काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले अफ्रिकाका कतिपय ठाउँमा देखा परेको एमपक्सको प्रकोपलाई विश्वव्यापी जनस्वास्थ्य सङ्कटकाल भनेको छ।
विगतमा मङ्किपक्स भनिने अति सङ्क्रामक उक्त रोगको प्रारम्भिक प्रकोपका कारण प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा कम्तीमा ४५० जनाले ज्यान गुमाएका छन्।
हाल सो रोग मध्य तथा पूर्वी अफ्रिकामा विस्तार भएको छ र वैज्ञानिकहरू यसको एउटा नयाँ भेरिअन्टको सर्ने द्रुत गति र त्यसलाई निम्त्याइरहेको उच्च क्षतिको दरलाई लिएर चिन्तित छन्।
डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले एमपक्स अफ्रिका र त्योभन्दा पर विस्तार हुनसक्ने सम्भावना ज्यादै चिन्ताको विषय भएको बताए। उनले भने, “यो प्रकोपलाई रोक्न र जीवन रक्षा गर्नका लागि एउटा समन्वयकारी अन्तर्राष्ट्रिय प्रतिक्रिया अत्यावश्यक छ।”
कसरी सर्छ ?
एमपक्स यौन संसर्ग, छालासँग सम्पर्कमा आउने वा अर्को व्यक्तिको नजिकै बोल्दा वा सास लिँदा नजिकको सम्पर्क कायम भएको अवस्थामा सर्ने गर्छ।
यसले रुघा खोकी जस्तो लक्षण देखाउँछ। छालामा चोट देखा पर्छ र यो ज्यादै घातक हुनसक्छ। १०० वटा एमपक्सका घटनामध्ये ४ मा ज्यान गएको बताइन्छ।
एमपक्सका दुईवटा मुख्य प्रकारहरू छन्। त्यसमा “क्लेड १” र “क्लेड २” पर्छन्। यसअघि सन् २०२२ मा पनि एमपक्सलाई जनस्वास्थ्य सङ्कटका रूपमा घोषणा गरिएको थियो। कम घातक ठानिने “क्लेड २” प्रकारको भेरिअन्टका कारण त्यस्तो गर्नुपरेको थियो।
तर अहिले त्यो भन्दा धेरै घातक “क्लेड १’ भेरिअन्ट देखा परेको छ। त्यसले विगतमा प्रकोप देखिँदा बिरामी पर्नेमध्ये १० प्रतिशतको ज्यान लिइसकेको छ र यो बढ्दो क्रममा छ।
अघिल्लो वर्षको सेप्टेम्बर आसपासमा उक्त भाइरसमा केही परिवर्तन देखा परेको थियो। उत्परिवर्तनहरू (म्युटेसन्स)बाट नयाँ खालको प्रजाति ‘क्लेड १ बी’ उत्पन्न भएको थियो जुन त्यसयता तीव्र गतिमा फैलिरहेको छ। एक जना वैज्ञानिकले यसलाई ‘हालसम्मकै सबैभन्दा खतरनाक’ भेरिअन्ट भनेका छन्।
यो वर्षको सुरुवातदेखि यता प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा एमपक्सका १३,७०० घटना भएका छन् जसमा कम्तीमा ४५० को ज्यान गएको छ। त्यसयता यो सङ्क्रमण बुरुन्डी, मध्य अफ्रिकी गणतन्त्र, केन्या र रुवान्डा जस्ता देशमा पनि देखा परिसकेको छ।
एमपक्सलाई जनस्वास्थ्य सङ्कटका रूपमा घोषणा गरिँदा त्यसले अनुसन्धानतर्फ उन्मुख गराउने, स्रोतहरूको लागि बाटो खोल्ने र अन्य अन्तर्राष्ट्रिय जनस्वास्थ्य सम्बन्धी कदमहरू तीव्र अघि बढाउन थालनी हुनसक्ने अपेक्षा गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २८ गते, २०८२ - ०८:१४
गोदावरी । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको तयारी पूरा गरेको छ । उच्च माध्यमिक तहक...
पौष २८ गते, २०८२ - ०७:५६
दमौली । तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडक...
पौष २८ गते, २०८२ - ०७:५०
झापाका नेताहरुसँग भेटेपछि बालेनले लेखे- हामी आउँदै छौँ
पौष २८ गते, २०८२ - ०७:३५
काठमाडौं । विशेष महाधिवेशनले नीतिसँगै नेतृत्वसमेत चयन गरे विवाद निर्वाचन आयोग हुँदै अदालतसम्म पुग्ने देखिन्छ । नेतृत्व चयन भएपछि विशेष महाधिवेशन पक्षध...
पौष २८ गते, २०८२ - ०७:३०
२६ सय ६२ प्रतिनिधिहरूले नाम दर्ता गराए, आज पनि जारी रहने
पौष २८ गते, २०८२ - ०७:२३
चन्द्रपुर । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । गत शुक्रबारदेखि जिल्ला प्रहरी कार्यालयले निर...
पौष २८ गते, २०८२ - ०७:१९
काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएक...
पौष २८ गते, २०८२ - ०७:१६
दाङ । तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरी यतिबेला भान्सामा निकै व्यस्त छिन्। माघी पर्व नजिकिएसँगै उनलाई थारू समुदायको परम्परागत परिकार ढिक्...
पौष २८ गते, २०८२ - ०७:०६
काठमाडौँ । प्रशान्त तामाङ सन् २००७ मा विश्वभरका नेपालीमाझ प्रसिद्ध थिए । भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजनका विजेता बनेपछि उनको लोकप्रि...
पौष २८ गते, २०८२ - ०७:०३
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज (साेमबार) अपराह्न ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन ...




प्रतिकृया लेख्नुहोस्: