Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

तीपेनीमा पहिरो खस्ने क्रम अझै रोकिएन, थुनिएको इन्द्रावती नदी खुलाइँदै (भिडिओ)

खबरडबली संवाददाता

मेलम्ची । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका स्थित तीपेनीमा गएको सुक्खा पहिरोका कारण आंशिकरूपमा थुनिएको इन्द्रावती नदी खुलाउन प्रयास शुरु भएको छ।

स्काभेटरले खोला अझ गहिरो बनाउने प्रयास भइरहेको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले बताए। 

उनका अनुसार पहिरो झर्ने क्रम अझै रोकिएको छैन । नदीमा हिजोको भन्दा धेरै पहिरो खसेको छ । पहिरो खुलाउन नेपाली सेनाको टोली पनि इन्द्रावती नदी पुग्दै छ । 

सेनाको टोली बम पड्काएर थुनिएको नदी खोल्न प्रयास गर्ने अध्यक्ष लामाले बताए। 

पाँचपोखरी थाङपाल गाउँपालिका–७ स्थित तिपेनी क्षेत्रीय अस्पतालको माथिल्लो भागबाट हिजो दिउँसो खसेको सुख्खा पहिरोका कारण ५ मिटर जति नदि थुनिएको थियो । 

एक्कासी नदी खोलिएमा बाढी आउन सक्ने हुँदा पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. ७, ८ तथा मेलम्ची नगरपालिका वडा नं. ७, ९, ११, १२, १३ र इन्द्रावती गाउँपालिका १०, ११ र १२ लगायतका तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले पनि आग्रह गरेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अर्थ मन्त्रालयमा धितोपत्र बोर्ड अध्यक्षका लागि अन्तर्वार्ता जारी

काठमाडौं । धितोपत्र बोर्ड अध्यक्षका लागि अर्थ मन्त्रालयमा अन्तर्वार्ता जारी छ। अन्तर्वार्तामा अध्यक्षका उम्मेदवारत्रय डा. नवराज अधिकारी, चिरञ्जीवी चाप...

छेकबार लगाएपछि मानव-वन्यजन्तु द्वन्द्व घट्यो

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–६ को नागेश्वर सामुदायिक वनदेखि  वडा नं ७ वातावरण सामुदायिक वनसम्मको आठ किलोमिटर क्षेत्रमा तारजालीको छेकबार लगाएपछि मा...

कृषि क्षेत्र उपेक्षित भएको महोत्तरीका मतदाताको गुनासो

महोत्तरी । स्थानीय तह उपनिर्वाचनको सँघारमा भोट माग्न घरघर पुगेका विभिन्न राजनीतिक दलका नेतासँग महोत्तरी रामगोपालपुर–२ का मतदाताले कृषि क्षेत्र राज्यबा...

गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

गाजा । गाजामा शनिबार भएको इजरायली हमलामा कम्तीमा छ जना बालबालिका सहित १९ जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ ।  एजेन्सीका प्...

महाराष्ट्रमा भाजपा नेतृत्वको गठबन्धन दुई तिहाई मतसहित विजयी

काठमाडौं । भारतको महाराष्ट्र विधानसभा चुनावमा भारतीय जनता पार्टी (बिजेपी) नेतृत्वको महायुति गठबन्धनले दुई तिहाई मत पाएको छ। २ सय ८८ सिटको महाराष्ट्र व...

पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो पाँच महिनामा दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई ...

‘उत्तराधिकारीको कुनै समस्या छैन, प्रचण्डजीले अब दुई/तीन वर्षमा नेतृत्व छाड्छु भन्नुभएको छ’

नारायणकाजी भन्छन्- पार्टीमा गुट नियन्त्रण गर्न नसकेकोमा ३५/३६ वर्षदेखि पार्टीको प्रमुख नेता प्रचण्डले मुख्य जिम्मेवारी लिनुपर्छ

देशभर पश्चिमी वायुको प्रभाव यथावत, यी प्रदेशमा छ वर्षादेखि हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनका साथै  कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छभने बाँकी भाग...

बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन

म्याग्दी । विगत ४१ वर्षदेखि व्यावसायिक रूपमा सागसब्जीका बेर्ना उत्पादन गर्दै आएका बेनी नगरपालिका– २ खबराका ६२ वर्षीय चन्द्रबहादुर कार्की यतिबेला तिनको...

भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ का अजय मण्डलले तीन कठ्ठामा बन्दागोभी लगाएका छन् । मजदुरको अभाव, समयमा मलखाद नपाउनु, वर्षासँगै आएको बाढीको समस्याका बाब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy