रौतहट । रौतहटको सदरमुकाम गौरमा आधुनिक पशु तथा कृषी प्रयोगशाला भवन निर्माण सुरु भएको छ। गौरका मेयर शम्भु साहको पहलमा निर्माण सुरु भएको भवनको शुक्रवार विधिवत रूपमा शिलान्यास गरिएको थियो ।
गौर १ तरकारी बजार स्थित स्वास्थ्य कार्यालय छेउमै कृषि तथा पशु सेवा केन्द्र भवन निर्माण भईरहेको छ। अगामी २०८२ साल बैशाख मसान्त भित्र भवनको निर्माण कार्य सम्पन्न हुने लक्ष्य रहेको मेयर साहले बताएका छन् । भवन निर्माणपछि स्थानीय स्तरमै माटो परिक्षण, पोखरीको पानी परिक्षण, बिभिन्न प्रकारको विउ, यार्ला तथा फलफुलमा लाग्ने रोग किराको परिक्षण, मलखाद्य परिक्षण हुने छ ।
त्यस्तै पशु प्रयोगशाला तर्फ गोबर परिक्षण, पशुको रगत तथा पिशाव परिक्षण, पशुको अपरेसन, कृत्रिम गर्भाधारण, पशुको अल्ट्रासाउण्ड, एक्स्रे लगायतका सुविधा सम्पन्न प्रयोगशाला निर्माण गरिने मेयर साहले जानकारी दिएका छन।संघिय सरकारको कुल २ करोड,३० लाख ४० हजारको लागतमा निर्माण भईरहेको भवनको ठेक्का सिएम कन्ष्ट्रक्सन जोरपाटी काठमाडौंले लिएको छ।
भवनको भुई तल्लामा कृषि र पशुको दुई वटा ल्याब, पहिलो तल्लामा ५० जना अटाउने सेमिनार हल , दोश्रो तल्लामा गेष्ट हाउस रहने जनाइएको छ। प्रयोगशाला निर्माण पछी स्थानिय किसानहरुका साथै जिल्लाभरीका किसानलाई सेवा सुविधाहरु उपलब्ध गराउने योजना रहेको गौर नगरपालिकाले जनाएको छ।
गौर नगरपालिकामा मेयरको जिम्मेवारि पाइदेखिनै शम्भु साह जनमुखी काम गर्दै आएका छन्। उनले शिक्षा स्वास्थका साथै भौतिक पूर्वाधार विकासमा पनि जोड दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३० गते, २०८३ - १८:२९
काठमाडौं । संसद्मा प्रधानमन्त्रीको खोजी भइरहेका बेला सडकमा पनि युवाहरूले सरकार र प्रधानमन्त्री बालेन शाहको कार्यशैलीविरुद्ध प्रदर्शन गरेका छन्। मुख...
बैशाख ३० गते, २०८३ - १८:२३
काठमाडौँ। राष्ट्रिय सतर्कता केन्द्रद्वारा आर्थिक वर्ष २०८१/८२ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष पेस गरिएको छ ।...
बैशाख ३० गते, २०८३ - १८:०७
काठमाडौं । सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा भ्रातृ संगठनमा आबद्ध नहुन कडा निर्देशन जारी गरेको छ। संघीय मामिला तथा सामान्य प्र...
बैशाख ३० गते, २०८३ - १८:०२
काठमाडौँ। प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरूको अवरोध कायमै रहेपछि बिहीबार ११ बजेसम्मका लागि संसद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री वाले...
बैशाख ३० गते, २०८३ - १३:११
काठमाडौं । नेपाली कांग्रेसले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहले नदिने भए प्रतिनिधिसभा बैठक बहिष्कार गर्ने चेतावनी दि...
बैशाख ३० गते, २०८३ - १२:५९
काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन शाह उपस्थित नभएपछि श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठक बहिष्का...
बैशाख ३० गते, २०८३ - १२:५०
काठमाडौं । विपक्षी दलका सांसदहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलको जव...
बैशाख ३० गते, २०८३ - १२:४१
काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीको अभिव्यक्तिप्रति प्रतिनिधिसभामा आपत्ति जनाएका छन्। प्रतिनि...
बैशाख ३० गते, २०८३ - १२:३३
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा बैठकमा उपस्थित गराउन सभामुखमार्फत रुलिङ गर्न माग गरेको छ। प्रतिनिधिसभा बैठकको आकस्मिक सम...
बैशाख ३० गते, २०८३ - १२:२१
काठमाडौं। मन्त्रीपरिषद बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभा सदस्य सुशील खड्का (बागलुङ) र योगेश गौचन थकाली (मुस्ताङ) लाई मनोनयन ...



प्रतिकृया लेख्नुहोस्: