Khabar Dabali ५ असार २०८३ शुक्रबार | 19th June, 2026 Fri
Investment bank

तरकारीको मूल्य दोब्बर वृद्धि

खबरडबली संवाददाता

मोरङ । वर्षाले पहाडका ग्रामीण सडक भत्केपछि तरकारीको ढुवानी खर्च बढेको भन्दै व्यापारीले तरकारीको मूल्य जथाभावि बढाएका छन् । आफैँ तरकारी उत्पादन गरेर बिक्री गर्ने किसानले भने राम्रो मूल्यमा तरकारी बिक्री गर्न पाएका छन् ।

तरकारी बजार ल्याउनु पूर्व बजार भाउ सोधेर मात्र बोरा खोल्ने किसान यति बेला आफ्नो तरकारीको मूल्य आफैँ निर्धारण गरिरहेको बताउँछन् । मोरङको रतुवामाई –३ महादेवाका तरकारी किसान यमलाल दासले भन्नुभयो, ‘‘दुई विगाहामा लगाएको तरकारीले राम्रो मूल्य पाएको छ ।’’ 

अहिले यमलालको परिवारका सबै सदस्य तरकारी बिक्री गरिरहेका छन्। अरु बेला थोकमा बिक्री गर्थे । साउन १५ यता आफैं बेचिरहेको दास बताउनुहुन्छ । दासको बारिमा अहिले भिन्डी, भान्टा, बोडी, करेला, लौका र खोर्सानी लगायतका तरकारी छन् । 

दासमा मात्र होइन, पथरीशनिश्चरे ६ केचनाका तरकारी उत्पादक इन्द्रजीत मण्डल पनि आफ्नो उत्पादन आफैँ बिक्री गरिरहेका छन्। भारतबाट तरकारी आउने क्रम कम हुनासाथ हाम्रो उत्पादनले राम्रो मूल्य पाउने बताए । 

‘‘पहिले ठूला व्यापारीलाई सोधेर आफ्नो तरकारीको मूल्य निर्धारण हुन्थ्यो । अहिले आफ्नो तरकारीको मूल्य आफैँ तोकेर बेचिरहेका छौं ।’’ उनले भने, ‘‘ अघिल्लो बजारमा प्रति केजी ५० रुपियाँ बिक्री गरेको भिन्डी मङ्गलबारको हाटमा ८० रुपियाँ केजीले बिक्री भयो ।’

रतुवामाई –५ कोइलीडाँगीका मनोज दासले भने, ‘१० कट्ठामा पिडालु लगाएको छु । अघिल्लो साता ८० रुपियाँ किलो बिक्री गरेको पिडालु मङ्गलबार सय रुपियाँ किलो बिक्री भयो ।’ उहाँले पिडालुसँगै झिगनी, घिरौलालगायतका तरकारी लगाउनुभएको छ । यही मूल्यमा तरकारी बिक्री गर्न पाए १० कट्ठाबाट एक लाख ५० हजारको तरकारी बिक्री हुने दासको भनाइ छ ।

सामान्यता पूर्वमा साउन तेस्रो सातादेखि भदौभर तरकारीको मूल्य वृद्धि हुने गर्छ । तर पहाडमा ग्रामीण सडक सञ्जाल नबिग्रीदा तरकारीको मूल्य खासै नबढ्ने तरकारी व्यापारीहरू बताउँछन् । 

साउन २० गतेसम्म प्रति केजी ५०/५५ रुपियाँ खुद्रा मूल्यमा पाइने टमाटरको मूल्य केजीको १२० पुगेको छ । ४० रुपियाँ केजीको भिन्डीको मूल्य ८० रुपियाँ पुगेको छ ।  यस्तै, ६० रुपियाँ प्रति केजीको प्याज एक सय रुपियाँ पुगेको छ ।

यस्तै, लसुन ४ सय रुपियाँ किलो पुगेको छ । लसुन साता अघि २५० रुपियाँदेखि तीन सयमा बिक्री हुँदै आएको व्यापारी अनुप साहले बताउनुभयो । आलुको मूल्य समेत किलो मै ४० रुपियाँ बढेको छ । साउन तेस्रो साता ४० रुपियाँ किलोको नयाँ पहाडे नेपाली आलु मङ्गलबार ८० रुपियाँमा बिक्री भएको थोक बिक्रेता रमेश साहले बताउनुभयो । 

बजारको सबैभन्दा सस्तो मूल्यको तरकारी स्कुसको मूल्य भने घटेको छ । ६० रुपियाँ प्रति किलोमा बिक्री भएको स्कुल मङ्गलबार ४० रुपियाँमा बिक्री भयो । साउन अन्तिममा ३० रुपियाँमा बिक्री भएको निगुरो अहिले ५० रुपियाँ मुठ्ठामा बिक्री भएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending