काठमाडौं । नेकपा एमाले बाग्मती प्रदेश कमिटीको प्रदेशस्तरीय संयन्त्रको गठन तथा यसको पहिलो बैठक सम्पन्न भएको छ ।
एमाले बाग्मती प्रदेश कमिटीको कार्यालय, च्यासल, ललितपुरमा बसेको बैठकमा महासचिव शंकर पोखरेलले संयन्त्रको आवश्यकता, औचित्य र भूमिकाका बारेमा निर्देशनात्मक मन्तव्य राखेका थिए । महासचिव पोखरेलले देशमा राजनीतिक अस्थिरता मच्चाएर लाभ लिन चाहने शक्तिहरूले टाउको उठाउन खोजेका कारण दुई ठुला राजनीतिक दल नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाएको बताएका छन् ।
उनले राजनीतिक स्थिरता बिना देशमा विकास र समृद्धि सम्भव नभएको बताए । महासचिव पोखरेलले अहिलेको सत्ता समीकरण स्थायित्व, स्थिरता र विकासको लागि भएको र पार्टीको अबको ध्यान बलियो राजनीतिक शक्ति निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिए । यसको लागि पार्टीको वैचारिक र सांगठानिक कामलाई अघि बढाउनुपर्ने उनले बताएका थिए ।
एमाले स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईको अध्यक्षतामा भएको बैठकमा पार्टीको बाग्मती प्रदेश अन्तर्गतका १३ जिल्ला कमिटी इञ्चार्ज र प्रदेश कमिटीका पदाधिकारीको उपस्थिति रहेको थियो । सो बैठकमा जिल्ला ईन्चार्जहरूले संयन्त्रका बिषयमा र सङ्गठन लगायत अन्य बिषयमाथि आ–आफ्नो जिज्ञासा र सुझावहरू राखेको एमालेले जनाएको छ । बैठकको सञ्चालन प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलले गरेका थिए । बैठकले १९ सदस्यीय संयन्त्रलाई औपचारिकता दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २० गते, २०८१ - १८:१७
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–९ हडिया स्वास्थ्य चौकीमा आयोजना गरिएको बृहत स्वास्थ्य शिविरबाट एक हजार बढीले सेवा लिएका छन । चौदण्डीगढी नगरपालि...
पौष २० गते, २०८१ - १८:००
पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान संविधानलाई गतिशील, प्रभावकारी र जीवन्त राख्नका लागि संशोधन आवश्यक भएको बताएका छन् । नेपाली कां...
पौष २० गते, २०८१ - १७:५४
अत्तरिया । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कमलबहादुर शाहले सङ्घ सरकारले प्रदेशमा सचिव कहिले पठाउने र पठाएका सचिवलाई केन्द्रमा तान्नेखालका प्रबृत्त...
पौष २० गते, २०८१ - १७:४८
पाँचथर । प्रेस सेन्टर नेपाल पाँचथर शाखाले आफ्नो सातौं जिल्ला अधिवेशनको अवसरमा तीन जनालाई सम्मान गरेको छ । शनिबार सङ्गठनको अधिवेशनको उद्घाटन सत्रमा जिल...
पौष २० गते, २०८१ - १७:४१
काठमाडौं । काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा मृत भेटिएकी सुस्मितासँगै बसेका युवक पनि मृत अवस्थामा फेला परेका छन् । सुस्मिताको मृत्यु पछि फर...
पौष २० गते, २०८१ - १७:३८
सोलुखुम्बु । प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको पर्यटकीय क्षेत्रमा रहेको खुम्बु पासाङल्हामु गाउँपालिकाको केन्द्र चौरीखर्क ‘ङिमदोर्जी शेर्पा ...
पौष २० गते, २०८१ - १७:३०
सर्लाही । सर्लाहीको हरिवनमा एक जना इँटा व्यवसायीको शव फेला परेकाे छ । हरिवन नगरपालिका –१०, इनारटोलका ३९ वर्षीय हरिप्रसाद प्रसाईको शव फेला परेकाे हाे ।...
पौष २० गते, २०८१ - १७:२६
टोकियो । विश्वकै सबैभन्दा वृद्ध जापानी महिला टोमिको इटोकाको ११६ वर्षको उमेरमा निधन भएको आशिया सहरले शनिबार घोषणा गरेको छ । चार छोराछोरी तथा पाँच न...
पौष २० गते, २०८१ - १७:२३
उदयपुर । खोटाङ र उदयपुर जोड्ने सगरमाथा लोकमार्गअन्तर्गत सुनकोशी नदीको फोक्सिनटारमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ । सगरमाथा लोकमार्ग गाईघा...
पौष १९ गते, २०८१ - २०:४७
काठमाडौं । सम्राट सिमेन्ट प्रालिले १५ अर्ब लागत बराबरको परियोजना कार्यान्वयन प्रक्रिया सुरु गर्न लगानी बोर्ड नेपालसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ ...
प्रतिकृया लेख्नुहोस्: