Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

बलात्कारको आरोपमा भविष्यवक्तालाई मृत्युदण्ड

खबरडबली संवाददाता

तेहरान । मध्य इरानमा अधिकारीहरूले आफ्ना ग्राहकहरूसँग बलात्कार र यौन उत्पीडन गरेको आरोपमा एक भविष्यवक्तालाई मृत्युदण्ड दिएको न्यायपालिकाले बुधबार बताएको छ । 

“महिला र युवतीहरूलाई आक्रमण गर्ने भविष्यवक्तालाई याज्द जेलमा मृत्युदण्ड दिइएको छ”, इरानी न्यायपालिकाको मिजान अनलाइन वेबसाइटका अनुसार मध्य प्रान्तका मुख्य न्यायाधीश होसेन तहमासेबीले भने, “याज्दको क्रान्तिकारी अदालतले जारी गरेपछि र सर्वोच्च न्यायिक प्राधिकरणले पुष्टि गरेपछि यी बलात्कारी भविष्यवक्ताको सजाय लागु गरिएको थियो ।”

तहमासेबीका अनुसार ती व्यक्तिले आफ्ना ग्राहकहरूलाई धोका दिन भविष्य बताउने सेवाहरूको प्रयोग गरेर ‘झुटो बहानामा महिला र युवतीहरूमाथि कुटपिट र बलात्कार गरेका थिए ।’ दोषीलाई सन् २०२० मार्च र सन् २०२१ मार्चको बीचमा कुनै समयमा पक्राउ गरिएको थियो र उनीविरुद्ध ‘उजुरीहरूको सङ्ख्या’ का कारण माफीका लागि गरिएको अनुरोधलाई अस्वीकार गरिएको थियो । 

इरानमा बलात्कार र यौन उत्पीडनलगायत धेरै अपराधमा मृत्युदण्डको प्रावधान छ । नक्कली कस्मेटिक सर्जरी क्लिनिकमा प्रलोभनमा पारेर बेहोस हुने औषधिको इन्जेक्सन लगाई महिलाहरूलाई बलात्कार गरेको आरोपमा तीन जनालाई इरानले सन् २०२३ मा मृत्युदण्ड दिएको थियो । 

उनीहरूलाई सन् २०२१ को अन्त्यमा दक्षिणी प्रान्त होर्मोजगनमा यौन उत्पीडनको १२ घटनामा षड्यन्त्र गरेको आरोपमा दोषी ठहर गरिएको थियो । एमनेस्टीलगायत मानवाधिकार समूहहरूका अनुसार चीनबाहेक इरानले कुनै पनि अन्य मुलुकको तुलनामा हरेक वर्ष धेरै मानिसलाई मृत्युदण्ड दिने गरेको छ । इरानले सामान्यतया फाँसी दिएर मृत्युदण्ड दिने गरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपचारकाे लागि दुर्गा प्रसाईँलाई वीर अस्पताल लगियो

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई उपचारको लागि वीर अस्पताल लगिएको छ । अदालतको आदेश अनुसार उपचार गराउन उनलाई अस्पताल लगिएको साइबर ब्यूरोका ए...

धितोपत्र बाेर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस

काठमाडाैं । धितोपत्र बाेर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस भएकाे छ । बोर्डको अध्यक्षका लागि सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र नवराज अध...

घोडाघोडी मन्दिरकाे एकै मण्डपमा २३ जोडीको बिवाह

कैलाली । जैविक विविधतासँगै पर्यटकीय रुपमा महत्वपूर्ण मानिएको घोडाघोडी तालको महत्वसँगै यहाँको धार्मिक महत्व पनि उत्तिकै छ । यहाँ विभिन्न पर्व तथा तीथिम...

सुनसरीमा सवारी दुर्घटनामा परी दम्पतीको मृत्यु

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बालग्राम चोकमा भएको सवारीसाधन दुर्घटनामा आज एक दम्पतीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सङ्खुवासभाको धर्मद...

मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु

माेरङ । मोरङमा हायसको ठक्करबाट आइतबार दिउँसो साइकल यात्रीको मृत्यु भएकाे छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुन्दरहरैँचा नगरपालिका–५ दुलारीमा हायसले सा...

चार महिनामा १० अर्बबढीकाे खाद्यान्न आयात

काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको चार महिनामा १० अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार साउन, भदौ, असोज र कार्तिक गर...

आइतबार तीन घण्टा खुलेकाे धरहराबाट दुई लाख बढी राजस्व संकलन

काठमाडौं । आइतबार तीन घण्टा खुलेकाे धरहराबाट दुई लाख बढी राजस्व संकलन भएकाे छ । सःशुल्क धरहरा खुलेको पहिलो दिन दुई लाख २० हजार ६५० रुपियाँ राजस्व संकल...

महिलाको हत्या गरी शव फाल्ने पक्राउ

काठमाडाैं । महिलाको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङका २२ वर्षीय कविन्द्र मल्ल रहेका प्रहरी जनाएको छ । उदयपुर घर भएकी ४५ ...

नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छ: सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालले शान्ति स्थापना र मेलमिलापको क्षेत्रमा हासिल गरेका उपलब्धि विश्वका लागि अनुकरणीय रहेको बताएका छन् ।  कम्बो...

चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटक घटे

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको संख्या गत वर्षको तुलनामा यस वर्ष घटेको छ । गत वर्ष साउनदेखि कात्तिकसम्म ७७ हजार तीन सय ५९ पर्यटक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy