको छ ।

चप्परगौडी–घुइँयाबारी अन्तरप्रदेश पर्यटकीय मार्ग निर्माणमा गत दुई आर्थिक वर्षमा रु आठ करोडको बजेट विनियोजन भएर काम सुरु भइसकेको छ । यो वर्ष रु पाँच करोड विनियोजन भएको प्रतिनिधिसभाका सांसद सूर्य ढकालले जानकारी दिए । 

“यो सडक निर्माणले बाँके र सल्यानका जनताको आर्थिक जीवनस्तर उठाउन कोशेढुङ्गा सावित हुनेछ । सल्यान, सुर्खेत, प्यूठान र रोल्पासम्म पुग्न छोटो र कम खर्चमा यात्रा गर्न सकिने यो सडक निर्माणमा सङ्घीय सरकारसँग समन्वय गरी अगाडि बढ्ने योजना छ”, सांसद ढकालले भन्नुभयो, “सडक सञ्चालन गर्नसके पहाडको उत्पादन तराई र बाँकेको उत्पादन सल्यानलगायत जिल्लाहरुमा पुर्‍याउन सकिन्छ ।”

चुरे, भावर, समथर भूभाग, मठमन्दिर, राष्ट्रिय निकुञ्जलगायत क्षेत्र यही बाटोमा पर्ने भएकाले पर्यटकीय हिसाबले यसको महत्व बढी रहेको स्थानीय बताउँछन् । यो मार्ग बनाउनका लागि लामो समयदेखि कुरा उठ्दै आए पनि अहिले मूर्तरुप लिनेगरी प्राथमिकता पाएको सांसद ढकालले जानकारी दिए । यसलाई सफल बनाउन आफूले सधैँ सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको सङ्घीयता सम्बन्धी प्रस्ताव अवसरवादी र अपरिपक्व: वर्षमान पुन

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...

हतारोमा एकता गर्ने र फुर्सदमा रोएर बस्ने दिन नआओस् : संयोजक प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...

हामी मरेका छैनौँ, प्रतिक्रियावादी शक्तिलाई परास्त गर्दै फेरि उठ्छौँ: ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...

देश बर्बाद पार्‍यौँ भन्ने भाष्य गलत हो, हामीले देशलाई अगाडि बढाएका छौँ: ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...

मैले ‘क्रमभंग’को कुरा गर्दा अनावश्यक रूपमा अतिरञ्जित गरियो: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न कोणबाट व्याख्या गरिने गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्...

वामपन्थी शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने...

व्यक्तिगत स्वार्थ र भ्रष्टाचारजस्ता कारणले कम्युनिस्ट आन्दोलन कमजोर भयो: माधव नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको गम्भीर आत्मसमीक्षा गर...

चुनावअघि एकता भएको भए वामपन्थीले करिब १ सय सिट जित्थ्यो: झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख दुई कम्युनिस्ट शक्ति एक भएको भए निर्वाचनमा वामपन्थीले करि...

मदन भण्डारीको हत्याबारे सत्य पत्ता लगाउन नसक्नु हाम्रो कमजोरी हो: झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको हत्याबारे सत्य तथ्य पत्ता लगाउन नसक्नु आफ्न...

केही समयभित्र पेट्रोलियम पदार्थको मूल्य घट्छ: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending