Khabar Dabali १६ जेष्ठ २०८३ शनिबार | 30th May, 2026 Sat
Investment bank

नेपालकै पहीलाे स्वदेशी बेल्चा उद्योग संकटमा

सबैले कुरा सुन्छन्, आश्वासन दिन्छन् तर कसैले कार्यान्वयन गर्दैनन्

खबरडबली संवाददाता

रुपन्देही । नेपालमै पहिलोपटक उत्पादन सुरु भएको तिलोत्तमा मंगोलियाको बेल्चा उद्योग संकटमा परेको छ । भारतबाट आयातित बेल्चासँग मूल्यमा प्रतिस्पर्धा नसकेपछि उक्त उद्योग संकटमा परेको हो ।

कोराना महामारीका बेला बुटवलका महेश थैवले लक्ष्मी स्टिल उद्योगबाट १५ करोड रुपैयाँमा नेपालमै पहिलो पटक बेल्चा उत्पादन सुरु गरेका थिए । तर, अहिले सरकारले कच्चा पदार्थ आयातमा चर्को भन्सार लगाएपछि बेल्चा उद्योग मारमा परेको थैबको दाबी छ ।

प्रति १२ घण्टामा एक हजार थान बेल्चा उत्पादन क्षमताको मेसिन जडान भएसँगै ३० हजार थान बेल्चा उत्पादन भएको थियो । चिनियाँ प्रविधिबाट बनेकाले भारतबाट आयात हुने भन्दा प्रयोग गर्न हलुका र हेर्दा राम्रो फिनिसिङका कारण उपभोक्ताले रुचाएको थैवले बताए ।

अहिले भारतीय बेल्चाभन्दा महंगो पर्न गएपछि नेपालमै उत्पादित बेल्चा गोदाममै थन्किएका छन्, उद्योगले उत्पादन पनि बन्द गरेको छ ।  बेल्चा बनाउन प्रयोग हुने कच्चा पदार्थ सीआर सिट र सीआर पाइप आयातमा भन्सार शुल्क ३० प्रतिशत र मूल्य अभिवृद्धि कर १३ प्रतिशत भएका कारण आयात हुने तयारी बेल्चासँग मूल्यमा प्रतिस्पर्धा गर्न कठिन भएको उद्योग सञ्चालक महेश थैव बताउँछन् ।

उद्योगले बेल्चा बजारमा लैजाने बेलासम्म तयारी बेल्चा आयातमा एक प्रतिशत मात्र भन्सार महसुल थियो । बेल्चाको प्रयोग निर्माण कार्यमा बढी हुने भएपनि भन्सार नियमावली अनुसार कृषि, बागवानी र वन जंगलमा प्रयोग हुने हस्ते औजार शीर्षकमा एक प्रतिशत मात्र भन्सार महसुल लिने प्रावधान थियो । अहिले बेल्चा आयातमा लाग्ने भन्सार कर ५ प्रतिशत पुगेको छ ।

तयारी बेल्चामा अति न्यून कर तर कच्चा पदार्थ आयातमा चर्को कर तिर्नुपरेका कारण लागत मूल्य बढी हुँदा उद्योगले १५ प्रतिशत घाटा खाएर बेच्नुपरेको उद्योगका वित्त विभाग प्रमुख भेषराज आचार्यको दाबी छ ।

तयारी बेल्चामा न्यून करका कारण नेपालमा उत्पादन मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा लागतको १५ प्रतिशत घाटा खाएर बेच्नुपरेको आचार्यको भनाइ छ । चर्को करका कारण भारतीय बेल्चाभन्दा प्रति बेल्चा करिब ८० रुपैयाँ महंगो भएपछि बिक्री कम भएको आचार्यले बताए ।

बेल्चा उद्योगमा २ सय जनाले रोजगारी पाएकामा उत्पादन ठप्प भएपछि ती श्रमिकलाई अन्य उद्योगमा सिफ्ट गरिएको आचार्यले बताए ।

‘फलामको बिँड भएको बेल्चाको वास्तविक मूल्य प्रति दर्जन ४५ सय रुपैयाँभन्दा बढी हुँदा पनि एचएस कोडअनुसार प्रति दर्जन १५ सय रुपैयाँ मात्र भन्सार मूल्यांकन हुँदा कच्चा पदार्थ भन्दा तयारी सामान आयात गर्दा कम दर रेटमा आयात हुने गरेको छ’, आचार्यले भने, ‘आयातकर्ताले न्यून बिजक तयार गरी सामान आयात गर्दा स्वदेशमा उत्पादन गरी आयात प्रतिस्थापन गर्न सक्ने उद्योग मारमा परेको छ ।’

उद्योगका सञ्चालक महेश थैवले नेपालमा बेल्चा बनाउने उद्योग अरु नभएकाले आयात प्रतिस्थापित गरी बेल्चासँगै गैंटीमा देशलाई आत्मनिर्भर बनाउने उद्देश्यले लगानी गरेपनि चर्को भन्सार दरका कारण उद्योग संकटमा परेको र बन्द गर्नुपर्ने अवस्थामा पुगेको बताए ।

‘कच्चा पदार्थमा भन्सार दर घटाउन विभागीय मन्त्रालय, वाणिज्य विभाग, अर्थमन्त्री, उद्योग परिसंघ, उद्योग वाणिज्य महासंघ सबैतिर ज्ञापनपत्र दियौंं, सबैले कुरा सुन्छन्, आश्वासन दिन्छन् तर कसैले कार्यान्वयन गरेनन्, अब उद्योग नै बन्द गर्नुको विकल्प देखेका छैनौं,’ थैव भन्छन् ।

उद्योग पूर्ण क्षमतामा चल्न सके वार्षिक ७ लाख २० हजार थान अर्थात् भारतीय बेल्चाको मूल्य अनुसार वार्षिक न्यूनतम २९ करोड रुपैयाँ मूल्य बराबरको बेल्चा उत्पादन गर्न सकिने र यदि कच्चा पदार्थ आयातमा भन्सार दर न्यून गर्ने हो भने उद्योगमा मेसिन थपेर वार्षिक २५ लाख थान बेल्चा उत्पादन गर्न सकिने थैव बताउँछन् ।

थैवले आफूहरुको माग अनुसार भन्सार दरमा परिमार्जन भए उद्योगले बेल्चासँगै गैंटीको पनि उत्पादन गर्न सक्ने बताए ।

‘स्वदेशी उद्योगलाई संरक्षण र प्रवर्द्धन गर्ने नीति बनाउने हो भने एक अर्ब भन्दा धेरै रकम भारत जान रोकिन्थ्यो’, थैवले भने, ‘एकातिर सरकारको चर्को भन्सार, अर्कोतिर साउथ एशियन फ्री ट्रेड एरिया (साफ्टा) को कारण तयारी वस्तुमा अति न्यून भन्सार करका कारण स्वदेशमा उद्योग चलाउन निकै अप्ठेरो छ, बरु आयात गरेर व्यापार गर्न सहज छ ।’

सरकारीकै नीतिका कारण नेपालका उद्योगीहरु मारमा परेको थैवको भनाइ छ । ‘बेल्चा उद्योगमा मात्र हैन, आयात प्रतिस्थापन गर्न सक्ने अरु थुप्रै उद्योगहरुको कच्चा पदार्थ आयातमा पनि चर्को भन्सार दर छ तर तयारी वस्तुमा नगण्य कर छ, यसरी कसरी उद्योग चलाउन सकिन्छ ? थैव भन्छन् ।

नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलम आयात प्रतिस्थापन गर्ने नवप्रवर्द्धन उद्योगलाई संरक्षण गर्ने गरी भन्सार नीति र करको दर स्वदेशी उद्योगमैत्री हुनुपर्नेमा सरकार संवेदनशील हुन नसक्दा कैयौं उद्योगहरु संकटमा परेर बन्द हुने अवस्थामा पुगेको बताउँछन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषि बजेटः किसानका लागि सपना, व्यापारीका लागि अवसर

“कागलाई बेल पाक्दा हर्ष न विस्मत” को पुरानै नियति

बजेटमा महिला : ‘ब्लु बस’ देखि सुत्केरीको उद्धारसम्म, स्वास्थ्यकर्मीको भत्ता पनि दोब्बर

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत महिला उद्यमशीलता, सुरक्षित सार्वजनिक यातायात, स्वास्थ्य सेवा र मातृ सुरक्षालाई प्राथमिकताम...

विद्वान् अर्थमन्त्रीको बजेट भाषण सुन्दा ‘रोमाञ्चक अनुभूति’ भयो : बाबुराम भट्टराई

काठमाडाैं ।  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटको प्रस्तुति शैली र भाषाशैलीलाई नयाँ तथा आकर्षक ...

बजेट भाषणमा विकास र समृद्धिका ठूला कुरा धेरै सुनिएः शंकर पोखरेल

काठमाडाैं । एमाले महासचिव शंकर पोखरेलले सरकारले बजेट भाषणमा विकास र समृद्धिका ठूला नारा घन्काए पनि बजेटको प्राथमिकताले त्यसलाई पूर्णतः अस्वीकार गरेको ...

तीन देशका नेपाली दूतावास र एक शाखासहित दुई महावाणिज्य दूतावास खारेज

काठमाडाैं । सरकारले विभिन्न तीन देशमा रहेका नेपाली दूतावास खारेज गरेको छ। शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेट वक्तव्यमा डेन...

कुन मन्त्रालयलाई कति बजेट ?

काठमाडाैं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बजेटमा पूर्वाधार, शिक्षा, ऊर्जा र स...

एकताकाे सात महिनापछि पनि नेकपा ‘एक’ भएन, संगठन अझै दुई धारमै

काठमाडौं । ठूलो प्रचारसहित घोषणा गरिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता सात महिना बितिसक्दा पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन। शीर्ष नेत...

प्रधानमन्त्रीमाथि कांग्रेसको प्रहार: ‘बहुमतको बलमा गैरजिम्मेवार ढंगले सरकार चलाइँदै’

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन साह जनताप्रति जिम्मेवार नभएको निष्कर्ष निकालेको छ। प्रधानमन्त्रीले संसद र सार्वजनिक उत्तरदायित्वप्रति...

आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदै

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदै छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय सदनमा आर्थिक वर्ष २०८३०८४ को बजेट प्रस्तुत गर्ने ...

आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सबै जुटौँ: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रका मूल्य र मान्यतालाई अझ बढी परिपक्व र परिणाममुखी बनाउन दृढ सङ्कल्पित हुन आह्वान ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending