Khabar Dabali २८ असार २०८३ आईतवार | 12th July, 2026 Sun
Investment bank

पर्सामा चार सय ६८ हेक्टर वन अतिक्रमणमा, जनशक्ति नहुँदा अनुगमन गर्न समस्या

खबरडबली संवाददाता

वीरगञ्ज । पर्सा जिल्लामा चार सय ६८ हेक्टर वनक्षेत्र अतिक्रमणको चपेटामा परेको छ । जिल्लाका साझेदारी, सामुदायिक र धार्मिक वन क्षेत्रमा स्थानीयवासीले खेतीपाती तथा घरटहरा निर्माण गरेका छन् ।

डिभिजन वन कार्यालयका प्रमुख सुनिलकुमार कर्णले पर्साभरिका चार सय ६८ हेक्टर क्षेत्रफल वनक्षेत्र अतिक्रमणमा परेको जानकारी दिए । 

‘‘स्थानीयवासीले  साझेदारी तथा धार्मिक वनलाई कब्जा गरेर खेतीपाती तथा घरटहरा निर्माण गरेर बसिरहेका छन्”, उनले भने, “वन अतिक्रमण गर्ने स्थानीयवासीलाई राजनीतिक दलले पनि अघोषित रूपमा समर्थन गर्ने परिपाटीले पनि वनजङ्गल जोगाउन समस्या भइरहेको छ । अतिक्रमणमा परेको वन हटाउन जाँदा राजनीतिक तवरबाटै प्रतिरक्षा गर्ने गलत परम्पराको विकास भइरहेको छ ।” 

डिभिजन वन कार्यालयका अनुसार पर्सामा चार सय ६८ दशमलव एक सय ४९ हेक्टर वनक्षेत्र अतिक्रमणमा परेको छ । ठोरी गाउँपालिका वराह नजिकै रहेको वन दुई सय दशमलव ७० हेक्टर अतिक्रमणमा परेको छ । यो पर्साको सबैभन्दा धेरै अतिक्रमणमा परेको वनक्षेत्र हो । 

त्यसैगरी, गादीमाई साझेदारी वनक्षेत्र एक सय ६७ दशमलव ६८ हेक्टर, मधुवन क्षेत्रको वन ३२ दशमलव ४७ हेक्टर स्थानीयवासीले कब्जामा लिएका छन् । सखँुवापसौनी साझेदारी वन ३३ दशमलव २० हेक्टर, सबैया साझेदारी वन २२ दशमलव २३ हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको छ । 

त्यस्तै, विन्ध्वासिनी साझेदारी वन १२ दशमलव ०६ हेक्टर अतिक्रमणमा परेको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख कर्णले जिल्लाभरिमा अतिक्रमणमा परेको वनमा करिब एक हजार पाँच सयको हाराहारीमा घरटहरा निर्माण भएको बताए । 

“कार्यालयसँग पर्याप्त जनशक्ति नहुँदा पनि नियमित अनुगमन र सुपरीवेक्षण गर्न सकिरहेका छैनौँ”, उनले भने, “बेलाबखतमा स्थानीय प्रशासनसँग समन्वयमा अतिक्रमणमा परेको वनलाई फिर्ता ल्याउने प्रयास भइरहेको छ ।” डिभिजन वन कार्यालयमा कुल एक सयजना कर्मचारीको दरबन्दी भए पनि अहिले ५९ जनामात्र कार्यरत छन् । जसले गर्दा पनि नियमित रूपमा वन अनुगनम र निरीक्षण गर्न समस्या भइरहेको छ । 

पर्सामा ११ हजार पाँच सय ७५ हेक्टर वनक्षेत्र छ । पर्सामा चारवटा सामुदायिक वन र तीनवटा साझेदारी वन रहेका छन् । साझेदारी वन ११ हजार चार सय नौ दशमलव १४ हेक्टरमा फैलिएको छभने धार्मिक वन ३४ दशमलव ६३ हेक्टर क्षेत्रफलमा रहेको छ । निजी वन एक सय १० हेक्टर, राष्ट्रिय वन सात दशमलव ५१ हेक्टर क्षेत्रफलमा फैलिएको छ । वनमा साल, खयर, मसला, टिक, सिमल, सिसो, जामुनलगायत प्रजातिका रुख छन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending