Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

एमपक्सको प्रकोप फैलिएपछि डब्लुएचओद्वारा स्वास्थ्य संकटकालको घोषणा

खबरडबली संवाददाता

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले अफ्रिकाका कतिपय ठाउँमा देखा परेको एमपक्सको प्रकोपलाई विश्वव्यापी जनस्वास्थ्य सङ्कटकाल भनेको छ।

विगतमा मङ्किपक्स भनिने अति सङ्क्रामक उक्त रोगको प्रारम्भिक प्रकोपका कारण प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा कम्तीमा ४५० जनाले ज्यान गुमाएका छन्।

हाल सो रोग मध्य तथा पूर्वी अफ्रिकामा विस्तार भएको छ र वैज्ञानिकहरू यसको एउटा नयाँ भेरिअन्टको सर्ने द्रुत गति र त्यसलाई निम्त्याइरहेको उच्च क्षतिको दरलाई लिएर चिन्तित छन्।

डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले एमपक्स अफ्रिका र त्योभन्दा पर विस्तार हुनसक्ने सम्भावना ज्यादै चिन्ताको विषय भएको बताए। उनले भने, “यो प्रकोपलाई रोक्न र जीवन रक्षा गर्नका लागि एउटा समन्वयकारी अन्तर्राष्ट्रिय प्रतिक्रिया अत्यावश्यक छ।”

कसरी सर्छ ?

एमपक्स यौन संसर्ग, छालासँग सम्पर्कमा आउने वा अर्को व्यक्तिको नजिकै बोल्दा वा सास लिँदा नजिकको सम्पर्क कायम भएको अवस्थामा सर्ने गर्छ।

यसले रुघा खोकी जस्तो लक्षण देखाउँछ। छालामा चोट देखा पर्छ र यो ज्यादै घातक हुनसक्छ। १०० वटा एमपक्सका घटनामध्ये ४ मा ज्यान गएको बताइन्छ।

एमपक्सका दुईवटा मुख्य प्रकारहरू छन्। त्यसमा “क्लेड १” र “क्लेड २” पर्छन्। यसअघि सन् २०२२ मा पनि एमपक्सलाई जनस्वास्थ्य सङ्कटका रूपमा घोषणा गरिएको थियो। कम घातक ठानिने “क्लेड २” प्रकारको भेरिअन्टका कारण त्यस्तो गर्नुपरेको थियो।

तर अहिले त्यो भन्दा धेरै घातक “क्लेड १’ भेरिअन्ट देखा परेको छ। त्यसले विगतमा प्रकोप देखिँदा बिरामी पर्नेमध्ये १० प्रतिशतको ज्यान लिइसकेको छ र यो बढ्दो क्रममा छ।

अघिल्लो वर्षको सेप्टेम्बर आसपासमा उक्त भाइरसमा केही परिवर्तन देखा परेको थियो। उत्परिवर्तनहरू (म्युटेसन्स)बाट नयाँ खालको प्रजाति ‘क्लेड १ बी’ उत्पन्न भएको थियो जुन त्यसयता तीव्र गतिमा फैलिरहेको छ। एक जना वैज्ञानिकले यसलाई ‘हालसम्मकै सबैभन्दा खतरनाक’ भेरिअन्ट भनेका छन्।

यो वर्षको सुरुवातदेखि यता प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा एमपक्सका १३,७०० घटना भएका छन् जसमा कम्तीमा ४५० को ज्यान गएको छ। त्यसयता यो सङ्क्रमण बुरुन्डी, मध्य अफ्रिकी गणतन्त्र, केन्या र रुवान्डा जस्ता देशमा पनि देखा परिसकेको छ।

एमपक्सलाई जनस्वास्थ्य सङ्कटका रूपमा घोषणा गरिँदा त्यसले अनुसन्धानतर्फ उन्मुख गराउने, स्रोतहरूको लागि बाटो खोल्ने र अन्य अन्तर्राष्ट्रिय जनस्वास्थ्य सम्बन्धी कदमहरू तीव्र अघि बढाउन थालनी हुनसक्ने अपेक्षा गरिएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भदौ २४ गतेको घटनामा ९३३ वटा मुद्दा दर्ता- १९१ जना थुनामा, ओली र लेखकको बयानको तयारी

जाँचबुझ आयोगले भदौ २४ गतेको घटनाबारे के सिफारिस गरेको छ ?

गाउँमा आएन डिपबोरिङमा पानी

दाङ । दाङको तुलसीपुरस्थित बबई लिफ्टिङ खानेपानीअन्तर्गत ६ डिपबोरिङ निर्माण गर्ने गरी योजना तयार गरिएको थियो । योजनाअनुसार तुलसीपुरको गोलौरा, सन्तनिरंका...

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

मकवानपुर । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका ...

समानान्तर गतिविधि थालेको देउवा-कोइराला समूह नयाँ पार्टी गठनको गृहकार्यमा छन् ?

काठमाडौं । शेरबहादुर देउवा र शेखर कोइराला समूहले पछिल्लो समय समानान्तर गतिविधि अघि बढाउँदै तीन मुख्य रणनीतिमा ध्यान केन्द्रित गरेको देखिएको छ। उनीहरू ...

एकताको संवाद थाल्ने तयारीमा देउवा–कोइराला पक्ष

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवादमा आइतबार अदालतबाट निर्णय नआए पार्टी एकताका लागि संवाद थाल्ने तयारीमा पूर्वसभापति श...

हवाई इन्धनको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक सय २४ ले बृद्धि गरि...

विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, स...

एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण ...

बागलुङ कालिकामा चैते दसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ । चैते दसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । ...

प्रधानन्यायाधीश राउत सेवानिवृत्त, सपना कायममुकायम

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएका छन् । उनलाई सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending