काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’को दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक एक पोस्टरमा पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल र अर्को पोस्टरमा सांसद ज्ञानेन्द्र शाहीसगै चलचित्रका मुख्य कलाकारहरु समाबेश गरिएको छ। अभिनेता रमित ढुङ्गानाको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘नमेटिने घाउ’को यस अघि ट्रेलरलाई दर्शकले मन पराएका छन् ।
भदौ ७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘नमेटिने घाउ’ एसिड सर्भाइभरहरुको वास्तविक जीवनीमा आधारित छ । चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटेर बनाइएको छ । चलचित्रमा शिवम् अधिकारीको कथा रहेको छ । लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर लेखेका हुन् ।
चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी ,आरजु लेखक लगायतको अभिनय रहेको छ । चलचित्रमा सुरवीर पण्डित, सुनिल कटुवाल पुराना अनुहार रहने छ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरूको अभिनय रहेको छ।
‘नमेटिने घाउ’ मा प्रधानमन्त्री ओलीका अलावा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालसगै ‘सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको समेत अभिनय रहेको छ । चलचित्रमा प्रहरी उपरीक्षकद्वय बाल नर्सिहॅ राणा र कुमुद ढुगेल, प्रहरी निरीक्षक जे,आर शर्मा लगायत दुई सय भन्दा बढी प्रहरीको अभिनय रहेको छ।
रमित ढुङ्गाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा नीरज कँडेलको छायाङ्कन, बनिश शाहको सम्पादन,ओम सुनारको गायक तथा सङ्गीत र किरण दाहालको एक्सन रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १० गते, २०८१ - २१:१९
रामेछाप । गत असोज १०, ११ र १२ गते भएको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको बाढीले क्षति पुर्याएको रामेछापको खाँडादेवी गाँउपालिका वडा नं ४ र सिन्धु...
मंसिर १० गते, २०८१ - २१:०९
ओखलढुंगा । ओखलढुंगामा १३ वर्षीय नातीले गरे हजुर आमाको हत्या गरेका छन् । जिल्लाको खिजिदेम्बा गापा–६ की ८२ वर्षीया ठगमाया सुनुवारको १३ वर्षीय नातिले हत्...
मंसिर १० गते, २०८१ - २१:०४
काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जनस्थल बञ्चरेडाँडाका बासिन्दाहरूले मंसिर २० गतेदेखि फोहोर व्यवस्थापन गर्न नदिने चेतावनी दिएसँगै फोहोरमैला व्य...
मंसिर १० गते, २०८१ - २०:३५
भैरहवा । आगामी मंसिर २० देखि भैरहवामा सुरु हुने लुम्बिनी राष्ट्रिय महोत्सवको तयारी तिव्र पारिएको छ । आर्थिक मन्दीले सिथिल बनेको अर्थतन्त्रलाई चलायमान ...
मंसिर १० गते, २०८१ - २०:२२
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले फाइल अड्काएर जनतालाई दुःख नदिन कर्मचारीसँग आग्रह गरेका छन् । मन्त्रमलयले प्रथम त्रैमासिकको सम...
मंसिर १० गते, २०८१ - २०:१०
काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आइटी सेल गठन गर्ने भएको छ । सामाजिक सञ्जालको प्रयोग र परिचालनलाई पार्टी हितका निम्ति प्रभावकारी ढंगले...
मंसिर १० गते, २०८१ - २०:०८
ललितपुर । नेपाली विद्युतीय सवारी साधन वितरक सीजी मोटर्सले आफ्नो सेवा र सञ्चालनको दायरा विस्तार गर्दै ललितपुरको बागडोलमा अत्याधुनिक सेवा केन्द्र उद्घाट...
मंसिर १० गते, २०८१ - १५:४३
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियानमा सदस्यता वितरण, संगठन निर्माण सँगसँगै पार्टीको सैद्धान्तिक ए...
मंसिर १० गते, २०८१ - ११:०५
म्याग्दी । टिप्ने बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन् । सुन्तलाको दानाभित्र कीरा परेर आधा भाग पहेलो भएर सुन्तला झ...
मंसिर १० गते, २०८१ - ११:००
मकवानपुर । मकवानपुर प्रहरीले स्रोत नखुलेको ४६ हजार विदेशी मुद्रासहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । आइतबार राती ८स्४५ बजेको समयमा हेटौंडा–१...
प्रतिकृया लेख्नुहोस्: